नेभिगेशन
समाज

बालेन सरकार बनेपछि भारतबाट हुँदै पहिलो उच्चस्तरीय कूटनीतिक भ्रमण, नेपालबाट अहिलेसम्म को को गए दिल्ली ?

चार एजेण्डा बोकेर आज काठमाडौँ आउँदैछन् भारतीय विदेश सचिव विक्रम मिश्री

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिश्री आज काठमाडौँ आउँदैछन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालमा नयाँ सरकार गठन भएपछिको यो भारतको तर्फबाट पहिलो उच्चस्तरीय कूटनीतिक भ्रमण हो ।

Marvel
Extreme Energy

विदेश सचिव मिश्री चार एजेण्डा बोकेर काठमाडौं आउन लागेका हुन् । मिस्रीको भ्रमणको प्रमुख एजेण्डा   प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको विषय रहको छ । 

'विदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनेछ र यसले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउनेछ,' भारतीय विदेश मन्त्रालयले विदेश सचिवको नेपाल भ्रमणको घोषणा गर्दै भनेको छ । नेपालमा 'जेन-जी आन्दोलन'पछि बनेको सरकारले विभिन्न सुधारका कार्यहरू अघि बढाइरहेका बेला हुन लागेको मिस्रीको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका अतिरिक्त, नयाँ दिल्लीका लागि नयाँ नेपाली राजदूत नियुक्तिको विषयमा पनि काठमाडौँमा छलफल हुने सम्भावना छ । तत्कालीन राजदूत शङ्करप्रसाद शर्मा स्वदेश फर्किएपछि नेपाली दूतावास विगत केही महिनादेखि राजदूतविहीन छ । नयाँ प्रस्तावित राजदूत निश्चलनाथ पाण्डेको 'एग्रिमेन्ट' (कूटनीतिक स्वीकृति) को पर्खाइमा नेपाल रहेको छ । 

यसका साथै भोटेकोशी नदीमा आएको विपद्मा भारतले पुर्‍याउँदै आएको निरन्तर सहयोगको विषय पनि बैठकको एजेन्डामा समावेश हुने अपेक्षा गरिएको छ ।

विदेश सचिव मिस्रीको भ्रमण घोषणा भएकै दिन गत सोमबार काठमाडौँमा भूतपूर्व भारतीय गोर्खा सैनिकहरूको कल्याणकारी संस्थाले प्रदर्शन गर्दै भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गरेको छ । भारत सरकारले 'अग्निपथ योजना' लागू गरेयता गोर्खा सैनिकको भर्ती स्थगित रहँदै आएको छ । यो विषय पनि एजेण्डाको रुपमा रहेको भारतीय पक्षले जनाएको छ । 

विदेश सचिव मिश्री यसअघि गत मे महिनामा नेपाल भ्रमणमा आउने तय भए पनि प्रधानमन्त्री शाहले भेट्न नमानेपछि त्यतिबेला भ्रमण स्थगित भएको थियो ।

मिश्रीलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले मैत्रीपूर्ण निमन्त्रणामा बोलाएका हुन् । 

भ्रमणका क्रममा परराष्ट्र सचिव राईले भारतका विदेश सचिव मिश्रीग द्विपक्षीय छलफल गर्ने परराष्ट्र मन्त्रालय जनाएको छ । छलफलमा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान गर्नेछन् ।

यसबाट दुवै देशबीच लामो समयदेखि रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य रहेको छ ।

भ्रमणका क्रममा भारतका विदेश सचिव मिश्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाटसमेत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय जनाएको छ । उनले प्रधानमन्त्री शाहलाई पनि भेट्नेछन् । 

विदेश सचिव मिश्री कात्तिक १९ गते काठमाडौंँबाट नयाँदिल्ली फर्किनेछन् ।

मिश्रीको भ्रमणको पूर्वसन्ध्यामा भारतका नवनियुक्त राजदूत सुधाकर दलेला मंगलबार काठमाडौं आइपुगिसकेका छन् । 

भ्रमणका चार एजेण्डा 

प्रधानमन्त्री पद सम्हालेपछि बालेन शाहको पहिलो औपचारिक भारत भ्रमणको मिति, समय र आवश्यक तयारीका विषयमा संवाद गर्नु भ्रमणको प्रमुख प्राथमिकता रहनेछ ।

