नेभिगेशन
सबै कुरा

आफ्नै अगुवाइमा महिला प्रधानमन्त्री बनाउने इच्छा छ : प्रधानमन्त्री ओली

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासमा युवाहरुको भूमिकालाई सरकारले महत्वका साथ हेरेको बताएका छन् । 

शनिबार काठमाडौँमा आयोजित काठमाडौँ यूथ कन्क्लेभ २०२४ मा युवाहरुले सोधेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले युवा नै देशको सम्पूर्ण शक्ति भएको भन्दै मुुलुकको बिकासमा युवाहरुको भूमिकालाई सरकारले महत्वका साथ हेरेको बताएका हुन् । युवालाई अघि बढाउन राम्रो शिक्षा र अवसर प्रदान गर्नुपर्ने भएकाले नै सरकारले युवालाई रोजगारीमा जोड्न स्टाटपको कार्यक्रम सुरु गरेको उनले बताए । 

City Express

ओलीले आफूहरू राजनीतिमा धेरै दुःख गरेर राजनीतिमा आएको बताउँदै अहिले त्यस्तो अवस्था नरहेको बताए । ओलीले अहिले समाजमा आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति बढेको बताए । यसबाट जघन्य अपराधीक घटना बढ्दै गएका कारण सामाजिक मूल्य, मान्यतामा गम्भीर हुनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले अहिलेको सरकारसँग आस र भर गर्न आग्रह गर्दै देशमा केही परिवर्तन ल्याएरै छाड्ने भनेर आफु लागेको धारणा राखे ।

उनले आफ्नै अगुवाइमा देशमा पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, रक्षा मन्त्री तथा मुख्य सचिव बनाएको बताउँदै ओलीले महिला प्रधानमन्त्री पनि बनाउने इच्छा भएको बताए ।

अहिले पनि अहिले पनि हरेक डेलिगेसनमा एक जना महिला अनिवार्य सहभागी गराउनु पर्ने नियम आफूले बनाएको उनले बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।