नेभिगेशन
सबै कुरा

सरकारलाई बालेनको चुनौतिः ‘गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले गलत देखिए आफूलाई समाउन हैन भने दोषीलाई समात्न सरकारलाई चूनौति दिएका छन् । उनले आफूले सामाजिक सञ्जालमा गरेको पोस्ट समेत उडाइएको आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बालिकालाई श्रममा लगाएकी लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्मालाई कारबाही गर्न सरकारले उदासिनता देखाएपछि बालेनले निरन्तर सो विषयमा सामाजिक सञ्जालमा लेखिरहेका छन् । आइतबार उनले सांसद शर्माको फोटो नै राख्दै कहिले समाउने ? कि नसमाउने ? भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका थिए ।

Ncell
Extreme Energy

बाल श्रम शोषण गर्ने सांसदलाई कारबाही नभएपछि बालेनले ओलीलाई सोधे– कहिले समाउने ? कि नसमाउने ?’

त्यसपछि सोमबार बालेनले उच्च अदालतको आदेश देखाउँदै कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनू भन्दै प्रधानमन्त्री ओली लक्षित अर्को पोस्ट गरेका थिए । 

बालेनले उच्च अदालतको आदेश देखाउँदै ओलीलाई भनेःकार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनू !

तर आजबाट उनले रेखा शर्माको फोटो राखेर गरेको पोस्ट फेसबुकमा देखिन छाडेको छ । र उनले आज गरेको पोस्ट सांसद प्रकरणसँगै सम्बन्धित छ ।

लुम्बिनी प्रदेशमा एमालेबाट सांसद रहेकी रेखा कुमारी शर्माले १४ वर्षीया बालिकालाई ८ वर्षदेखि काठमाडौँस्थित निजी घरमा बालश्रमिक बनाएर राखेको खुलेको थियो । काठमाडौँ महानगरपालिकाका अनुसार बालिकाको उद्धारपछि सांसद शर्मा माथि कानुनी कारवाहीका लागि काठमाडौँ प्रहरी परिसरमा जेठ ३० गते जाहेरी दिए पनि अहिलेसम्म अनुसन्धान  भएको छैन ।   


सांसद शर्मा निषेधाज्ञाको माग गर्दै अदालत पुगेकी थिइन् । तर उच्च अदालत श्रावण २३ गते रेखा कुमारी शर्माको निषेधाज्ञाको रिटको दाबी नपुग्ने फैसला गरेपछि प्रहरीलाई अनुसन्धान गर्ने बाटो खोलेको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै