नेभिगेशन
सबै कुरा

अण्डामा ठगी : एउटा अण्डाको मूल्य २४ रुपैयाँ !

काठमाडौँ । पछिल्लो ३ वर्षमा अण्डाको मूल्य क्रेटमै एक सय रुपैयाँले बढाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपभोक्ताका लागि दैनिक अत्यावश्यक पौष्टिक तत्व अण्डामा सीमित व्यापारीहरूले मूल्यमा कार्टेलिङ गरेर कानुन विपरित मूल्य बढाएका छन् । तर, सरकार भन्दा व्यापारी बलियो बन्दा मूल्य बढाउनेलाई कुनै कारबाही भएको छैन् । 

Ncell
Extreme Energy


त्यसो त उपभोक्ताहरू पनि दैनिक अण्डा किन्दा आफूलाई बढेको मूल्यमा जानकार नै छैनन् । किनकी चलाख व्यापारीहरूले दैनिक ठूलो परिमाणमा बिक्री हुने अण्डामा थोरै थोरै गरेर करोडौँ रुपैयाँ ठगी गरिरहेका छन् । जसका कारण उपभोक्ताहरू ठगिएर पनि बेखबर छन् ।

आज हामी अण्डाको मूल्य नियन्त्रणमा राज्यको उपस्थिति नहुँदा जनता कसरी ठगिए भन्ने उजागर गर्दैछौँ । बजारमा हुने मध्यम, ठूलो र अत्याधिक ठूलो अण्डामा पछिल्लो तीन वर्षमा भएको मूल्य वृद्धि हेरौँ ।       

सिधाकुराले खोजेको तथ्याङ्कअनुसार २०७८ साल साउन १ गते मध्यम आकारको अण्डाको मूल्य प्रतिक्रेट ३ सय ६५ रुपैयाँ थियो । ठूलो आकारको अण्डाको मूल्य प्रतिक्रेट ३ सय ८० र अत्याधिक ठूलो आकारको अण्डाको मूल्य प्रतिक्रेट ४ सय रुपैयाँ थियो ।

त्यसको करिब डेढ वर्ष अर्थात २०७९ पुष ३ गते मध्यम आकारको अण्डाको मूल्य प्रतिक्रेट ३ सय ६०, ठूलो आकारको अण्डाको मूल्य प्रतिक्रेट ३ सय ८० र अत्याधिक ठूलो आकारको अण्डाको मूल्य प्रतिक्रेट ४ सय ५ रुपैयाँ तोकिएको थियो ।


त्यसको करिब ६ महिनापछि अर्थात २०८० असार ३१ गतेबाट अण्डाको मूल्यमा केही वृद्धि भएको देखिन्छ । जहाँ मध्यम आकारको अण्डाको मूल्य प्रतिक्रेट ३ सय ८०, ठूलो आकारको अण्डाको मूल्य प्रतिक्रेट ३ सय ९५ र अत्याधिक ठूलो आकारको अण्डाको मूल्य प्रतिक्रेट ४ सय १० रुपैयाँ निर्धारण गरिएको थियो ।

सो मूल्य २०८० चैत १० मा आएर पुनः घटेको थियो । त्यस समयमा मध्यम, ठूलो र अत्याधिक ठूलो अण्डाको मूल्य प्रतिक्रेट क्रमश ३ सय ६०, ३ सय ७५ र ३ सय ९० रुपैयाँ निर्धारण गरिएको थियो । 

३ वर्ष यताकै अण्डाको मूल्य सबैभन्दा कम २०८१ बैशाखमा भएको थियो । जहाँ मध्यम आकारको अण्डाको मूल्य घटेर प्रतिक्रेट ३ सय ३०, ठूलो आकारको अण्डाको मूल्य प्रतिक्रेट ३ सय ७५ र अत्याधिक ठूलो आकारको अण्डाको मूल्य प्रतिक्रेट ३ सय ९५ रुपैयाँ निर्धारण गरिएको थियो ।

त्यसको एक महिनाको अन्तरालमा अण्डाको मूल्यमा ५ पटक मूल्य वृद्धि र गिरावट भएको पाइन्छ । २०८१ जेठ १८ गतेको तथ्याङ्क हेर्ने हो भने पछिल्लो ३ वर्ष यताकै अण्डाको मूल्यमा उच्च वृद्धि भएको छ । अण्डाको मूल्य प्रतिक्रेट एक सय रुपैयाँले महँगिएको देखिएको छ । नयाँ मूल्यअनुसार मध्यम आकारको अण्डाको मूल्य प्रतिक्रेट ४ सय ६५, ठूलो आकारको अण्डाको मूल्य प्रतिक्रेट ४ सय ८० र अत्याधिक ठूलो आकारको अण्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ पुर्याइएको छ । 


समग्रमा यस अवधिमा अण्डाको मूल्य क्रेटमा एक सय रुपैयाँ र प्रतिगोटामा ३ रुपैयाँ ३३ पैसा होलसेलमै बढाएको पाइयो । 

यसबाट अत्याधिक ठूलो आकारको अण्डाको मूल्य प्रतिगोटा कम्तीमा होलसेलमै १६ रुपैयाँ ६६ पैसा पुग्यो । साउनको तेस्रो सातामा अर्थात अहिले बजारमा अण्डाको मूल्य प्रतिगोटा ठूलोमा २२ रुपैयाँ ५० पैसा र मध्यममा २० रुपैयाँमा बिक्री भइरहेको पाइएको छ । 

देशभर अण्डा उत्पादनको हब मानिने चितवन र नवलपरासीबाट काठमाडौँ आइ पुग्दा अण्डाको खुद्रा मूल्य गोटामै जेठयता कम्तीमा ४ देखि साढे ६ रुपैयाँ मूल्य वृद्धि भएको छ । 

यो मूल्यवृद्धि एक गोटा अण्डा र एक क्रेट अण्डा किन्नेका लागि खासै ठूलो रकम नलाग्न सक्छ । तर, नेपाल कुखुरा व्यवसायी मञ्चको तथ्याङ्कअनुसार दैनिक नेपालमा ३२ देखि ३५ लाख गोटा अण्डा उत्पादन हुन्छ । 

कम्तिमा ३२ लाख गोटा अण्डा मात्रै बिक्री हुन्छ भन्ने मान्ने हो भने अण्डामा ६ रुपैयाँ ५० पैसा मूल्य बढाउँदा व्यापारीले उपभोक्तासँग दैनिक २ करोड ८ लाख रुपैयाँ अतिरिक्त नाफा अर्जन गर्छन् । यसलाई अर्को अर्थमा भन्दा उपभोक्ताहरुबाट मूल्य बढाएर दैनिक यति ठूलो रकम असुली गरिन्छ, गरिराखिएको छ । 


किन बढ्यो अण्डाको मूल्य ?

नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी उपभोक्ताले अण्डाको मूल्य प्रतिगोटा अधिकतम २० रुपैयामाँ पाउनुपर्ने बताउँछन् । यसो भन्दै गर्दा उनले अण्डाको मूल्यमा बिचौलिया नभएको पनि दाबी गरे । 

केसीको दाबीअनुसार अझै पनि अण्डाको कायम मूल्यले किसान टिक्न सक्ने अवस्थामा छैनन् । ‘बजारमा अण्डाको मूल्य नपाउँदा ६० प्रतिशत किसान व्यवसायबाट पलायन भएका छन्,’ अध्यक्ष केसीले भने । उनले, बजारमा खुद्रा पसलहरुबाट उपभोक्ता ठगिएकोतर्फ सरकारी निकाय सजग हुनुपर्ने पनि बताए । 

तथ्याङ्क न अनुगमन 

३ वर्ष अघि अण्डाको मूल्य प्रतिगोटा १२ देखि १५ रुपैयाँको बीचमा थियो । अहिले सो मूल्य झण्डै दोब्बरले बढेको छ । हिजोआज बजारमा अण्डा प्रतिगोटा कम्तिमा २० देखि बढीमा २३ रुपैयाँसम्ममा खुल्लम खुल्ला बिक्री भइरहेको छ । तर, यो किन भइरहेको छ भन्नेमा सरकारी निकायले न अध्यायन गरेको छ न त मूल्य विश्लेषण नै गरेको छ । 

मूल्य बढाएर मासिक ६२ करोड बढी रकम असुल गर्ने व्यवसायीहरुले पछिल्लो ३ वर्षमा झण्डै २२ अर्ब रुपैयाँ उपभोक्ताबाट असुल गरेका छन् । बजार अनुगमन र उपभोक्ता ठगिनबाट रोक्ने अधिकार पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग आफूहरु नियमित अनुमन गरिरहेको दाबी गर्छ । विभागका महानिर्देशक राजन पौडेल अण्डामा भइरहेको कालोबजारीबारे अध्ययन भइरहेको बताउँछन् । 


उपभोक्ताहरुबाट गुनासो आएपछि विभागले मूल्य र बजार बिश्लेषण गरेर अण्डाको मूल्य तोक्न संघलाई नदिएको  उनले बताए । ‘गुनासोहरु आएका छन् । हामी बजार बिश्लेषण गरिरहेका छौँ,’ महानिर्देशक पौडेलले भने, ‘अण्डाको मूल्य प्रभावित पार्ने तहहरुको खोजी हुन्छ । कारबाही हुन्छ । अब उत्पादकको मूल्य संघले तोक्दैन । उत्पादक किसान स्वयम्ले तोक्छ ।’ 

महानिर्देशक पौडेलले आफूसँग रहेको बजार सम्बन्धि सूचनाहरु विभागलाई उपलब्ध गराउन पनि सर्वसाधरणलाई आग्रह गरे । विभागले अहिले बजारका अण्डाको मूल्यमा उत्पादन र बजारको तहहरुलाई विश्लेषण गरिरहेको पनि उनको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

गत वर्षको जेनजी आन्दोलनका कारण उलटपुलट भएको पार्टी हो कांग्रेस । जेनजी आन्दोलनले सरकार र संसद ढाल्यो, त्यही आन्दोलनको असरले कांग्रेसको नेतृत्व पनि ढाल्यो । गत पुसमा भृकुटीमण्डपमा...