नेभिगेशन
सबै कुरा

बंगलादेशको सरकार प्रमुख बने नोबेल पुरस्कार विजेता ८४ वर्षीय युनुस, के हाे उनकाे पृष्ठभूमि ?

काठमाडौँ । बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुस अन्तरिम सरकारको प्रमुख नियुक्त भएका छन् । मंगलबार राति राष्ट्रपति मोहम्मद शाहबुद्दिनले युनुसको नियुक्तिको घोषणा गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

युनुस अहिले देश बाहिर रहेको र सरकार प्रमुखमा नियुक्त भएपछि स्वदेश फर्कीन लागेको जनाइएको छ । सरकारका अन्य सदस्यहरुका विषयमा भने छलफल भएको ढाकास्थित संचार माध्यमहरुले जनाएका छन् । 

Ncell
Extreme Energy

विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिँदै यही अगस्ट ५ मा भारत भागेकी थिइन् । त्यसपछि बंगलादेशमा अन्तरिम सरकार गठन गरिएको हो। 

को हुन् युनुस ?

युनुस  बंगलादेशका गरिबहरुका लागि ब्याकंर मानिन्छन् । अर्थात उनलाई ‘गरिबका ब्यांकर’ समेत भनिन्छ । 

लघु ऋण आन्दोलनका प्रणेता मानिने युनुसले स्थापना गरेको ग्रामीण ब्यांकले सन् २००६ को नोबेल शान्ति पुरस्कार पाएको थियो।

सय डलरभन्दा कमको रकम ऋण उपलब्ध गराएर दसौँ लाख ग्रामीण गरिबलाई गरिबीबाट मुक्त गरेको भन्दै उनीहरूलाई पुरस्कृत गरिएको थियो। त्यसपछि २००७ मा उनले पार्टी खोलेर राजनीतिमा लागेपनि शेख हसिना सरकारले २०११ मा उनलाई गरिबको रगत चुसेको भन्दै ग्रामीण ब्यांकको प्रमुखबाट हटाएर विभिन्न मुद्धा लगाएको थियो । सरकारको यो निर्णयका विरुद्ध मानव साङ्लो बनाएर प्रदर्शन समेत भएको थियो । 

साथै युनुसलाई गत जनवरीमा श्रम कानुन उल्लंघन गरेको भन्दै ६ महिना जेल सजाय सुनाइएको थियो भने २० लाख डलर ठगी गरेको आरोप पनि लगाइएको थियो । ढाकास्थित संचार माध्यमहरुका अनुसार उनलाई थप दर्जनौँ मुद्धा लगाइएको थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार ३२ जनाको निधन भएको पुष्टि गरेका छन् ।
फ्लाइदुबई हमलामा इरान जिम्मेवार छ : ट्रम्प

फ्लाइदुबई हमलामा इरान जिम्मेवार छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै विफल पारिएको 'फ्लाइ दुबई' एयरलाइन्सको आतङ्ककारी हमलाका लागि इरान नै जिम्मेवार रहेको आफ्नो व्यक्तिगत विश्वास रहेको बताएका छन् ।
फ्लाई दुबईका को-पाइलटले यसअघि पनि बनाएका थिए विमान हाईज्याकको योजना, छानविनमा अर्को नयाँ तथ्य सार्वजनिक

फ्लाई दुबईका को-पाइलटले यसअघि पनि बनाएका थिए विमान हाईज्याकको योजना, छानविनमा अर्को नयाँ तथ्य सार्वजनिक

फ्लाई दुबई जहाजका को-पाइलटले विमान अपहरण (हाईज्याक) गरी तेल अवीवको बेन गुरियन विमानस्थल वा सहरको कुनै अग्लो भवनमा ठोक्काउने योजना बनाएको खुलासा भएको छ ।
इरानी आक्रमणको खतरा बढेपछि बेलायतस्थित सैन्य अखडाबाट अमेरिकी बमवर्षक विमान फिर्ता

इरानी आक्रमणको खतरा बढेपछि बेलायतस्थित सैन्य अखडाबाट अमेरिकी बमवर्षक विमान फिर्ता

बेलायतको ग्लॉस्टरशायरस्थित आरएएफ फेयरफोर्ड सैन्य अखडा नजिकै आतंकवादी आक्रमणको सम्भावित प्रयास र सुरक्षा जोखिम बढेपछि अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सबै 'बी-१' बमवर्षक (बोम्बर) विमानहरू फिर्ता लगेको छ ।