नेभिगेशन
सबै कुरा

सुन प्रकरणको छानबिन आयोग गठन गर्न बसेको छलफल निष्कर्षविहिन

५ असाेज, काठमाडौं : शुक्रबार  सिंहदरबारस्थित गृह मन्त्रालयमा सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षविहिन सकिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 ६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनबारे छलफल गर्न सरकारले प्रमुख दलका नेताहरुलाई गृह मन्त्रालय बोलाएको थियो । तर उक्त बैठक सहमतिमा नपुगि टुंगिएको हो । 

Ncell
Extreme Energy

सुन प्रकरणमा छानबिन आयोगको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरेको थियो । भदौ पहिलो साता उच्चस्तरीय छानबिन आयोग गठन गर्ने शिर्षदलहरुबिच सहमति भएपछि पश्चात मात्र संसद बैठकले निरन्तरता पाएको थियो । उक्त समयमा सीआईबीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि मात्रै छानबिन आयोगले काम गर्ने निर्णय गरिएको थियो । शिर्ष नेताहरुबिच  ब्रेक शुमा लुकाएर तस्करी गरिएको ६० किलो सुन प्रकरण र इलेक्ट्रिक चुरोट ९भेप०मा लुकाएर गरिएको सुन तस्करीको छानबिन गर्ने सहमति भएको थियो । 

अहिले सीआइबबीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएर जिल्ला अदालतमा मुद्दा समेत दर्ता भईसकेको छ । अहिले सोही आयोगको गठनका सम्बन्धमा छलफल गर्न शिर्ष दलका नेताहरुलाई गृह मन्त्रालय बोलाइएपनि सहमतिमा पुग्न नसकेको हो ।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सदन बाहिर नबोलेका मन्त्री महाबीर पुनलाई संसदीय समितिले बोलायो

सदन बाहिर नबोलेका मन्त्री महाबीर पुनलाई संसदीय समितिले बोलायो

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन अहिले चर्चाको केन्द्रमा छन् ।
सभापतिको निर्देशनपछि मधेश झर्दै रास्वपाका सांसद

सभापतिको निर्देशनपछि मधेश झर्दै रास्वपाका सांसद

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु मधेशतिर झरेका छन् । कोही स्थलमार्ग त कोही हवाई मार्गबाट मधेश प्रदेशतिर लागेका हुन् ।
राष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने कार्यसूची

संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनीहरूबिच १५ मिनेट संवाद भएको थियो ।  प्रधानमन्त्री बनेपछि औपचारिक कार्यक्रममा बाहेक पहिलो पटक राष्ट्रपतिलाई भेट्न पुगेका बालेनले सुनसरी घटना र मुलुकमा...