नेभिगेशन
सबै कुरा

स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले पायो एक अर्ब ८९ करोड

चितवन । स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागू भएयता रु एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको छ। यो अवधिमा बिमितले १० लाख ३५ हजार एक सय १५ पटक सेवा पाएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सेवा दिएबापत अस्पतालले बीमा बोर्डबाट सो रकम प्राप्त गरेको हो। अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलका अनुसार विसं २०७४ भदौ १ गतेदेखि भरतपुर अस्पतालमा बीमा कार्यक्रम लागू भएको हो।

Ncell
Extreme Energy

पहिलो वर्ष ३२ हजार छ सय दुई पटक सेवा दिइएको थियो। त्यसवापत अस्पतालले बीमा बोर्डबाट रु एक करोड २८ लाख ९२ हजार दुई सय २० प्राप्त गरेको थियो। आर्थिक वर्ष २०७५/७६ मा एक लाख १२ हजार नौ सय ९१ पटक सेवा दिएबापत अस्पतालले रु १४ करोड ५७ लाख २८ हजार दुई सय २२ प्राप्त गरेको थियो।

इञ्चार्ज पौडेलका अनुसार आव २०७६/७७ मा एक लाख १४ हजार आठ सय ५२ पटक सेवा दिएर रु २३ करोड ८८ लाख चार सय ५० प्राप्त गरेको थियो। आव २०७७/७८ मा कोभिडका कारण सेवा लिनेको सङ्ख्या घटेर ८५ हजार पाँच सय ३६ पटक मात्रै सेवा लिएका छन्। त्यसबापत अस्पतालले रु नौ करोड ७२ लाख ५२ हजार एक सय ८१ प्राप्त गरेको थियो।

आव २०७८/७९ बाट बीमामार्फत उपचार गराउनेको सङ्ख्या पुनः बढेको छ। सो वर्ष एक लाख ७८ हजार पाँच सय ५३ पटक सेवा लिइएको थियो। त्यसबापत अस्पतालले रु ३० करोड ७९ लाख ७४ हजार पाँच सय १२ प्राप्त गरेको थियो।

आव २०७९/८० मा दुई लाख ५० हजार छ सय १७ पटक सेवा दिएर अस्पतालले रु ५२ करोड ५३ लाख ३७ हजार पाँच सय १२ प्राप्त गरेको छ। गएको आवमा दुई लाख ६० हजार पटक सेवा दिएर अस्पतालले रु ५६ करोड १६ लाख ८८ हजार सात सय ५९ प्राप्त गरेको छ। अस्पतालले अझै रु १५ करोड हाराहारी दाबी गरेको रकम भुक्तानी पाउन बाँकी रहेको छ।

अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशतभन्दा बढी बीमाका हुने गर्दछन्। सोहीअनुरुप अस्पतालमा उठ्ने सेवा शुल्क पनि हुने गर्दछ। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा। कृष्णप्रसाद पौडेलका अनुसार स्वास्थ्य बीमाको सेवा अस्पतालमा राम्रो भएकाले आकर्षण बढ्दो छ। करिब १८ भन्दाबढी जिल्लाका बीमाका बिरामी यहाँ उपचारका लागि आउने गर्दछन्।

चितवनसहित गोरखा, तनहुँ, नवलपरासी र मकवानपुरका कतिपय पालिकाका सेवाग्राहीले भरतपुर अस्पताललाई बीमाको प्रथम बिन्दु बनाएका छन्। नेपालमा विसं २०७२ चैत २५ गते कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो। अहिले नेपालका ७७ जिल्लामा यो कार्यक्रम लागू छ।

देशभरका चार सय ७६ स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा रहेको छ। प्रा डा पौडेलले स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम भएको जनाउँदै भरतपुर अस्पतालको मुख्य आम्दानीको स्रोत बीमा नै भएको बताए।

बीमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजान अस्पताल प्रशासन लागेको उनको भनाइ छ। यद्यपि अहिले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका अस्पतालमध्ये भरतपुर अस्पताल उत्कृष्ट रहेको जनाउँदै पौडेलले अस्वीकृत निकै न्यून रहेको जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो ।
बर्डफ्लु सङ्क्रमणका कारण काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

बर्डफ्लु सङ्क्रमणका कारण काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

कार्यालयले सङक्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताए। विशेषगरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले...