नेभिगेशन
सबै कुरा

यस्ता छन् बैंकिङ कसुर सम्बन्धी संशोधन विधेयकमा सांसदहरुले दिएको सुझाव

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा आइतबार बसेको बैठकमा संशोधनकर्ता सांसदहरुले आफ्नो संशोधनको औचित्यमाथि धारणा राखेका हुन् । सो क्रममा संशोधनकर्ता सांसद सोविता गौतमले चेक अनादर सम्बन्धी चाप बित्तिय संस्था र अदालतमा समेत रहेकाले सान्र्दभीक रुपमा विधेयक आएको बताइन् । उनले विधेयकमा जानीजानी बैंकमा रकम नभएको चेक दिने बिषयले जानीजानी वा अन्जानबस भन्ने बिषय पुष्टि गर्न कठिन हुने भएकाले जानीजानी शव्दको ठाँउका अर्को शव्द राख्न सुझाव दिइन् । 

Ncell
Extreme Energy

त्यस्तै सांसद बिमला सुवेदीले बैंकमा रकम नभएको चेक दिने बिषयको कानूनी निरुपणका क्रममा विगो बमोजिमको रकमको कानुन बमोजिमको व्याज भन्ने शव्द राख्न संशोधन प्रस्ताव राखिएको बताइन् ।

समिति सभापति सन्तोष चालिसेले २० जना संशोधनकर्तामध्ये अव ६ जनाले मात्रै धारण राख्न बाँकी रहेको जानकारी दिए । सबैले धारणा राखेपछि दफावार छलफल गरी विधेयकलाई छिटो पारित गर्ने उनले बताए । 

२०८० साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० को मस्यौदा स्वीकृत गरेको थियो भने तत्कालीन अर्थमन्त्री अर्थमन्त्री डा प्रकाशशरण महतले २०८० असोज १६ गते यो विधेयक सदनमा दर्ता गरेका थिए । चेक अनादरसम्बन्धी मुद्दामा फरक–फरक खालको कानुनी उपचारको अवस्था देखिएकाले यसलाई एकरुप बनाउनका लागि सरकारले विधेयक ल्याएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमार्फत पार्टी नेतृत्वको खुलेर आलोचना गरेका छन् र सुधारको माग गरेका छन् ।
३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

शक्ति बाँडफाँटलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको विवाद सुल्झिएको नेताहरूले बताएका छन् ।