नेभिगेशन
सबै कुरा

आफ्नै अगुवाइमा महिला प्रधानमन्त्री बनाउने इच्छा छ : प्रधानमन्त्री ओली

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासमा युवाहरुको भूमिकालाई सरकारले महत्वका साथ हेरेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार काठमाडौँमा आयोजित काठमाडौँ यूथ कन्क्लेभ २०२४ मा युवाहरुले सोधेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले युवा नै देशको सम्पूर्ण शक्ति भएको भन्दै मुुलुकको बिकासमा युवाहरुको भूमिकालाई सरकारले महत्वका साथ हेरेको बताएका हुन् । युवालाई अघि बढाउन राम्रो शिक्षा र अवसर प्रदान गर्नुपर्ने भएकाले नै सरकारले युवालाई रोजगारीमा जोड्न स्टाटपको कार्यक्रम सुरु गरेको उनले बताए । 

Ncell
Extreme Energy

ओलीले आफूहरू राजनीतिमा धेरै दुःख गरेर राजनीतिमा आएको बताउँदै अहिले त्यस्तो अवस्था नरहेको बताए । ओलीले अहिले समाजमा आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति बढेको बताए । यसबाट जघन्य अपराधीक घटना बढ्दै गएका कारण सामाजिक मूल्य, मान्यतामा गम्भीर हुनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले अहिलेको सरकारसँग आस र भर गर्न आग्रह गर्दै देशमा केही परिवर्तन ल्याएरै छाड्ने भनेर आफु लागेको धारणा राखे ।

उनले आफ्नै अगुवाइमा देशमा पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, रक्षा मन्त्री तथा मुख्य सचिव बनाएको बताउँदै ओलीले महिला प्रधानमन्त्री पनि बनाउने इच्छा भएको बताए ।

अहिले पनि अहिले पनि हरेक डेलिगेसनमा एक जना महिला अनिवार्य सहभागी गराउनु पर्ने नियम आफूले बनाएको उनले बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।