नेभिगेशन
सबै कुरा

यस्ता छन् बैंकिङ कसुर सम्बन्धी संशोधन विधेयकमा सांसदहरुले दिएको सुझाव

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा आइतबार बसेको बैठकमा संशोधनकर्ता सांसदहरुले आफ्नो संशोधनको औचित्यमाथि धारणा राखेका हुन् । सो क्रममा संशोधनकर्ता सांसद सोविता गौतमले चेक अनादर सम्बन्धी चाप बित्तिय संस्था र अदालतमा समेत रहेकाले सान्र्दभीक रुपमा विधेयक आएको बताइन् । उनले विधेयकमा जानीजानी बैंकमा रकम नभएको चेक दिने बिषयले जानीजानी वा अन्जानबस भन्ने बिषय पुष्टि गर्न कठिन हुने भएकाले जानीजानी शव्दको ठाँउका अर्को शव्द राख्न सुझाव दिइन् । 

Ncell
Extreme Energy

त्यस्तै सांसद बिमला सुवेदीले बैंकमा रकम नभएको चेक दिने बिषयको कानूनी निरुपणका क्रममा विगो बमोजिमको रकमको कानुन बमोजिमको व्याज भन्ने शव्द राख्न संशोधन प्रस्ताव राखिएको बताइन् ।

समिति सभापति सन्तोष चालिसेले २० जना संशोधनकर्तामध्ये अव ६ जनाले मात्रै धारण राख्न बाँकी रहेको जानकारी दिए । सबैले धारणा राखेपछि दफावार छलफल गरी विधेयकलाई छिटो पारित गर्ने उनले बताए । 

२०८० साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० को मस्यौदा स्वीकृत गरेको थियो भने तत्कालीन अर्थमन्त्री अर्थमन्त्री डा प्रकाशशरण महतले २०८० असोज १६ गते यो विधेयक सदनमा दर्ता गरेका थिए । चेक अनादरसम्बन्धी मुद्दामा फरक–फरक खालको कानुनी उपचारको अवस्था देखिएकाले यसलाई एकरुप बनाउनका लागि सरकारले विधेयक ल्याएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

उनले भने, ‘पहिलेदेखि नै जाने एउटा भाकल पनि थियो । धार्मिक एउटा आस्था, विश्वास, पारिवारिक एउटा संस्कार पनि, मेरो परिवार पनि अध्यात्मिक पनि भएको हुनाले, यो सबै कारणले...
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

समिटको 'द जियोपोलिटिक्स् अफ सोभरेन चोइस' शीर्षकको प्यानलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर प्रमुख वक्त्ता थिए । सोहीक्रममा उपस्थित अतिथिकोतर्फबाट नेपालका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई पनि जयशंकरको विचारमाथि प्रश्न...
रास्वपा सभापति रवि लामिछाने तीनदिने धार्मिक भ्रमणका लागि भारत जाँदै

रास्वपा सभापति रवि लामिछाने तीनदिने धार्मिक भ्रमणका लागि भारत जाँदै

लामिछानेले आजदेखि तीन दिनसम्म भारत भ्रमण गर्ने भएका हुन्। रास्वपा सभापतिको निजी सचिवालयले कात्तिक ५ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत उनको भारत भ्रमणबारे जानकारी दिएको हो।
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।