नेभिगेशन
सबै कुरा

ढुं‌गा गिटीमा १ अर्ब भ्रष्टाचार गरेको मुद्दामा गोदावरीका मेयर सहित १४ जनालाई सफाई

काठमाडौँ । भ्रष्टाचार मुद्दा लागेका गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनालाई विशेष अदालतले सफाइ दिएको छ । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरू विरूद्ध गोदावरीको ढुं‌गा गिटी बिक्री वितरण गर्दा सरकारी दररेट भन्दा कम गरी  १ अर्ब ४ करोड ८७ लाख ४५ हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै दुई महिना अघि विषेश अदालतमा मद्दा दायर गरेको थियो । 

Dish Home
Global Ime Bank

 मुद्दाको बहसपछि विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुवँर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सफाइ दिएको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश कानुनले तोकेभन्दा कम राजस्व लिने गरी नगरपालिकाले कानुन बनाएको दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर विशेष अदालतले मेयर महर्जन सहित  उपमेयर मुना अधिकारी, प्रशासकीय अधिकृत विश्वराज मरांसेनी, यमलाल बेल्वासे, मदन केसी, सप्तम निर्माण कम्पनी प्रालि, मधुसुदन डोटेल, निराकर ढुंगा उद्योग प्रालि, केदारनाथ तिमल्सिना, मच्छिन्द्रनाथ मल्टिपर्पोज प्रालि, शशिराज शाही, सजिलो ढुंगा उद्योग प्रालि, वीरेन्द्र महर्जन र वीरेन्द्र महर्जन ढुंगा उद्योग प्रालिलाई सफाइ दिएको छ । 

नगरपालिकाले कानुन अनुसारको निकासी शुल्क लिनु भ्रष्टाचार निवारण ऐनको दफा ७ ख को कसुर नहुने विशेषको फैसलामा उल्लेख छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछाने पक्षलाई थाहै नदिई उच्च अदालत पोखरामा सूर्यदर्शन सहकारी सम्बद्ध मुद्दाको सुनुवाई

रवि लामिछाने पक्षलाई थाहै नदिई उच्च अदालत पोखरामा सूर्यदर्शन सहकारी सम्बद्ध मुद्दाको सुनुवाई

‘न्यायाीक परिपटी र प्रचलनमा हिरासतमा वा कारगारमा रहेको पक्षलाई उसको मुद्दाको सुनुवाई हुँदैछ भनेर फलानो दिनमा पेसी चढेको छ भनेर सूचित गरिन्छ । सूचना पुगेको रहेनछ भने सूचना...
घट्यो पेट्रल, डिजेल र मट्टितेलको मूल्य

घट्यो पेट्रल, डिजेल र मट्टितेलको मूल्य

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य काठमाडौं, दिपायल र पोखरामा १ सय ५४ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रमा १ सय ५६ रुपैयाँ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज,...
प्रहरीकाे 'अपरेसन फोस्टर डेल्टा' : ८ वर्षदेखि नक्कली कागजात बनाउने गिरोह पक्राउ

प्रहरीकाे 'अपरेसन फोस्टर डेल्टा' : ८ वर्षदेखि नक्कली कागजात बनाउने गिरोह पक्राउ

काठमाडौँको एक गिरोह जसले वर्षौँदेखि नक्कली जग्गाधनी पुर्जा, लाइसेन्स, नागरिकतादेखि शैक्षिक प्रमाणपत्र मात्रै हैन आधा दर्जन बढी सरकारी निकायबाट प्रदान हुने सरकारी कागजात बनाएर बजार पठाउने गरेका थिए...
संवैधानिक पदाधिकारी नियुक्ति विवादको सुनुवाइ सकियो, जेठ २८ मा फैसला

संवैधानिक पदाधिकारी नियुक्ति विवादको सुनुवाइ सकियो, जेठ २८ मा फैसला

संवैधानिक इजलासले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिको विवादमा सुनुवाइ सकिएको जनाएको छ। सो विवादबारे जेठ २८ गते फैसला सुनाइनेछ।