नेभिगेशन
सबै कुरा

डेंगी र हैजा महामारीका रुपमा फैलन नदिन स्वास्थ्य मन्त्रालयले काम थाल्याे

काठमाडौं। देशका विभिन्न भागमा हैजा तथा डेंगीको संक्रमण देखिन थाले पछि यसलाई महामारीका रुपमा बढ्न नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काम थालेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डेंगु तथा हैजाका बिरामी बढ्न थाले पछि मन्त्रालयका तर्फबाट तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएका थिए । त्यसलगत्तै मन्त्रालयले तत्कालीन र दीर्घकालिन कदम अघि बढाएको हो ।

Everest cinsult


मन्त्रालयका अनुसार हैजा नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालित भएर काम गरिरहेको छ । टोलीहरूले बिरामीहरूको खोजी र प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूमा लक्षणको निगरानी गरिरहेका छन् । यसले हैजा थप फैलन नदिन र संक्रमण देखिएको स्थानमा पनि नियन्त्रण गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ ।

पानीका कारण देखिने रोग नियन्त्रणका लागि खानेपानीको गुणस्तर सुधार गर्न सम्बन्धित स्थानका जिम्मेवार सरोकारवालासँग छलफल गरेर तत्काल काम थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ ।

आगामी दिनमा थप समस्या आउन नदि केन्द्रीय, प्रदेश, तथा स्थानीय तहमा र खाद्य गुणस्तर निगरानी र अनुगमन कार्यलाई प्रभावकारी बनाउने योजना बनाएको मन्त्रालयले राष्ट्रिय हैजा नियन्त्रण÷रोकथाम योजना २०२४–२०३० बनाई सो सम्बन्धी आवश्यक कार्य गर्ने तयार गरिरहेको छ ।


डेंगी फैल्न नदिन लामखुट्टे नियन्त्रणमा जोड
देशका विभिन्न भागमा लामखुट्टेका कारण फैलिएको डेंगी प्रकोप नियन्त्रणका लागि लामखुट्टे नियन्त्रणमा प्राथमिकता दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसका लागि सातै प्रदेशमा डेंगी परीक्षणका लागि प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको मन्त्रालयले उल्लेख गरेको छ ।

डेंगी नियन्त्रणका लागि विनियोजित १० करोड रुपैयाँबाट प्रदेशसँगै स्थानीय तहमा समेत लामखुट्टेको वासस्थान नियन्त्रण अभियानलाई तीव्रता दिइएको मन्त्रालयले उल्लेख गरेको छ । प्रशिक्षण दिएका एक हजार चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नियन्त्रण तथा निदानमा परिचालन गरेको मन्त्रालयले संघीय अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजमा डेंगी नियन्त्रणका लागि सम्पर्क व्यक्ति तोकेर समस्या देखिएमा तत्काल रोकथामको कदम चाल्ने प्रबन्ध गरेको जनाएको छ ।

हालसम्म, मुस्ताङ, डोल्पा, हुम्ला, र जुम्लाबाहेक ७३ जिल्लाहरूमा ३३०० भन्दा बढी मानिसमा डेंगी संक्रमण पुष्टि भएको छ, जसमा एक जनाको मृत्यु भएको छ ।
डेंगी नियन्त्रणका लागि संघ, प्रदेश, र स्थानीय तहहरूबीचको सहकार्यलाई सुदृढ गर्न मन्त्रालयले डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८१ तयार गरी सबै प्रदेश र स्थानीय तहमा पठाइसकेको छ । मन्त्रालयले बढी जोखिम देखिएका १३ वटा जिल्लाका १२६ स्थानीय तहमा डेंगी नियन्त्रणका लागि विशेष प्राथमिकता दिएर अल्पकालीन र दीर्घकालीन योजना समेत तयार पार्न प्रक्रिया थालेको छ ।

हाल डेंगी नियन्त्रणमा मन्त्रालयले डेंगी रोगबारे जनचेतना फैलाउन नेपाली भाषासहित १३ वटा अन्य भाषामा रेडियो सन्देश प्रशारण गरिरहेको छ । साथै, बिरामीका समस्या र जिज्ञासा समाधान गर्न टोल फ्री हटलाइन १११५ सञ्चालन गरिरहेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी परीक्षणका लागि पर्याप्त निःशुल्क किट उपलब्ध गराउँदै जोखिममा रहेका जिल्लाहरूमा डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८१ समेत कार्यान्वयनमा लगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

जिल्लाका सबै आठवटै स्थानीय तहमा एकसाथ सञ्चालन गरिएको अभियानमा हालसम्म उल्लेखनीय प्रगति देखिएको र मङ्गलबारसम्म लक्षित जनसङ्ख्याको ३१ दशमलव १ प्रतिशतले खोप सेवा लिइसकेको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी...
म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

एकाइको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले मङ्गलबार उद्घाटन गरेका हुन । त्यस अवसरमा उनले आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन पालिका प्रतिबद्ध रहेको बताउँदै गाउँको विकासलाई आफूले प्राथमिकता राखेको उल्लेख...
‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

भरतपुर महानगरपालिकाको थप एउटा फार्ममा समेत फिभरको लक्षण देखिएपछि नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको पशु सेवा कार्यालयका प्रमुख डा प्रभात न्यौपानेले जानकारी दिए। उनका अनुसार अफ्रिकन स्वाइन...
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्चः ३५ वर्षमाथिलाई खोप लगाईँदै

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्चः ३५ वर्षमाथिलाई खोप लगाईँदै

जिल्लाभर यही चैत १ गतेदेखि जापनिज इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान सञ्चालन गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख केशव चापागाईँले बताए । अभियानअन्तर्गत जिल्लाभित्रका ३५ वर्षमाथिका करिब एक...