नेभिगेशन
सबै कुरा

यस्ताे छ सोलुखुम्बुमा हिमताल फुट्नुमा विज्ञले पहिल्याएका कारण 

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तापक्रम वृद्धिका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी भएको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले तापक्रम वृद्धिका कारण थामे खोलाको मुहान क्षेत्रमा रहेका हिमतालमा पानी बढेको र तल्लो ताल फुटेर बाढी आएको जानकारी दिए । 

Ncell
Extreme Energy

स्थलगत निरिक्षणका क्रममा पनि हिमाल पग्लेर माथिल्लो तालमा पानीको सतह बढेको र उक्त पानी तल्लो तालमा जम्मा भई भार थेग्न नसकेको फुटेको देखिएको उनले बताए । 

पोखरेलले स्थानीयहरुले सो समयमा केहि वर्ष भएपनि अहिलेसम्मकै गर्मी महशुस गरेको बताएको समेत जानकारी दिए । उनले सोलु घटनाले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा जोखिम बढेको पुष्टि भएको उल्लेख गरे ।

उक्त घटनाको अध्ययन गर्नका लागि सर्भे टोली सक्रिय रहेकाले केहि दिनमा नै ठोस कुरा बाहिर आउने प्राधिकरणले जनाएको छ । शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा एक्कासी बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पु¥याएको थियो । शनिबार बिहान प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा मात्रै ६४ जनाकाे शव फेला परेकाछन् भने धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको...
बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेर अघि सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा...
बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

“शव धमाधम फेला परिरहेका छन् । हालसम्म १८ वटा फेला छ”, उनले भने। शवहरूको खोजीकार्य हालसम्म पनि जारी रहेको उनको भनाइ छ ।
भारत सरकारले पठायो १० टन राहत सामग्री

भारत सरकारले पठायो १० टन राहत सामग्री

भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताएका छन् ।