नेभिगेशन
सबै कुरा

चौतर्फी विरोध भएपछि मधेश प्रदेशका ८ राज्यमन्त्री हटाइयाे

काठमाडाैँ । चौतर्फी विरोध भएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आधा दर्जन बढी राज्यमन्त्रीलाई हटाएका गरेका छन् । अनावश्यक मन्त्रीमण्डल बनाएको भन्दै आलोचना भएपछि मुख्यमन्त्री सिंहले आठ राज्यमन्त्रीलाई हटाएका हुन् । 

यसअघि मुख्यमन्त्रीले एमालेका मोहम्मद जैद आलम, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह, कांग्रेसका रेखा ठाकुर र निलम कुमारीलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यसअघि नै राज्यमन्त्री बनेका केशव राय, शारदादेवी थापा र रन्जु खंगलाई समेत राज्यमन्त्रीबाट हटाइएको छ । 

साउन २२ गते मुख्यमन्त्री सिंहले ५ जनालाई राज्यमन्त्रीमा नियुक्त गरेपछि चौतर्फी आलोचना भएको थियो । आलोचनापछि राज्यमन्त्री सिंहले उनीहरुलाई हटाएका छन् । अब प्रदेशमा १२ जना मन्त्री बाँकी रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...