नेभिगेशन
सबै कुरा

यमराजको यज्ञ : पण्डित पुष्कर खतिवडा पक्राउ

काठमाडाैँ । पण्डित पुष्कर खतिवडा पक्राउ परेका छन् । पुराना दलका नेताहरु विरुद्ध यमराजको यज्ञ लगाएको कसुरमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

केही बेर अघि सामाजिक सञ्जालमा खतिवडाले आफू पक्राउ परेको जानकारी दिएका छन् । झापा स्थाई घर भएका पण्डितले काठमाडौँमा अनुष्ठान गरेको जिल्ला प्रहरी परिसर काठमाडौँ श्रोतले बतायो । ‘उनलाई महाराजगञ्ज प्रहरीले पक्राउ गरेको हो । थप अनुसन्धान हुँदै छ ।’, प्रहरी श्रोतले भन्यो । 

City Express

पण्डित खतिवडाले पनि आफू पक्राउ परेको बताए । ‘यमराजको पूजा गरेर यो देशलाई खाडलमा हाल्नेका विरुद्ध अनुष्ठान गर्दै थिएँ, मलाई प्रहरीले पक्राउ गर्यो,’ उनले भने । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...