नेभिगेशन
सबै कुरा

सर्वोच्चको फैसलाः ‘ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन गर्न कानुन बनाउनु’

काठमाडौँ । सर्वोच्च अदालतले ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुलसमानको संयुक्त इजलासले २०८१ वैशाख १७ गते गरेको फैसलाको आज सार्वजनिक गरेको पूर्णपाठमा उक्त कानुन बनाउन नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको उल्लेख छ ।

Ncell
Extreme Energy

 फैसलाको पूर्णपाठमा भनिएको छ, “हालसम्म क्रसर उद्योग सञ्चालन तथा व्यवस्थापन गर्नका निम्ति कुनै कानुनी व्यवस्था भएको नदेखिँदा ढुङ्गा, गिटी, बालुवा उत्खननगरी कसर उद्योग सुव्यवस्थित रुपमा र वातावरणमैत्री रुपमा सञ्चालन हुने सुनिश्चितताको लागि ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानुन बनाउनु भनी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, काठमाडौँका नाममा निर्देशनात्मक आदेश जारी गरिदिएको छ ।

अदालतले तथ्य, कानुनी व्यवस्था र यस अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको आधारमा ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ लाई संशोधन गर्नेगरी नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७९ जेठ ६ मा पारित ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी ९पहिलो संशोधन० मापदण्ड, २०७९ उक्त मापदण्डको दफा ४९१।०० र दफा ११९१० को हदसम्म उत्प्रेषणको आदेशले बदर गरेको छ ।

अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७९ लाई बदरगरी २०७७ लाई कायम गरेको छ । उक्त ऐनमा क्रसर उद्योग सञ्चालन गर्दा दूरीसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने व्यवस्था गरेको छ । जसमा क्रसर उद्योग सञ्चालन गर्दा राजमार्गको राइट अफ वेबाट ५०० मि दूरी, खोला वा नदी किनारबाट ५०० मि, शिक्षण संस्था, स्वास्थ्य, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकायबाट दुई किमी दूरी कायम गरिएको छ ।

त्यस्तै, पक्की पुलबाट ५०० मि, अन्तर्राष्ट्रिय सीमाबाट दुई किमी, वन, निकुञ्ज तथा आरक्षबाट दुई किमी, घनाबस्तीबाट दुई किमी, हाइटेन्सन लाइनबाट २०० मि, ऐतिहासिक तालतलैया, जलाशय र पोखरीबाट ५०० मि र चुरे पहाडको फेदीबाट एक हजार ५०० मि दूरी कायम गरिएको छ ।

     वातावरण कानुन समाज नेपालका तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठ, नुवाकोटका राजु फुयाँल र धनुषाका राकेशकुमार साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र खानी तथा भूगर्भ विभागलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनको सुनुवाइपछि अदालतले उक्त फैसला गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चीनले भन्यो– ल्हेन्दे खोलामा ताल बनेको छ, फुट्न सक्छ

चीनले भन्यो– ल्हेन्दे खोलामा ताल बनेको छ, फुट्न सक्छ

चीनको तिब्बत हुँदै नेपालको भोटेकोशीमा मिसिने ल्हेन्दे खोलामा हिमपहिरोको कारण ठूलो ताल बनेको चीनले जनाएको छ ।
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

प्रहरीका अुनसार, रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको हो।
चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

अस्पतालको शव गृहबाहिर अन्य बेपत्ताका परिवार र आफन्त पनि जम्मा भएका छन् । उनीहरुले फोटो प्रिन्ट गरेर र मोबाइलमा आफूले खोजी गरिरहेकाहरुको तस्बिर लिएर आएका छन् ।
चितवनमा अब शव राख्ने ठाउँ छैन

चितवनमा अब शव राख्ने ठाउँ छैन

प्रजिअ अर्यालले अस्पतालमा खाँदेर राख्दा बढीमा ८० वटासम्म शव राख्ने क्षमता भएको जानकारी दिए । बाहिरी जिल्लाबाट पठाइएका शवलाई सम्बन्धित जिल्लामा फिर्ता गरिएको भन्दै उनले अन्य जिल्लालाई आफैँ...