नेभिगेशन
सबै कुरा

हातमा जग्गाधनीपुर्जा, नक्सामा भेटिँदैन

अर्घाखाँची । शीतगङ्गा नगरपालिका–१२ का स्थानीय बासिन्दाले सयौँ वर्षदेखि आफूले भोगचलन गरेको जग्गाको नयाँ जग्गाधनीपुर्जा (लालपुर्जा) पाउन सकेका छैनन् ।

विसं २०४० र २०५६ मा नापी भएर पुर्जा पाएको जग्गाको अर्घाखाँचीमा भएको पुनःनापीबाट आफूहरूले पुर्जा पाउन नसकेको भन्दै सयौँ जनाले जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायलाई ज्ञापनपत्र बुझाएका छन् ।

City Express

विसं २०५७ मा पाएको पहिलाको पुर्जा आफूहरूसँगै रहेको र सोही पुर्जाका आधारमा नगरपालिकामा तिरो तिर्दै आएको भए पनि पुर्जा पाउन नसकेपछि जग्गा भएर पनि सुकुम्बासीजस्तै भएको शीतगङ्गा–१२ खुम्चीकोटका स्थानीय देवेन्द्र पौडेलले बताए । उनले सयौँ वर्षदेखि चर्चेको पहिलाको जग्गाधनीपुर्जा देखाउँदा समेत पुर्जा पाउन नसकेको गुनासो गरे ।

वडा कार्यालय, नगरपालिकाको कार्यालय, विशेष नापी कार्यालयलगायत कार्यालयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि आफूहरूको माग सुनुवाइ नभएपछि कपिलवस्तुको सिमानाबाट स्थानीय जनता हजाराँै रुपैयाँ खर्च गरेर प्रमुख जिल्ला अधिकारीसमक्ष पुगेका थिए । सहज तरिकाबाट पुर्जा पाउनुपर्ने नारा लगाउँदै उनीहरू जिल्ला प्रशासनमा पुगेका थिए ।

शीतगङ्गा नगरपालिका–१२ को खुम्चीकोट, पिरापानी, खलेयाखर्क, दमारे, धौलेटाकुरा, दरबारे, टिकरी, जलुके, टर्रेलगायतका झण्डै एक सय ५० जनाले तिरो तिरेको रसिद र पुरानो जग्गाधनीपुर्जा देखाउँदा पनि नयाँ पुर्जा पाउन नसकेको पिरापानीका स्थानीय खगेश्वर गैरेले बताए ।

केही व्यवसाय गर्नका लागि जग्गा बैंकमा धितो राख्नुपर्छ । पुरानो पुर्जाले हुँदैन, नयाँ पुर्जा पाउन सकिएन । जसले गर्दा केही व्यवसाय गर्न समस्या भएको स्थानीय देवीराम गैरेले गुनासो गरे ।  विशेष नापीको टोलीले जग्गा नापिसकेको भए पनि नयाँ पुर्जा पाउन नसकेको बताए  । आफूहरूले भोगचलन गरेको जग्गाको साविककै पुर्जाअनुसार नयाँ पुर्जा सरकारले दिनुपर्ने स्थानीयको माग रहेको पिरापानीका राजेश गरैले बताए ।

सशस्त्र द्वन्द्वको समयमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले २०५९ र २०६१ सालमा गरेको सदरमुकाम आक्रमणमा जग्गासम्बन्धी सबै कागजात जलेर नष्ट भएका थिए । कागजात नष्ट भएको अर्घाखाँची जिल्लामा विशेष नापी कार्यालय स्थापना गरेर जग्गा नापजाँचको काम सुरु भएको थियो ।

साविक २०४० सालमा एकसरो नापी भएको नक्सा र अहिले त्यस स्थानका स्थानीयले भोगचलन गरेको जग्गाको नक्सा नमिलेपछि पुर्जा दिन नसकेको विशेष नापी कार्यालयका प्रमुख डिल्लीराज भण्डारीले बताए । स्थानीयले अहिले भोगचलन गरेको जग्गा छ, नापी पनि पुनः गरेका छौँ ।  तर २०४० सालको नापीको नक्सामा उहाँहरूको कित्ता देखिँदैन, जङ्गल देखिएकाले पुर्जा दिनसकेका छैनौँ ।

जग्गा नापजाँच ऐन, २०१९ को दफा ६ को उपदफा ५ (घ) अनुसार साविकको नक्सा र अहिलेको नक्सा भिडाउनुपर्छ । साविकको नक्सा र अहिलेको नक्सा नभिडेपछि पुर्जा दिन नसकेको विशेष नापी कार्यालयका प्रमुख भण्डारीको भनाइ छ । यस्तो समस्याबारेमा विभाग र मन्त्रालयमा जानकारी पनि गराएको उनको भनाइ छ ।

गाउँगाउँमा सिंहदरबार भनेर नारा लगाए पनि कपिलवस्तुको सिामानाबाट आफ्ना माग सम्बोधन हुने आशामा सिङ्गो गाउँ नै उठेर सदरमुकाम आएका थिए । आफूहरूको तवरबाट सक्दो प्रयास गर्ने र उनीहरूको माग सम्बोधनका लागि सम्बन्धित निकायलाई जानकारी गराउने सहायक प्रमुख जिल्ला अधिकारी पाध्यायको भनाइ छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुस्तामा लुम्बिनी प्रदेश प्रमुख टोलीको भम्रणः सुस्ता बासीलाई हर्ष न बिस्मात

सुस्तामा लुम्बिनी प्रदेश प्रमुख टोलीको भम्रणः सुस्ता बासीलाई हर्ष न बिस्मात

सुस्ताबासी जगनारायण कमकण भन्छन्, 'यहाँ म बसेको ५५ वर्ष भयो,  कति नेता आए गए । सब भोटकालागि आऊछन । तर केही गर्दैनन् । नेताप्रतिको सुस्ताबासीको विश्वास घट्दो छ...
उखुको बक्यौता माग्दै किसानकाे उखु बोकेर माइतीघरमा  धर्ना

उखुको बक्यौता माग्दै किसानकाे उखु बोकेर माइतीघरमा धर्ना

उखु उत्पादक महासंघ नेपालले गत आ।व। ०८१÷०८२ को उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल रु ७० का दरले भुक्तानी गर्न माग गर्दै आज देखी माइतीघरमा आन्दोलन सुरु गरेको...
ठगिए रोजगारीका लागि माल्दिभ्स गएका युवा, ठग्नेलाई जोगाउन सरकार नै मिल्यो !

ठगिए रोजगारीका लागि माल्दिभ्स गएका युवा, ठग्नेलाई जोगाउन सरकार नै मिल्यो !

यो घटना गत महिनाको हो । काठमाडौँको फरएभर ह्युमन रिसोर्स सोलुसन प्रालिबाट माल्दिभ्स पुुगेका खोटाङ ऐसेलु खर्कका नौला सिंह विश्वकर्माले विभागमा उजुरी दिएका थिए ।   म्यानपावर कम्पनीका सञ्चालकहरु...
हिलाम्य सडकले यातायात कार्यालयका सेवाग्राहीलाई सास्ती

हिलाम्य सडकले यातायात कार्यालयका सेवाग्राहीलाई सास्ती

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पर्ने यो कार्यालयको पछाडिपटिको सडक हिलाम्य भएर सेवाग्राही मारमा पर्ने गरेका छन् ।