नेभिगेशन
सबै कुरा

बंगलादेशको सरकार प्रमुख बने नोबेल पुरस्कार विजेता ८४ वर्षीय युनुस, के हाे उनकाे पृष्ठभूमि ?

काठमाडौँ । बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुस अन्तरिम सरकारको प्रमुख नियुक्त भएका छन् । मंगलबार राति राष्ट्रपति मोहम्मद शाहबुद्दिनले युनुसको नियुक्तिको घोषणा गरेका हुन् ।

युनुस अहिले देश बाहिर रहेको र सरकार प्रमुखमा नियुक्त भएपछि स्वदेश फर्कीन लागेको जनाइएको छ । सरकारका अन्य सदस्यहरुका विषयमा भने छलफल भएको ढाकास्थित संचार माध्यमहरुले जनाएका छन् । 

Dish Home
Global Ime Bank

विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिँदै यही अगस्ट ५ मा भारत भागेकी थिइन् । त्यसपछि बंगलादेशमा अन्तरिम सरकार गठन गरिएको हो। 

को हुन् युनुस ?

युनुस  बंगलादेशका गरिबहरुका लागि ब्याकंर मानिन्छन् । अर्थात उनलाई ‘गरिबका ब्यांकर’ समेत भनिन्छ । 

लघु ऋण आन्दोलनका प्रणेता मानिने युनुसले स्थापना गरेको ग्रामीण ब्यांकले सन् २००६ को नोबेल शान्ति पुरस्कार पाएको थियो।

सय डलरभन्दा कमको रकम ऋण उपलब्ध गराएर दसौँ लाख ग्रामीण गरिबलाई गरिबीबाट मुक्त गरेको भन्दै उनीहरूलाई पुरस्कृत गरिएको थियो। त्यसपछि २००७ मा उनले पार्टी खोलेर राजनीतिमा लागेपनि शेख हसिना सरकारले २०११ मा उनलाई गरिबको रगत चुसेको भन्दै ग्रामीण ब्यांकको प्रमुखबाट हटाएर विभिन्न मुद्धा लगाएको थियो । सरकारको यो निर्णयका विरुद्ध मानव साङ्लो बनाएर प्रदर्शन समेत भएको थियो । 

साथै युनुसलाई गत जनवरीमा श्रम कानुन उल्लंघन गरेको भन्दै ६ महिना जेल सजाय सुनाइएको थियो भने २० लाख डलर ठगी गरेको आरोप पनि लगाइएको थियो । ढाकास्थित संचार माध्यमहरुका अनुसार उनलाई थप दर्जनौँ मुद्धा लगाइएको थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दक्षिणपश्चिम चीनमा बाढीः दर्जनौँ गाउँ बगे, ८० हजारभन्दा बढी नागरिक विस्थापित

दक्षिणपश्चिम चीनमा बाढीः दर्जनौँ गाउँ बगे, ८० हजारभन्दा बढी नागरिक विस्थापित

दक्षिणपश्चिम चीनमा हालैका दिनहरूमा आएको भीषण बाढीका कारण ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार, गुइझोउ प्रान्तमा मात्र करिब ८०,९०० जनालाई सुरक्षित स्थानमा सारिएको छ...
इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । युद्धविरामले मध्यपूर्वमा...
इरान–इजरायल युद्ध : यस्ता छन् पछिल्लो घटनाक्रमहरु

इरान–इजरायल युद्ध : यस्ता छन् पछिल्लो घटनाक्रमहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको युद्धविरामको अन्तिम क्षणहरूमा मिसाइलहरूमार्फत इरान र इजरायलले मङ्गलबार एकअर्काविरुद्ध आक्रमण गरेका छन् ।
कतारमा रहेको अमेरिकी सैनिक ब्यारेकमा ईरानद्धारा हमला

कतारमा रहेको अमेरिकी सैनिक ब्यारेकमा ईरानद्धारा हमला

कतारमा रहेको अमेरिकी सैन्य अखडामा ईरानले आक्रमण गरेको छ ।

भर्खरै