नयाँ दिल्लीस्थित नेपाली दूतावास विगत केही महिनादेखि राजदूतविहीन छ। प्रस्तावित राजदूत निश्चलनाथ पाण्डेको 'एग्रिमेन्ट' (कूटनीतिक स्वीकृति) प्रक्रियालाई टुङ्गो लगाउने विषयमा कूटनीतिक तहमा छलफल हुनेछ ।

हालै भोटेकोशी नदीमा आएको बाढी र त्यसबाट पुगेको क्षतिपछि भारत सरकारका तर्फबाट प्रदान गरिने थप राहत, पुनःस्थापना र निरन्तर प्राविधिक तथा भौतिक सहयोगका विषयमा वार्ता हुनेछ ।

विदेश सचिव मिस्रीले नेपाली समकक्षी अमृतबहादुर राईसँग द्विपक्षीय व्यापार, ऊर्जा, पूर्वाधार विकास तथा क्षेत्रीय विषयहरूमा विस्तृत समीक्षा गर्नुका साथै नेपालका उच्चपदस्थ नेतृत्वसँग शिष्टाचार भेटघाट गर्नेछन् ।

नेपालबाट को को गए दिल्ली ? 

परराष्ट्र मन्त्रालयकाअनुसार पछिल्लो सरकार बनेको ६ महिनामा भारतबाट हुन लागेको यो पहिलो उच्चस्तरीय कुटनीतिक भ्रमण हो । भारतबाट पहिलो भ्रमण हुँदा नेपालबाट भने वरिष्ठ मन्त्रीहरु धेरै जनाले भारत भ्रमण गरिसकेका छन् । 

पछिल्ला केही महिनाहरूमा भारतले नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले र गृहन्त्री सुदन गुरुङलाई स्वागत गरिसकेको छ । गुरुङ अक्टोबर १३ मा आयोजित पहिलो बिम्स्टेक  बैठकमा भाग लिन दिल्ली भ्रमण गरेका थिए । 

यसबाहेक सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जुन महिनाको पहिलो हप्ता भारत भ्रमण गरी प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका थिए । सभापति लामिछानेले गत हप्ता उत्तराखण्डको कैंची धाम र गुवाहाटीको कामाख्या मन्दिरको दर्शन गर्न भारतको व्यक्तिगत धार्मिक भ्रमण पनि गरेका थिए ।

नेपालको एजेण्डा 

प्रधानमन्त्रीको आसन्न भ्रमणमा नेपालले भोटेकोशी बाढीपछिको पुनर्निमार्णका लागि २ अर्ब अमेरिकी डलर सहुलियत ऋण तथा अनुदानसहितको  आर्थिक सहायता प्याकेज दिन भारतसँग प्रस्ताव गर्ने तयारी छ । यसमा अर्थ र परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेका छन् । 

पेट्रोलियम पाइपलाइन विस्तार, जलविद्युत आयोजनाको निर्माण, अयोध्या–जनकपुर रेलमार्ग सम्पर्क विस्तार, सीमा विवाद, भैरहवा एयरपोर्ट सञ्चालनका लागि हवाई प्रवेशमार्गलगायत विषय पनि एजेण्डा बनाउने गृहकार्य नेपाल पक्षको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारले ६८ हजारभन्दा बढी युवालाई एआई तालिम दिने

सरकारले ६८ हजारभन्दा बढी युवालाई एआई तालिम दिने

श्रम तथा रोजगार मन्त्रालयको अगुवाईमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको ‘मास्टरिङ एआई विथ इभेक्टिभ प्रोम्प्ट इन्जिनियरिङ’ विषयक निःशुल्क अनलाइन तालिममा ६८ हजार भन्दा बढी आवेदन प्राप्त...
अमेरिकी मध्यावधि निर्वाचनमा ट्रम्पलाई धक्का

अमेरिकी मध्यावधि निर्वाचनमा ट्रम्पलाई धक्का

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको मध्यावधि निर्वाचनमा उनको दल रिपब्लिकन पार्टीलाई प्रारम्भिक नतिजाले धक्का दिएको छ। विपक्षी डेमोक्रेटिक पार्टीले महत्वपूर्ण चुनावी क्षेत्रमा सफलता हासिल गर्दै संसद्का दुवै...
सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म

सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म

सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म
इनम सापकोटा प्रकरणमा सत्ताको दुरुपयोग र छाडातन्त्र हावी भयो : महामन्त्री संग्रौला

इनम सापकोटा प्रकरणमा सत्ताको दुरुपयोग र छाडातन्त्र हावी भयो : महामन्त्री संग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले इनम सापकोटा प्रकरणमा सरकारमाथि गम्भीर आरोप लगाएकी छन् ।