नेभिगेशन
सबै कुरा

विद्युत महसुलबारे सांसद हरि ढकाललाई सभामुखले बोल्न रोकेपछि संसदमा तनाव (भिडियो)

काठमाडौँ । रास्वपा सांसद हरि ढकाललाई सभामुखले बोल्न रोकेपछि प्रतिनिधिसभा बैठक केही बेर तनावग्रस्त बनेको छ । बैठकको आकस्मिक समयमा बोल्नका लागि सभामुखले ३ मिनेटको समय छुट्याएका थिए । रोलक्रममा बोल्ने पालो रास्वपाका सांसद हरि ढकालको आउँछ । उनले सुरुमा भौतिक पूर्वाधारमा हुने गरेको भ्रष्ट्राचारको विषयमा कुरा राख्छन् । त्यसपछि उनले विद्युत प्राधिकरण महसुल सम्बन्धी विषयमा प्रवेश गर्छन । 


City Express

उनी विषयमा प्रवेश गर्न नपाउँदै सभामुखले उनलाई रोक्छन् । ‘तपाईँको आफ्नो विषय सक्कियाे, बस्नुस्’, सभामुखले सांसद ढकाललाई भन्छन् ।

ढकाल बोल्न रोकिँदैनन् । त्यसपछि सभामुखले ढकालले बोल्दै गरेको माइक काटिदिन्छन् । 

त्यस्पछि रास्वपाका र राप्रपाका सांसदहरु उठेर विरोध जनाउँछन् । केहीबेर सभामुख र सांसदबीच भनाभन चल्छ । त्यसपछि सभामुखले रास्वपा सभापति रवि लामिछानेलाई आफ्नो कुरा राख्न २ मिनेटको समय दिन्छन् । त्यसपछि लामिछानेले सांसद हरि ढकालले बोल्ने क्रममा माइक काटिएको भन्दै उक्त समय ढकाललाई नै उपलब्ध गराईदिन माग गर्छन् । ‘माननीय हरि ढकालले विद्युत महसुलको विषयमा अत्यन्त महत्वपूर्ण कुरा उठाउनुभएको थियो । विद्यु्त महसुल भन्नेवित्तिकै लाइन काटिनु आपत्तिको कुरा हो’, लामिछानेले भने । 

त्यसपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफ्नो कुरा राख्न सभामुखले समय दिन्छन् । उनले सांसदले के बोल्ने भन्ने कुरामा कसैले अंकुस लगाउन नपाउने धराणा राखे । ‘प्रतिनिधिसभा सदस्यलाई तिमीले यो मात्र बोल्न पाउँछौ, पहिले यहाँ लेखाएर मात्रै बोल्न पाउँछौ भन्ने व्यवस्था मान्य हुँदैन’, लिङदेनले भने । 

रास्वपाका सांसदहरुले हरि ढकालले आफ्नो विषय टुङ्ग्याउन पाउनुपर्ने माग राख्दै उठेर अवरोध कायम राख्छन् । सभामुखले पटकपटक बस्न आग्रह गर्छन । तर सांसदहरु आफ्नो मागमा अडिग रहन्छन् । अन्तत सभामुख सांसद ढकाललाई बोल्न दिन बाध्य हुन्छन् र ढकालले आफ्नो भनाई राख्छन् । 

सभामुखले बोल्ने अनुमति दिएपछि ढकालले भने, ‘विषय त भ्रष्ट्राचार नै हो सभामुख महोदय, महसुल नै, विजुली नै हो । समितिमा व्यापक छलफल गरिएको छ । तिर्नुपर्ने उद्योगीहरुले तिर्न पर्दैन भन्या नी छैन । म सम्माननीय प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, जसरी विजुलीको लाइन जोड्न निर्देशन दिनुभएको थियो, महसुल उठाउनको लागि उसैगरी निर्देशन दिनुपर्यो । कहाँ कहाँ दिने हो, मिटर जडान गरिएको ठाउँको महसुल उठाउन यो हालत छ यो देशमा, मिटर नभाका भन्सार हेरौँ त । मालपोत हेरौँ त के छ हालत ? अनी भ्रष्ट्राचारसँग सम्बन्धीत विषयमा संसदमा यो खालको रबैया नदेखाईयोस् । प्रतिपक्ष कमजोर छैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेनजीले चुनेका नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की

जेनजीले चुनेका नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की

पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएर सुशीला कार्कीले नेपालको इतिहासमा नयाँ कीर्तिमान राखेकी छिन् । सर्वोच्च अदालतकोे पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रचेकी नवनियुक्त प्रधानमन्त्री कार्की देशको पहिलो कार्यकारी...
बुढानिलकण्ठको देउवा निवास भित्र तीन ओटा कोठाभरी पैसा थियो ?

बुढानिलकण्ठको देउवा निवास भित्र तीन ओटा कोठाभरी पैसा थियो ?

बुढानिलण्ठक नगरपालिका १ मा रहेको उक्त निवासलाई जेनजी युवाहरुको समूहले मंगलबार आगजनी गरेको थियो । आगजनीका कारण पूर्ण रुपमा ध्वस्त बनेको घरबाट सुरक्षा कर्मीले मुश्किलले देउवा दम्पतीको घाइते...
बालुवाटरबाट उड्यो सेनाको हेलिकप्टर, भिभिआइपी उडेको आशंका

बालुवाटरबाट उड्यो सेनाको हेलिकप्टर, भिभिआइपी उडेको आशंका

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट नेपाली सेनाको हेलिकप्टरमा केही भिआइपीहरु उडेका छन् । दिउँसो २ बजेर १८ मिनेटमा नेपाली सेनाको विमान बालुवाटारबाट उडेको छ ।