नेभिगेशन
सबै कुरा

पशुपतिनाथको कोटीहोमस्थलमा भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । पशुपतिनाथमा आयोजना गरिएको कोटीहोमस्थलमा शुक्रबार राति भएको घटनाबारे छानबिन गर्न समिति गठन भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको हो । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी गंगा पौडेल, सशस्त्र प्रहरी बलका डीएसपी प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महांघका सचिव गोविन्द चौलागाईं, मानव सेवा फाउन्डेसनका विष्णु कुमार थापा सदस्य छन् भने जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुपम पौडेल सदस्य सचिव छन् । समितिलाई अध्ययन गरी प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको छ । 

Ncell
Extreme Energy

कोटिहोमका मुख्य आयोजक विजयकृष्ण मुर्ति भनिने विजय भण्डारीलाई प्रहरीले पक्राउ गर्न खोजेपछि शुक्रबार राथि पशुपतिमा केही बेर तनाब भएको थियो । भण्डारी सहित समर्थकहरु नाराबाजीमा उत्रिएका थिए । गौशला प्रहरी वृतबाट खटिएका प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको भन्दै भण्डारीले समर्थकहरुलाई  प्रतिवाद गर्न आग्रह गर्दै फेसबुक पेजमा लाइभ गरेका थिए। 

केहि बेर भण्डारीका समर्थक र प्रहरी बिच ठेलमठेल चलेको थियो । त्यसपछि प्रहरी कोटिहोमस्थलबाट फर्किएको थियो। 

प्रहरी पुुगेपछि आक्रोशित भण्डारीले प्रहरीले आफूूलाई फसाउन खोजेको भन्दै आन्दोलन गर्ने समर्थकहरुलाई आदेश दिएका थिए । साथै उनले अब आन्दोलन चर्किने, बंगलादेशको अवस्था आउने भन्दै उत्तेजक नाराबाजी गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढी : सेनाको हेलिकप्टरमार्फत १२३ जनाको उद्धार

रसुवा बाढी : सेनाको हेलिकप्टरमार्फत १२३ जनाको उद्धार

भोटेकोशी नदी रसुवामा आएको बाढीका कारण बेपत्तामध्ये आज बिहान मात्रै नेपाली सेनाले हेलिकप्टरमार्फत १२३ जनाको उद्धार गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ ।
नागढुंगा-मुग्लिन सडक पूर्णरुपमा बन्द, रसुवा र नुवाकोटका सडक पनि अवरुद्ध (सूचीसहित)

नागढुंगा-मुग्लिन सडक पूर्णरुपमा बन्द, रसुवा र नुवाकोटका सडक पनि अवरुद्ध (सूचीसहित)

रसुवासहित ६ जिल्लाका सडक अवरुद्ध छन् ।
रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा जिल्लामा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १६२ पुगेको छ । प्रहरी प्रधान कार्यालयकाअनुसार बिहीबार विहान ५ बजेसम्मको तथ्यांकअनुसार बाढी र पहिरोमा परी विभिन्न जिल्लामा हालसम्म...

भर्खरै