नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीले उद्योगहरुमा विजुली जोड्न अनुमति दिए जसरी महसुल उठाउन निर्देशन दिनुपर्यो– रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्योगहरुमा विजुली जोड्न अनुमति दिएजस्तै गरी महसुल उठाउन निर्देशन दिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै रास्वपा सांसद हरि ढकालले उक्त माग गरेका हुन् । 

‘समितिमा ब्यापक छलफल गरिएको छ । तिर्नपर्नी उद्योगीहरुले तिर्न पर्दैन भन्या नी छैन । म सम्माननीय प्रधानमन्त्री ज्यूलाई भन्न चाहन्छु, जसरी विजुलीको लाइन जोड्न निर्देशन दिनुभएको थियो, महसुल उठाउनको लागि उसैगरी निर्देशन दिनुपर्यो’, उनले भने, ‘मिटर जडान गरिएको ठाउँको महसुल उठाउन यो हालत छ यो देशमा, मिटर नभाका भन्सार हेरौँ त । मालपोत हेरौँ त के छ हालत ?’

उनले विद्युत महसुलबारे बोल्ने क्रममा सभामुखले माइक काटिदिएका थिए । विद्युत् महसुलका विषयमा बोलिरहँदा माइकको लाइन काटिएपछि उनले आफ्ना भनाइ राख्न पाउनुपर्ने माग गरेका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले विद्युत् महसुलको विषयमा बोल्दाबोल्दै माइक काटिएको हुनाले समय तोकेर सांसद ढकाललाई बोल्न दिनुपर्ने माग गरेका थिए ।      

त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यलाई तिमीले यो मात्र बोल्न पाउँछौ, पहिले यहाँ लेखाएर मात्रै बोल्न पाउँछौ भन्ने व्यवस्था मान्य नहुने बताए । लामो समयको अवरोधपछि मात्र सभामुखले सांसद हरि ढकाललाई बोल्न समय दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...