नेभिगेशन
सबै कुरा

बन्द भएको १० महिनापछि टिकटक खुलाउने तयारीमा सरकार

काठमाडाैँ । बन्द भएको टिकटक खुलाउने तयारी भएको छ । नेपाल सरकार मन्त्रीपरिषदले २०८० कात्तिक २७ गते निर्णय गरेर बन्द गरेको टिकटक सरकारले नै खुलाउने तयारी गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टिकटकका माध्यमबाट सामाजिक सद्भाव खल्बलिने गतिविधि भएको भन्दै तत्कालीन प्रचण्ड सरकारको क्याबिनेटले निर्णय गरेर बन्द गरेको टिकटक १० महिनापछि खुलाउने तयारी भएको हो । टिकटकले पटकपटक आफूहरु नेपालमा दर्ता भएर सञ्चालनमा आउन तयार रहेको र नेपालको कानुन मान्न तयार रहेको भन्दै परिपत्र गरेसँगै नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध खुलाउने तयारी गरेको हो । 

Ncell
Extreme Energy

पछिल्लो समय केही दिनअघि मात्र टिकटकले केही आफ्ना प्रतिबद्धतासहित नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयलाई पत्र पठाएको थियो । टिकटकले आफू नेपाल सरकारको कानुन मान्ने र सम्पूर्ण प्रक्रिया पुरा गर्न तयार रहेको बताएपछि नेपाल सरकारले ३ महिनाभित्र सूचीकरण गरिसक्नुपर्ने गरि प्रतिबन्ध फुकाउने तयारी गरेको हो । त्यसका लागि आवश्यक अध्ययन गर्न सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले कर्मचारीलाई निर्देशन दिइसकेको मन्त्रालयका एक कर्मचारीले बताए । 

‘प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रतिबन्ध फुकाउन सहमति जनाउने छाँट देखाएपछि मन्त्रीले कर्मचारीहरुलाई अध्ययन र प्रक्रिया पुर्याएर टिप्पणी उठाउन निर्देशन दिनुभएको छ ’, उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा मात्रै ६४ जनाकाे शव फेला परेकाछन् भने धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको...
बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेर अघि सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा...
बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

“शव धमाधम फेला परिरहेका छन् । हालसम्म १८ वटा फेला छ”, उनले भने। शवहरूको खोजीकार्य हालसम्म पनि जारी रहेको उनको भनाइ छ ।