नेभिगेशन
सबै कुरा

विद्युत महसुलबारे सांसद हरि ढकाललाई सभामुखले बोल्न रोकेपछि संसदमा तनाव (भिडियो)

काठमाडौँ । रास्वपा सांसद हरि ढकाललाई सभामुखले बोल्न रोकेपछि प्रतिनिधिसभा बैठक केही बेर तनावग्रस्त बनेको छ । बैठकको आकस्मिक समयमा बोल्नका लागि सभामुखले ३ मिनेटको समय छुट्याएका थिए । रोलक्रममा बोल्ने पालो रास्वपाका सांसद हरि ढकालको आउँछ । उनले सुरुमा भौतिक पूर्वाधारमा हुने गरेको भ्रष्ट्राचारको विषयमा कुरा राख्छन् । त्यसपछि उनले विद्युत प्राधिकरण महसुल सम्बन्धी विषयमा प्रवेश गर्छन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

उनी विषयमा प्रवेश गर्न नपाउँदै सभामुखले उनलाई रोक्छन् । ‘तपाईँको आफ्नो विषय सक्कियाे, बस्नुस्’, सभामुखले सांसद ढकाललाई भन्छन् ।

ढकाल बोल्न रोकिँदैनन् । त्यसपछि सभामुखले ढकालले बोल्दै गरेको माइक काटिदिन्छन् । 

त्यस्पछि रास्वपाका र राप्रपाका सांसदहरु उठेर विरोध जनाउँछन् । केहीबेर सभामुख र सांसदबीच भनाभन चल्छ । त्यसपछि सभामुखले रास्वपा सभापति रवि लामिछानेलाई आफ्नो कुरा राख्न २ मिनेटको समय दिन्छन् । त्यसपछि लामिछानेले सांसद हरि ढकालले बोल्ने क्रममा माइक काटिएको भन्दै उक्त समय ढकाललाई नै उपलब्ध गराईदिन माग गर्छन् । ‘माननीय हरि ढकालले विद्युत महसुलको विषयमा अत्यन्त महत्वपूर्ण कुरा उठाउनुभएको थियो । विद्यु्त महसुल भन्नेवित्तिकै लाइन काटिनु आपत्तिको कुरा हो’, लामिछानेले भने । 

त्यसपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफ्नो कुरा राख्न सभामुखले समय दिन्छन् । उनले सांसदले के बोल्ने भन्ने कुरामा कसैले अंकुस लगाउन नपाउने धराणा राखे । ‘प्रतिनिधिसभा सदस्यलाई तिमीले यो मात्र बोल्न पाउँछौ, पहिले यहाँ लेखाएर मात्रै बोल्न पाउँछौ भन्ने व्यवस्था मान्य हुँदैन’, लिङदेनले भने । 

रास्वपाका सांसदहरुले हरि ढकालले आफ्नो विषय टुङ्ग्याउन पाउनुपर्ने माग राख्दै उठेर अवरोध कायम राख्छन् । सभामुखले पटकपटक बस्न आग्रह गर्छन । तर सांसदहरु आफ्नो मागमा अडिग रहन्छन् । अन्तत सभामुख सांसद ढकाललाई बोल्न दिन बाध्य हुन्छन् र ढकालले आफ्नो भनाई राख्छन् । 

सभामुखले बोल्ने अनुमति दिएपछि ढकालले भने, ‘विषय त भ्रष्ट्राचार नै हो सभामुख महोदय, महसुल नै, विजुली नै हो । समितिमा व्यापक छलफल गरिएको छ । तिर्नुपर्ने उद्योगीहरुले तिर्न पर्दैन भन्या नी छैन । म सम्माननीय प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, जसरी विजुलीको लाइन जोड्न निर्देशन दिनुभएको थियो, महसुल उठाउनको लागि उसैगरी निर्देशन दिनुपर्यो । कहाँ कहाँ दिने हो, मिटर जडान गरिएको ठाउँको महसुल उठाउन यो हालत छ यो देशमा, मिटर नभाका भन्सार हेरौँ त । मालपोत हेरौँ त के छ हालत ? अनी भ्रष्ट्राचारसँग सम्बन्धीत विषयमा संसदमा यो खालको रबैया नदेखाईयोस् । प्रतिपक्ष कमजोर छैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।
कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

गत वर्षको जेनजी आन्दोलनका कारण उलटपुलट भएको पार्टी हो कांग्रेस । जेनजी आन्दोलनले सरकार र संसद ढाल्यो, त्यही आन्दोलनको असरले कांग्रेसको नेतृत्व पनि ढाल्यो । गत पुसमा भृकुटीमण्डपमा...
अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

अमेरिकामा परराष्ट्रमन्त्री शिशिर खनालका १० दिन

दश दिनमा खनालले ८० भन्दा बढी बैठक गरे । भेटवार्ता गरे । छलफल गरे । मिडियाहरुमा उनले गरेका भेटवार्ताका समाचार यति धेरै आउँथे कि, यो नयाँ हो कि...