नेभिगेशन
सबै कुरा

संविधान संशोधनले जनताको अधिकार कटौति गर्दैन : गगन थापा

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनमार्फत जनताको अधिकारलाई कटौति गर्न लागिएको भन्दै भ्रम छर्न खोजिएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले संविधानले दिएको अधिकार कसैले कटौति गर्न नसक्ने भन्दै ०४७ कै संविधानतिर लैजाने बहस सहि नभएको बताएका हुन् । उनले संविधान संशोधनमार्फत अहिलेको निर्वाचन प्रणालीलाई राम्रो बनाउन सकिने उल्लेख गरे ।

Ncell
Extreme Energy

एउटा दलले ४० प्रतिशत हाराहारी मत ल्याउँदा पाँच वर्ष सरकार चलाउने गरी मिलाउन सक्ने व्यवस्था गर्न सकिने उनले बताए । थापाले संविधान संशोधनका नाममा चलेका आरोपबाट कांग्रेस–एमाले भाग्न नहुने भन्दै जनतालाई स्पष्ट पार्न सक्नुपर्ने धारणा राखे । 

उनले आफुहरु यसअघि प्रतिपक्षीमा रहदा उठाएका मुद्धाहरु सत्तापक्षमा रहँदा पनि कायमै रहेको र गिरिबन्धु टी–स्टेट, नक्कली भुटानी शरणार्थी ठगी प्रकरण, ट्रंक लाइन विवाद, सहकारी ठगी प्रकरणको निष्पक्ष छानविन हुनुपर्ने बताए ।

थापाले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति कार्यान्वयन नै मुख्य विषय भएकाले त्यही अनुसार नै अघि बढ्ने स्पष्ट पारे । ठूला दल मिल्नुपर्ने अवस्थाको औचित्यबारे पुष्टि गरिनुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।