नेभिगेशन
सबै कुरा

‘ग्लोबल साउथ समिट’मा प्रधानमन्त्रीले भने, ‘खाद्य, ऊर्जा र जलवायु सङ्कटबाट पार पाउन सामूहिक प्रयास अपरिहार्य’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तन, स्रोत र साधनको बुद्धिमत्तापूर्ण प्रयोगबाट अल्पविकसित, विकासोन्मुख एवं विकासशील राष्ट्रका जनताको हित सुनिश्चित गर्नका साथै आपसी साझेदारी र सहकार्यबाट समुज्ज्वल भविष्य निर्माण गर्न सकिने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारत सरकारद्वारा श्रव्यदृश्यका माध्यमबाट आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज भर्चुअलरुपमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । 

Ncell
Extreme Energy

‘वसुधैव कुटुम्वकम्’को आदर्शअनुरुप ‘दिगो भविष्यका लागि सशक्त ग्लोबल साउथ’ शीर्षकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अवधारणामा आयोजित उक्त सम्मेलन सामयिक भएको बताउँदै प्रधानमन्त्री ओलीले ग्लोबल साउथको अभिमत अभिव्यक्त गरेकोमा आफ्ना भारतीय समकक्षीको सराहना गरे। 

विश्वका विभिन्न भागमा फैलिएको द्वन्द्व, खाद्य र ऊर्जा सङ्कट, जलवायु परिवर्तनका असरलगायत विषयले असमान रूपमा विकासशील देशहरूमा गम्भीर चुनौती थपेकाले तिनको सामना गर्न सामुहिक प्रयास अपरिहार्य भएकामा प्रधानमन्त्री ओलीले जोड दिए । 

प्रधानमन्त्री ओलीले ग्लोबल साउथका १५ राष्ट्र तथा सरकारप्रमुखसँगै सम्मेलनलाई सम्बोधन गरेका हुन् । तुलनात्मक रूपमा न्यून आर्थिक एवं औद्योगिक विकास गरेका ७८ अल्पविकसित, विकासोन्मुख एवं विकासशील राष्ट्र ग्लोबल साउथका सदस्य छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढी : सेनाको हेलिकप्टरमार्फत १२३ जनाको उद्धार

रसुवा बाढी : सेनाको हेलिकप्टरमार्फत १२३ जनाको उद्धार

भोटेकोशी नदी रसुवामा आएको बाढीका कारण बेपत्तामध्ये आज बिहान मात्रै नेपाली सेनाले हेलिकप्टरमार्फत १२३ जनाको उद्धार गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ ।
नागढुंगा-मुग्लिन सडक पूर्णरुपमा बन्द, रसुवा र नुवाकोटका सडक पनि अवरुद्ध (सूचीसहित)

नागढुंगा-मुग्लिन सडक पूर्णरुपमा बन्द, रसुवा र नुवाकोटका सडक पनि अवरुद्ध (सूचीसहित)

रसुवासहित ६ जिल्लाका सडक अवरुद्ध छन् ।
रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा जिल्लामा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १६२ पुगेको छ । प्रहरी प्रधान कार्यालयकाअनुसार बिहीबार विहान ५ बजेसम्मको तथ्यांकअनुसार बाढी र पहिरोमा परी विभिन्न जिल्लामा हालसम्म...

भर्खरै