नेभिगेशन
सबै कुरा

थामेमा दुई हिमताल फुट्दा बाढी आएको निष्कर्ष, बाढीको जोखिम कायमै

सोलुखुम्बु । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले थामे क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताएकी छिन् । शुक्रबार दुईवटा हिमताल फुट्दा बाढी आएको पुष्टि गर्र्दै  सो क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

“आज क्षतिग्रस्त थामे क्षेत्रको रक्षामन्त्री मानवीर राई र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले हवाई निरीक्षण गर्नुभयो”, उनले भनिन्, “निरीक्षणपछि हिजो दुईवटा हिमताल फुटेकाले बाढी आएको पुष्टि भएको छ, सो क्षेत्रमा बाढीको जोखिम कायमै छ ।”

जोखिममा रहेका भनिएका हिमताल जोगाउन सक्ने सम्भावना कम रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ । “थामेभन्दा माथिपट्टि पाँचवटा हिमताल रहेछन्, शुक्रबार दुईवटा विस्फोटपछि बाढी आएको पुष्टि भयो”, प्रमुख जिल्ला अधिकारी पाण्डेले भनिन्, “बाँकी तीनमध्ये एउटा सुरक्षित रहेको र दुईवटा जोखिम रहेको जानकारी प्राप्त भएको छ ।” खुम्बुसहित तल्लो सोलुमा बाढीको उच्च जोखिम रहेकाले सो क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरिएको उनले बताइन् । 

जल तथा मौमस विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमताल विस्फोट भएको हुनसक्ने बताएको छ । विभागका अनुसार थामे क्षेत्रमा साउन २५ गतेदेखि दैनिक औसत तापक्रम बढेको थियो । सो दिनयता तापक्रम नौ दशमव सात डिग्री सेल्सियसबाट ११ डिग्री सेल्सियस पुगेको विभागले जनाएको छ । शुक्रबार भने तापक्रम बढेर १५ दशमलव नौ डिग्री सेल्सियस पुगेको थियो । निरन्तरको वर्षा र तापक्रममा भएको वृद्धिले हिमपहिरो गएको विभागको बुझाइ छ । 

जलवायु जानकार राजन थापाले हिमाली क्षेत्रमा तापक्रम अस्वाभाविक रूपमा बढ्दै जाँदा हिमतालहरू जोखिममा रहेको बताए । उनले भने, “थामेमा मात्र होइन तापक्रम बढ्दै जाँदा सगरमाथा क्षेत्रका अन्य हिमताल पनि जोखिममा छन्, हिमालमा हिउँ पग्लिने क्रम बढेको छ, यसले हिमाली बस्तीलाई जोखिममा पारेको छ ।” 

बाढीपीडितलाई राहत

बाढीपीडित खुम्बु पासाङल्हामु गाउँपालिका–३ थामेवासीलाई सङ्घ र स्थानीय सरकारले नगदसहित राहत प्रदान गरेका छन् । आज बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत पुग्नुभएका रक्षामन्त्री राई नेतृत्वको राहत प्रदान गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिइन् । 

प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला दैविक प्रकोप उद्धार कोषबाट १३ घर परिवारलाई प्रतिपरिवार नगद रु १५ हजार र तीन–तीन थान त्रिपाल वितरण गरिएको हो । स्थानीय सरकारका तर्फबाट १५ परिवारलाई रु ५० हजारका दरले वितरण गरिएको छ । पूर्ण क्षतिग्रस्त २० घरपरिवारमध्ये सबै घरका बासिन्दा त्यहाँ नरहेको बताइएको छ । प्रजिअ पाण्डेले लत्ताकपडाका लागि प्रदेश सरकार र खाद्यान्नका लागि खाद्य व्यवस्था विभागलाई पत्राचार गरिएको बताइन् । 

नेपाली सेना सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा आज प्रभावित स्थानबाट सातजनाको सकुशल उद्धार गरेको जनाएको छ । प्रभावित इलाकामा अस्थायी पुल निर्माण गरी उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको जनाइएको छ । बाढीका कारण अवरुद्ध खुम्बु बिजुली कम्पनीको पावरहाउस, खानेपानी लाइन, बाटो, विद्यालय मर्मत तथा घरमा भएका सामग्री सुरक्षित स्थानमा स्थानान्तरण जारी रहेको सेनाले जनाएको छ ।

बाढीका कारण पुलमा क्षति हुँदा तल्लो सोलु र खुम्बुको सिधा सडक सञ्जाल टुटेको छ । साथै बाढी भोटेकोशी हुँदै दूधकोशीमा मिसिँदा खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोशी गाउँपालिकाको सिमानामा पर्ने मितेरी पुलमा पनि क्षति पुगेको जनाइएको छ । बाढीले पक्की मोटरेबल पुलको एकतर्फको भाग कटान भएको छ । जसका कारण सल्लेरीबाट खुम्बु जोड्ने एकमात्र सडक सञ्जाल टुटेको स्थानीयले बताएका छन् । 

बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका(३ फाक्दिङदेखि नाम्चे जाने पदमार्ग कटान गर्दा तल्लो क्षेत्रबाट सगरमाथा क्षेत्रमा आवातजावत टुटेको सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेका अध्यक्ष लामाकाजी शेर्पाले बताए। आवतजावत विच्छेद भएपछि माथिल्लो खुम्बुको जनजीवन प्रभावित बनेको उनले बताए। उनले भने, “खुम्बु यतिबेला अस्तव्यस्त छ, बत्ती नहुँदा सञ्चार सेवा अवरुद्ध भएको छ भने हिमताल फुट्ने खतरा उत्तिकै छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढी : सेनाको हेलिकप्टरमार्फत १२३ जनाको उद्धार

रसुवा बाढी : सेनाको हेलिकप्टरमार्फत १२३ जनाको उद्धार

भोटेकोशी नदी रसुवामा आएको बाढीका कारण बेपत्तामध्ये आज बिहान मात्रै नेपाली सेनाले हेलिकप्टरमार्फत १२३ जनाको उद्धार गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ ।
नागढुंगा-मुग्लिन सडक पूर्णरुपमा बन्द, रसुवा र नुवाकोटका सडक पनि अवरुद्ध (सूचीसहित)

नागढुंगा-मुग्लिन सडक पूर्णरुपमा बन्द, रसुवा र नुवाकोटका सडक पनि अवरुद्ध (सूचीसहित)

रसुवासहित ६ जिल्लाका सडक अवरुद्ध छन् ।
रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा जिल्लामा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १६२ पुगेको छ । प्रहरी प्रधान कार्यालयकाअनुसार बिहीबार विहान ५ बजेसम्मको तथ्यांकअनुसार बाढी र पहिरोमा परी विभिन्न जिल्लामा हालसम्म...

भर्खरै