नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीले उद्योगहरुमा विजुली जोड्न अनुमति दिए जसरी महसुल उठाउन निर्देशन दिनुपर्यो– रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्योगहरुमा विजुली जोड्न अनुमति दिएजस्तै गरी महसुल उठाउन निर्देशन दिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै रास्वपा सांसद हरि ढकालले उक्त माग गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘समितिमा ब्यापक छलफल गरिएको छ । तिर्नपर्नी उद्योगीहरुले तिर्न पर्दैन भन्या नी छैन । म सम्माननीय प्रधानमन्त्री ज्यूलाई भन्न चाहन्छु, जसरी विजुलीको लाइन जोड्न निर्देशन दिनुभएको थियो, महसुल उठाउनको लागि उसैगरी निर्देशन दिनुपर्यो’, उनले भने, ‘मिटर जडान गरिएको ठाउँको महसुल उठाउन यो हालत छ यो देशमा, मिटर नभाका भन्सार हेरौँ त । मालपोत हेरौँ त के छ हालत ?’

Ncell
Extreme Energy

उनले विद्युत महसुलबारे बोल्ने क्रममा सभामुखले माइक काटिदिएका थिए । विद्युत् महसुलका विषयमा बोलिरहँदा माइकको लाइन काटिएपछि उनले आफ्ना भनाइ राख्न पाउनुपर्ने माग गरेका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले विद्युत् महसुलको विषयमा बोल्दाबोल्दै माइक काटिएको हुनाले समय तोकेर सांसद ढकाललाई बोल्न दिनुपर्ने माग गरेका थिए ।      

त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यलाई तिमीले यो मात्र बोल्न पाउँछौ, पहिले यहाँ लेखाएर मात्रै बोल्न पाउँछौ भन्ने व्यवस्था मान्य नहुने बताए । लामो समयको अवरोधपछि मात्र सभामुखले सांसद हरि ढकाललाई बोल्न समय दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।