नेभिगेशन
सबै कुरा

भ्रष्टाचारको मुद्दामा अनुसन्धानको ५ वर्षे हदम्याद रास्वपाले नमान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारको मुद्दामा अनुसन्धानको हदम्याद मान्य नहुने जनाएको छ ।  मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकमा राज्य व्यवस्था समितिमा विचाराधीन भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल भएको प्रमुख सचेतक सन्तोष परियार जानकारी दिए । उनका अनुसार बैठकमा ‘भ्रष्टाचार निवारणसम्बन्धी कानुनमा हदम्याद सम्बन्धी विचाराधीन विधेयक बारे छलफल भएको थियो । छलफलमा रास्वपाका सबै सांसदले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कुरा स्विकार गर्न नसकिने बताएका थिए ।


सरकारले भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने कानूनी प्रबन्ध गर्न विधेयक ल्याउने तयारी गरिरहेको छ । 

बैठकपछि सचेतक परियारले भने, ‘भ्रष्टाचारमा हदम्याद राख्ने कुरा स्वीकार्य छैन । सरकार भ्रष्टाचारमा हदम्याद राखेर विगतमा गरेका भ्रष्टाचारबाट उन्मुक्ति पाउने बाटोमा छ। त्यो रास्वपालाई स्वीकार्य छैन ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...