नेभिगेशन
सबै कुरा

आज पनि उभिरहेका छन् ईः, महानगरसँगको वार्ता के मा मिलेन ?

१० असोज, काठमाडौं । फुटपाथ व्यवसायीको पक्षमा राष्ट्रिय सभागृहमा उभिरहेका ईःले आज नवौँ दिन पनि निरन्तरता दिएका छन् । उनले महानगरपालिकाले वार्ताका नाममा अल्मल्याउन खोजेको आरोप लगाउँदै आज पनि उभिने निर्णय गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ईः लगायतको टोलीसँग हिजो महानगरले प्रवक्ता नविन मानन्धरको नेतृत्वमा वार्ता गरेको थियो । वार्तामा महानगरका तर्फबाट मानन्धरसहित कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य, अन्य दुई वडाअध्यक्ष र मेयरको सचिवालयका कुमार बेन बसेका थिए । त्यस्तै अभियन्ता ईःको तर्फबाट ईःसहित कानून विज्ञ र सहरीविकास विज्ञ समेत बसेका थिए । दिनभरीको छलफल गरेपछि मेयर बालेन साहको टेवलमै पनि वार्ता भएको थियो । तर उक्त वार्ता निष्कर्षमा पुग्न सकेन । 

Extreme Energy


काठमाडौं महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार ईःलाई छिटो अस्पताल भर्ना उपचार गर्ने र उपचार खर्च महानगरले बेहोर्नेमा सहमति जुटेको थियो । त्यस्तै ईः पक्षले महानगरले अहिलेसम्म जफत गरेको सामग्रीहरुको न्युन राजश्व तिर्नेगरी फिर्ता गर्ने माग राखेका थिए । उक्त विषयमा महानगरले अहिलेको अवस्थामा जस्ताको तस्तै फिर्ता गर्ने कार्य संभव नहुने भएकाले पहिचान भएका सामग्रीहरु राजश्व तिर्नु नपर्नेगरी फिर्ता गर्ने प्रस्ताव गरेको थियो । मानन्धरका अनुसार यसमा पनि सहमति जुटेको थियो । 

फुटपाथ व्यवसाय गर्दा अन्य समस्या देखा नपर्ने स्थानहरुको पहिचानको लागि समिति गठन गर्ने सहमति जुटेको थियो । 

त्यसमा महानगरको तर्फबाट ३ जना, ईः पक्षबाट ३ जना ट्रफिक प्रहरी र विज्ञ गरी ७ जनाको समिति बनाउने विषयमा पनि सहमति जुटेको थियो । 

त्यसपछि ईः पक्षले दशैँ तिहारलाई लक्षित गरी पहिले जुन जुन ठाउँमा फुटपाथ चलेका थिए सो ठाउँमा चाडवाडको समयमा फुटपाथ चलाउन दिनुपर्ने माग राखेका थिए । तर सो विषयमा भने महानगर सहमत भएन । त्यसपछि ईः पक्षले चाडवाडका लागि केही स्थानहरुको नामै तोकेर सो ठाउँमा ब्यापार गर्न दिन माग राखेका थिए । तर महानगरले नामै तोकेर अहिले निर्णय गर्दा त्यहाँका स्थानीको बिरोध आउन सक्ने संभावना रहेको बताउँदै असहमति प्रस्तुत गरेको मानन्धरले जानकारी दिए । 

दिनभर चलेको छलफल पछि महानगर प्रमुख बालेन साहको टेबलमा पनि चलेको थियो । तर ईः को अडानमा महानगर सहमत नभएपछि वार्ताले निचोड लिन नसकेको हो । 

मानन्धरका अनुसार सबै मस्यौदा समेत बनिसकेको थियो । ‘उहाँको धेरै मागमा महानगर लचक भएको थियो । तर उहाँले आफ्नो अडान छोड्नुभएन ।’ उनले भने, ‘काठमाडौंमा १० हजार फुटपाथ व्यवसायी छन् । तर यहाँ ४९ लाख भन्दा बढी मानिसहरु बस्छन् । हामीले १० हजारको भन्दा त ४९ लाख मानिसको बारेमा सोच्नुपर्यो । अब बल उहाँकै कोर्टमा छ । वार्ता सफल बनाउने नबनाउने उहाँको कुरो ।’

यता ईः ले भने संचारमाध्यमलाई प्रतिक्रिया दिदै महानगर फुटपाथ व्यवसायीलाई पेलेरै जाने नियतमा देखिएको बताएका छन् । जसका कारण उनले उभिने कार्यक्रम अझै लम्ब्याउने बताएका छन् । उनी उभिएको आज ९ दिन भएको छ । उनले अगाडि घोषणा गरे अनुसार आज राति १० बजे १९९ घण्टा पुरा हुन्छ । तर उनले त्यसलाई थप लम्ब्याउने मनस्थिती बनाएको बताएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।