नेभिगेशन
सबै कुरा

संविधान संशोधनले जनताको अधिकार कटौति गर्दैन : गगन थापा

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनमार्फत जनताको अधिकारलाई कटौति गर्न लागिएको भन्दै भ्रम छर्न खोजिएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले संविधानले दिएको अधिकार कसैले कटौति गर्न नसक्ने भन्दै ०४७ कै संविधानतिर लैजाने बहस सहि नभएको बताएका हुन् । उनले संविधान संशोधनमार्फत अहिलेको निर्वाचन प्रणालीलाई राम्रो बनाउन सकिने उल्लेख गरे ।

एउटा दलले ४० प्रतिशत हाराहारी मत ल्याउँदा पाँच वर्ष सरकार चलाउने गरी मिलाउन सक्ने व्यवस्था गर्न सकिने उनले बताए । थापाले संविधान संशोधनका नाममा चलेका आरोपबाट कांग्रेस–एमाले भाग्न नहुने भन्दै जनतालाई स्पष्ट पार्न सक्नुपर्ने धारणा राखे । 

उनले आफुहरु यसअघि प्रतिपक्षीमा रहदा उठाएका मुद्धाहरु सत्तापक्षमा रहँदा पनि कायमै रहेको र गिरिबन्धु टी–स्टेट, नक्कली भुटानी शरणार्थी ठगी प्रकरण, ट्रंक लाइन विवाद, सहकारी ठगी प्रकरणको निष्पक्ष छानविन हुनुपर्ने बताए ।

थापाले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति कार्यान्वयन नै मुख्य विषय भएकाले त्यही अनुसार नै अघि बढ्ने स्पष्ट पारे । ठूला दल मिल्नुपर्ने अवस्थाको औचित्यबारे पुष्टि गरिनुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...