नेभिगेशन
सबै कुरा

सुन प्रकरणको छानबिन आयोग गठन गर्न बसेको छलफल निष्कर्षविहिन

५ असाेज, काठमाडौं : शुक्रबार  सिंहदरबारस्थित गृह मन्त्रालयमा सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षविहिन सकिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 ६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनबारे छलफल गर्न सरकारले प्रमुख दलका नेताहरुलाई गृह मन्त्रालय बोलाएको थियो । तर उक्त बैठक सहमतिमा नपुगि टुंगिएको हो । 

Extreme Energy

सुन प्रकरणमा छानबिन आयोगको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरेको थियो । भदौ पहिलो साता उच्चस्तरीय छानबिन आयोग गठन गर्ने शिर्षदलहरुबिच सहमति भएपछि पश्चात मात्र संसद बैठकले निरन्तरता पाएको थियो । उक्त समयमा सीआईबीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि मात्रै छानबिन आयोगले काम गर्ने निर्णय गरिएको थियो । शिर्ष नेताहरुबिच  ब्रेक शुमा लुकाएर तस्करी गरिएको ६० किलो सुन प्रकरण र इलेक्ट्रिक चुरोट ९भेप०मा लुकाएर गरिएको सुन तस्करीको छानबिन गर्ने सहमति भएको थियो । 

अहिले सीआइबबीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएर जिल्ला अदालतमा मुद्दा समेत दर्ता भईसकेको छ । अहिले सोही आयोगको गठनका सम्बन्धमा छलफल गर्न शिर्ष दलका नेताहरुलाई गृह मन्त्रालय बोलाइएपनि सहमतिमा पुग्न नसकेको हो ।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।