नेभिगेशन
सबै कुरा

तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली

८ असोज, काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोगलाई दोषीमाथि कारबाही गराउने कार्यक्षेत्र दिनुपर्ने माग गरेका छन् । 

पार्टीको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले छानबिन आयोग गठनमा ढिलाइ नगर्न र आयोगलाई नीतिगत सुधारको सिफारिस गर्ने कार्यक्षेत्रमा सीमित नगर्न सरकारसँग आग्रह गरेका छन्।

City Express

एमालेले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिनको माग राखेर अवरोध गर्दा संसद् चल्न नदिइएको आरोप लगाइएको उल्लेख गर्दै उनले अहिले लामो समयसम्म संसद् स्थगन हुनुले जनताका आवाज प्रस्तुत हुन नपाएको बताए । प्रमुख दलबीच सुन तस्करीको घटनाबारे छानबिन गर्न आयोग गठन गर्ने सहमति भए पनि कार्यक्षेत्रमा विवाद कायम छ ।

सो अवसरमा उनले कार्यकर्तालाई आत्मकेन्द्रित नभई सबल राष्ट्रिय शक्ति निर्माणको लक्ष्यसहित जनहितलाई सफलीभूत पार्ने सङ्कल्प लिएर अघि बढ्न निर्देशन दिए । अधिवेशनले पार्टीका विरुद्ध भइरहेको षड्यन्त्र र घेराबन्दीको समीक्षासहित त्यसलाई तोड्दै आगामी २०८४ सालको निर्वाचनको सामना गर्न सक्ने परिपक्व नेतृत्व चयन गर्न सकोस् भन्ने शुभकामना समेत दिए । 

शिक्षा, ज्ञान, विज्ञान र प्रविधिको सुरुवात भएको नेपाली भूमि आज पछाडि परेको मुलुकमा रहनु आफ्नो पार्टीका लागि स्वीकार्य नभएको भन्दै अध्यक्ष ओलीले मुलुकको पछ्यौटेपन र गरिबीलाई हटाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए । 

उनले आफू सरकारमा हुँदा विप्लव र सिके राउतको समूहलाई शान्तिपूर्ण गतिविधिमा ल्याएको स्मरण गरेका छन् । अध्यक्ष ओलीले विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका प्रावधानमा शिक्षकका असन्तुष्टिलाई सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । 

प्रदेश अध्यक्ष केशवराज पाण्डेका अध्यक्षतामा भएको उद्घाटन सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेल, सो प्रदेश कमिटीका इञ्चार्ज गुरु बरालले सफलताको शुभकामना दिएका छन्। उनीहरुले सकेसम्म सहमति र नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न आग्रह गरे । 

करिब एक हजार दुई सय प्रतिनिधि रहेको अधिवेशनको बन्दसत्र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।
निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरु आन्दोलमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरुले...