नेभिगेशन
सबै कुरा

हावाहुरीका कारण झापामा क्षति

झापा । गएराति आएको हावाहुरीले ठूलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

हावाहुरीका कारण जताततै विजुलीका पोल ढलेका छन् भने घरका छाना उडाउनुका साथै रुखहरु समेत ढलेको प्रहरीले जनाएको छ । क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए । उनले हावाहुरीका कारण मानवीय क्षति भने नभएको बताए ।

City Express

उनका अनुसार राजमार्गमा ढलेको रुखहरु राति नै जेसीबी लगाएर पन्छाइएको छ । चारआलीको पाउपाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति समेत पुगेको छ । चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०१ ०२३ च ५०९३ नं को कारमा क्षति भएको उनले जानकारी दिए । कारमा पाँच जना सवार रहेका र सबै सकुशल रहेको उनको भनाइ छ । 

हावाहुरीले बिजुलीको पोल ढाल्दा मेचीनगरको धुलाबारी, धाइजन, र काँकरभिट्टामा विद्युत् अवरुद्ध भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेलद्वारा दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाइ सम्बोधन

राष्ट्रपति पौडेलद्वारा दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाइ सम्बोधन

कतारको दोहामा सुरु भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाई मङ्गलबार सम्बोधन गर्दै उनले  सो धारणा व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले भने, “विकासोन्मुख देशहरूका...
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
महाधिवेशन सम्बन्धी कांग्रेस केन्द्रीय बैठकमा महामन्त्री र सहमहामन्त्रीबीच फरक प्रस्ताव पेस

महाधिवेशन सम्बन्धी कांग्रेस केन्द्रीय बैठकमा महामन्त्री र सहमहामन्त्रीबीच फरक प्रस्ताव पेस

सहमहामन्त्री पाण्डेले भने, “महाधिवेशन कार्यतालिका सहमति निर्माण हुन सकेन, महाधिवेशनका विषयमा पार्टीमा दुई खालका मतलाई एउटै हुनेगरी साझा धारणा हुन सकेको छैन, पुस १६ गतेदेखि १७ गतेसम्म केन्द्रीय...
कोशी प्रदेश सभाका बैठकहरु कटहरी स्थित फलफूल तथा तरकारी बजार केन्द्रबाट संचालन गरिदैं

कोशी प्रदेश सभाका बैठकहरु कटहरी स्थित फलफूल तथा तरकारी बजार केन्द्रबाट संचालन गरिदैं

जेनजी आन्दोलनका क्रममा आगजनीबाट कोशी प्रदेश सभा भवनध्वस्त भएपछि  फलफूल तथा तरकारी थोक बजार केन्द्रको भवनबाट प्रदेश सभा बैठक सञ्चालन गर्ने तयारी गरिएको हो ।

भर्खरै