नेभिगेशन
सबै कुरा

सरकारबाट बाहिरिनु परेपछि माओवादीले प्रतिगमनको हल्ला चलायोः पृथ्वी सुब्बा गुरुङ

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारबाट बाहिरिनुपरेपछि माओवादीले प्रतिगमनको हल्ला चलाएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तमु सञ्चारकर्मी संघ नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले कांग्रेस–एमाले मिल्दा प्रतिगमन हुन्छ भन्ने हल्ला चलाएर माओवादीले सरकारबाट हट्नुपर्दाको पिडा व्यक्त गरेको बताएका हुन् । पटक पटक सरकार परिवर्तनको प्रयोग भएपछि मुलुकमा स्थीरता कायम गर्न ठूला दुई दल मिल्नुपरेको उनले बताए । 

Ncell
Extreme Energy

उनले मुलुकको परिवर्तनमा सबै दलको भूमिका महत्वपूर्ण रहेको भन्दै उपलव्धी मास्ने काम कसैले नगर्ने स्पष्ट पारे। गुरुङले कुनै दलको स्पष्ट बहुमत नआउँदा मुलुकमा देखिएको अस्थिरता अन्त्य गर्न निर्वाचन प्रणाली परिवर्तनको बहस चल्नु स्वभाविक भएको भन्दै यसका कारण कोहि पनि आत्तिनुपर्ने अवस्था नरहेको धारणा राखे । 

आवश्यकता अनुसार संविधान संशोधन गर्नुपर्दा सबैका सहमतिका साथ अघि बढ्ने उनले बताए । त्यस्तै मन्त्री गुरुङले संविधानमा सबैको अधिकारका कुरा रहेतापनि यसलाई व्यवहारमा लागू गर्नका लागि नीति कानून आवश्यक रहेकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने समेत बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढी : सेनाको हेलिकप्टरमार्फत १२३ जनाको उद्धार

रसुवा बाढी : सेनाको हेलिकप्टरमार्फत १२३ जनाको उद्धार

भोटेकोशी नदी रसुवामा आएको बाढीका कारण बेपत्तामध्ये आज बिहान मात्रै नेपाली सेनाले हेलिकप्टरमार्फत १२३ जनाको उद्धार गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ ।
नागढुंगा-मुग्लिन सडक पूर्णरुपमा बन्द, रसुवा र नुवाकोटका सडक पनि अवरुद्ध (सूचीसहित)

नागढुंगा-मुग्लिन सडक पूर्णरुपमा बन्द, रसुवा र नुवाकोटका सडक पनि अवरुद्ध (सूचीसहित)

रसुवासहित ६ जिल्लाका सडक अवरुद्ध छन् ।
रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा जिल्लामा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १६२ पुगेको छ । प्रहरी प्रधान कार्यालयकाअनुसार बिहीबार विहान ५ बजेसम्मको तथ्यांकअनुसार बाढी र पहिरोमा परी विभिन्न जिल्लामा हालसम्म...

भर्खरै