नेभिगेशन
सबै कुरा

भ्रष्टाचार सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकबाट हटाइयो पाँच बर्षे हदम्याद

काठमाडौँ । भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमा उल्लेख भ्रष्टाचार कसुरको पाँच बर्षे हदम्यादको प्रावधानलाई हटाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले हदम्यादको प्रावधान हटाउन प्रस्ताव गरेपछि बैठकले सर्वसम्मत रुपमा उक्त प्रावधान हटाइएको थियो । भ्रष्टाचारजन्य कसुरमा पाँच बर्षे हदम्यादको बिषयमा सदनदेखि सडकसम्म विरोध हुँदै आएको थियो । समिति सभापति रामहरि खतिवडाले भ्रष्टाचारजन्य कसुरमा पाँच बर्षे हदम्यादसम्बन्धी दफालाई सरकारको प्रस्तावमा सर्वसम्मतीले हटाउने निर्णय गरेको जानकारी दिए । अब विधेयकमा कुनै पनि हदम्यादको कुरा उल्लेख नरहेको उनको भनाइ छ । 

Ncell
Extreme Energy

त्यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले हदम्यादको प्रावधानमा समिति, सदन र नागरिक समाजमा पनि छलफल भइरहेको अवस्थामा उक्त व्यवस्था हटाउन प्रस्ताव गरेका थिए । उनले हिजोको सरकारले ल्याएको विधेयकलाई अहिलेको सरकारले अपनत्व लिने भन्दै जनसरोकारलाई मध्यनजर गर्दै पाँच बर्षे प्रावधानलाई हटाइएको उल्लेख गरे । 

बैठकमा समिति सदस्य गगन कुमार थापाले हदम्यादको बिषय अव्यवहारिक रहेकाले नै आफुले संशोधन दर्ता गरेको बताए । उनले विधेयकलाई अघि बढाउँदै गर्दा जनचासोलाई पनि मध्यनजर गर्दै सोच बिचार गर्नुपर्ने धारणा राखे ।

त्यस्तै समिति सदस्य रवि लामिछानले आफ्नो पार्टीले नै हदम्याद नराख्ने निर्णय गरेको र अहिले समितिले त्यस्तो प्रस्तावलाई हटाएको प्रति धन्यवाद दिए । समाजमा राम्रा काम गर्नेलाई मरोणापरान्त पुरस्कार र सम्मान दिने गरिएको भन्दै उनले भ्रष्टाचारजन्य कसुर गर्नेलाई पनि जुनसुकै समयमा कानूनको परिधिमा ल्याउन सक्ने सन्देश दिन आवश्यक रहेको उल्लेख गरे । 

त्यस्तै अन्य समिति सदस्यहरुले पनि हदम्याद हटाउने निर्णयको स्वागत गरेका थिए । यसअघि सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले पनि भ्रष्टाचारजन्य कसुरमा हदम्याद राख्न नहुने भन्दै विधेयकमाथि संशोधन प्रस्ताव राखेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

उनले भने, ‘पहिलेदेखि नै जाने एउटा भाकल पनि थियो । धार्मिक एउटा आस्था, विश्वास, पारिवारिक एउटा संस्कार पनि, मेरो परिवार पनि अध्यात्मिक पनि भएको हुनाले, यो सबै कारणले...
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

समिटको 'द जियोपोलिटिक्स् अफ सोभरेन चोइस' शीर्षकको प्यानलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर प्रमुख वक्त्ता थिए । सोहीक्रममा उपस्थित अतिथिकोतर्फबाट नेपालका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई पनि जयशंकरको विचारमाथि प्रश्न...
रास्वपा सभापति रवि लामिछाने तीनदिने धार्मिक भ्रमणका लागि भारत जाँदै

रास्वपा सभापति रवि लामिछाने तीनदिने धार्मिक भ्रमणका लागि भारत जाँदै

लामिछानेले आजदेखि तीन दिनसम्म भारत भ्रमण गर्ने भएका हुन्। रास्वपा सभापतिको निजी सचिवालयले कात्तिक ५ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत उनको भारत भ्रमणबारे जानकारी दिएको हो।
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।