नेभिगेशन
सबै कुरा

आज पनि उभिरहेका छन् ईः, महानगरसँगको वार्ता के मा मिलेन ?

१० असोज, काठमाडौं । फुटपाथ व्यवसायीको पक्षमा राष्ट्रिय सभागृहमा उभिरहेका ईःले आज नवौँ दिन पनि निरन्तरता दिएका छन् । उनले महानगरपालिकाले वार्ताका नाममा अल्मल्याउन खोजेको आरोप लगाउँदै आज पनि उभिने निर्णय गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ईः लगायतको टोलीसँग हिजो महानगरले प्रवक्ता नविन मानन्धरको नेतृत्वमा वार्ता गरेको थियो । वार्तामा महानगरका तर्फबाट मानन्धरसहित कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य, अन्य दुई वडाअध्यक्ष र मेयरको सचिवालयका कुमार बेन बसेका थिए । त्यस्तै अभियन्ता ईःको तर्फबाट ईःसहित कानून विज्ञ र सहरीविकास विज्ञ समेत बसेका थिए । दिनभरीको छलफल गरेपछि मेयर बालेन साहको टेवलमै पनि वार्ता भएको थियो । तर उक्त वार्ता निष्कर्षमा पुग्न सकेन । 

Ncell
Extreme Energy


काठमाडौं महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार ईःलाई छिटो अस्पताल भर्ना उपचार गर्ने र उपचार खर्च महानगरले बेहोर्नेमा सहमति जुटेको थियो । त्यस्तै ईः पक्षले महानगरले अहिलेसम्म जफत गरेको सामग्रीहरुको न्युन राजश्व तिर्नेगरी फिर्ता गर्ने माग राखेका थिए । उक्त विषयमा महानगरले अहिलेको अवस्थामा जस्ताको तस्तै फिर्ता गर्ने कार्य संभव नहुने भएकाले पहिचान भएका सामग्रीहरु राजश्व तिर्नु नपर्नेगरी फिर्ता गर्ने प्रस्ताव गरेको थियो । मानन्धरका अनुसार यसमा पनि सहमति जुटेको थियो । 

फुटपाथ व्यवसाय गर्दा अन्य समस्या देखा नपर्ने स्थानहरुको पहिचानको लागि समिति गठन गर्ने सहमति जुटेको थियो । 

त्यसमा महानगरको तर्फबाट ३ जना, ईः पक्षबाट ३ जना ट्रफिक प्रहरी र विज्ञ गरी ७ जनाको समिति बनाउने विषयमा पनि सहमति जुटेको थियो । 

त्यसपछि ईः पक्षले दशैँ तिहारलाई लक्षित गरी पहिले जुन जुन ठाउँमा फुटपाथ चलेका थिए सो ठाउँमा चाडवाडको समयमा फुटपाथ चलाउन दिनुपर्ने माग राखेका थिए । तर सो विषयमा भने महानगर सहमत भएन । त्यसपछि ईः पक्षले चाडवाडका लागि केही स्थानहरुको नामै तोकेर सो ठाउँमा ब्यापार गर्न दिन माग राखेका थिए । तर महानगरले नामै तोकेर अहिले निर्णय गर्दा त्यहाँका स्थानीको बिरोध आउन सक्ने संभावना रहेको बताउँदै असहमति प्रस्तुत गरेको मानन्धरले जानकारी दिए । 

दिनभर चलेको छलफल पछि महानगर प्रमुख बालेन साहको टेबलमा पनि चलेको थियो । तर ईः को अडानमा महानगर सहमत नभएपछि वार्ताले निचोड लिन नसकेको हो । 

मानन्धरका अनुसार सबै मस्यौदा समेत बनिसकेको थियो । ‘उहाँको धेरै मागमा महानगर लचक भएको थियो । तर उहाँले आफ्नो अडान छोड्नुभएन ।’ उनले भने, ‘काठमाडौंमा १० हजार फुटपाथ व्यवसायी छन् । तर यहाँ ४९ लाख भन्दा बढी मानिसहरु बस्छन् । हामीले १० हजारको भन्दा त ४९ लाख मानिसको बारेमा सोच्नुपर्यो । अब बल उहाँकै कोर्टमा छ । वार्ता सफल बनाउने नबनाउने उहाँको कुरो ।’

यता ईः ले भने संचारमाध्यमलाई प्रतिक्रिया दिदै महानगर फुटपाथ व्यवसायीलाई पेलेरै जाने नियतमा देखिएको बताएका छन् । जसका कारण उनले उभिने कार्यक्रम अझै लम्ब्याउने बताएका छन् । उनी उभिएको आज ९ दिन भएको छ । उनले अगाडि घोषणा गरे अनुसार आज राति १० बजे १९९ घण्टा पुरा हुन्छ । तर उनले त्यसलाई थप लम्ब्याउने मनस्थिती बनाएको बताएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।