नेभिगेशन
सबै कुरा

परराष्ट्र सेवाभन्दा बाहिरबाट राजदूत सिफारिस गर्दा क्षमता, अनुभवलाई ध्यान दिइएको छः परराष्ट्रमन्त्री राणा


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति समावेशीताका आधारमा राजदूत नियुक्तिको सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

Ncell
Extreme Energy

सिंहदरबारमा मंगलबार बसेको बैठकले राजदूत नियुक्ति सम्बन्धमा परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छलफल गर्दै समितिले समावेशीताका आधारमा राजदूत नियुक्तिको सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

समिति सभापति राजकिशोर यादवले नेपालको संविधान र राजदूत नियुक्ती सम्बन्धी निर्देशिका २०७५ लाई मध्यनजर गर्दै आगामी दिनमा बिभिन्न मुलुकका लागि राजदूत सिफारिस गर्दा समानुपातीक–समावेशी सिद्धान्तलाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको जानकारी दिए । 

बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले आगामी दिनमा संविधान र राजदूत नियुक्ती सम्बन्धी निर्देशिकालाई मुल आधार बनाएर राजदूत सिफारिस गर्न ध्यान दिइने बताइन् । कम्तीमा ५० प्रतिशत राजदूत परराष्ट्र सेवातर्फबाट हुनुपर्ने व्यवस्था गरिएको भन्दै त्यसबाहिरबाट राजदूत सिफारिस गर्दा क्षमता, अनुभवलाई ध्यान दिइएको उनले बताइन् । 

बैठकमा समिति सदस्यहरुले बिभिन्न देशका लागि राजदूत सिफारिस गर्दा समानुपातीक–समावेशी सिद्धान्तलाई ख्यान नगरिएको र आफ्ना मान्छेको भर्ति केन्द्रमात्रै बनाइएको धारणा राखेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमार्फत पार्टी नेतृत्वको खुलेर आलोचना गरेका छन् र सुधारको माग गरेका छन् ।
३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

शक्ति बाँडफाँटलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको विवाद सुल्झिएको नेताहरूले बताएका छन् ।