नेभिगेशन
सबै कुरा

हवाई सुरक्षाको मापदण्ड कार्यान्वयन भए नभएको छानविन गरि नीतिगत सुधार गर्न समितिकाे निर्देशन

काठमाडाैँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाई सुरक्षाको मापदण्ड कार्यान्वयन भए नभएको छानविन गरि नीतिगत सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छलफल गर्दै पछिल्लो समय निरन्तर हवाई दुर्घटना भइरहेको अवस्थामा राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई सुरक्षा मापदण्ड कार्यान्वयन भए नभएको १५ दिनभित्र छानविन गरि आवश्यक सुधार गर्न सरकारलाई निर्देशन दिएको हो । हवाई सुरक्षा मापदण्ड कार्यान्वयनमा क्रममा कोहि दोषि देखिए कारवाहीको सिफारिसमा विज्ञहरको संलग्नतामा एक स्वतन्त्र छानविन समिति गठन गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए । 

बैठकले यसअघि भएका हवाई दुर्घटनापछि गठन भएका जाँचबुझ आयोगका प्रतिवेदनको अवस्थाको विवरण पेश गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।त्यस्तै बैठकले नेपालको हवाई उडान सुरक्षा सम्बन्धी छुट्टै नीति आवश्यक देखिएकाले उक्त नीति तर्जुमा गर्न सरकारलाई निर्देशन दिएको सभापति यादवले बताए । 

बैठकले नेपाल नागरिक उड्ययन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक छिटो सदनमा पेश गर्न पनि निर्देशन दिएको सभापति यादवले जानकारी दिए ।

बैठकमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर रहेको बताए । हवाई सुरक्षा मापदण्डमा तलमाथि गर्नेलाई आवश्यक अध्ययन गरि कारवाही गर्ने उनले बताए । त्यस्तै उहाँले उडान सुरक्षा सम्बन्धी ऐन निर्माणका साथै विधेयकहरुलाई पनि छिटै अघि बढाउने जिकिर गरे । 

मन्त्री पाण्डेले समग्र उड्डयन क्षेत्रका समस्या समाधान गर्न कार्ययोजना निर्माणको तयारी गरिरहेको जानकारी दिए । हवाई सुरक्षाका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका उपाय खोजिने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...