नेभिगेशन
सबै कुरा

सरकारलाई बालेनको चुनौतिः ‘गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले गलत देखिए आफूलाई समाउन हैन भने दोषीलाई समात्न सरकारलाई चूनौति दिएका छन् । उनले आफूले सामाजिक सञ्जालमा गरेको पोस्ट समेत उडाइएको आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।’

बालिकालाई श्रममा लगाएकी लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्मालाई कारबाही गर्न सरकारले उदासिनता देखाएपछि बालेनले निरन्तर सो विषयमा सामाजिक सञ्जालमा लेखिरहेका छन् । आइतबार उनले सांसद शर्माको फोटो नै राख्दै कहिले समाउने ? कि नसमाउने ? भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका थिए ।

City Express

बाल श्रम शोषण गर्ने सांसदलाई कारबाही नभएपछि बालेनले ओलीलाई सोधे– कहिले समाउने ? कि नसमाउने ?’

त्यसपछि सोमबार बालेनले उच्च अदालतको आदेश देखाउँदै कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनू भन्दै प्रधानमन्त्री ओली लक्षित अर्को पोस्ट गरेका थिए । 

बालेनले उच्च अदालतको आदेश देखाउँदै ओलीलाई भनेःकार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनू !

तर आजबाट उनले रेखा शर्माको फोटो राखेर गरेको पोस्ट फेसबुकमा देखिन छाडेको छ । र उनले आज गरेको पोस्ट सांसद प्रकरणसँगै सम्बन्धित छ ।

लुम्बिनी प्रदेशमा एमालेबाट सांसद रहेकी रेखा कुमारी शर्माले १४ वर्षीया बालिकालाई ८ वर्षदेखि काठमाडौँस्थित निजी घरमा बालश्रमिक बनाएर राखेको खुलेको थियो । काठमाडौँ महानगरपालिकाका अनुसार बालिकाको उद्धारपछि सांसद शर्मा माथि कानुनी कारवाहीका लागि काठमाडौँ प्रहरी परिसरमा जेठ ३० गते जाहेरी दिए पनि अहिलेसम्म अनुसन्धान  भएको छैन ।   


सांसद शर्मा निषेधाज्ञाको माग गर्दै अदालत पुगेकी थिइन् । तर उच्च अदालत श्रावण २३ गते रेखा कुमारी शर्माको निषेधाज्ञाको रिटको दाबी नपुग्ने फैसला गरेपछि प्रहरीलाई अनुसन्धान गर्ने बाटो खोलेको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...

भर्खरै