नेभिगेशन
सबै कुरा

चिकित्सा शिक्षा आयोगकाे नतिजा विवाद : १० दिनभित्र छानविन गर्न सरकारलाई निर्देशन

काठमाडाैँ । चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटीका बिषयमा १० दिनभित्र छानविन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षामन्त्री र आयोगका पदाधिकारीसंग छलफल गर्दै नतिजा प्रकाशनमा भएको त्रुटीका बिषयमा छानविन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो । समिति सभापति अम्वर बहादुर थापाले विद्यार्थीको भविष्यसँग जोडिएको चिकित्सा शिक्षाको एकीकृत प्रवेश परिक्षाको नजिता प्रकाशनका देखिएको कमजोरीको १० दिनभित्र छानविन गरि तथ्य कुरा बाहिर ल्याउन निर्देशन दिएको जानकारी दिए । त्यस्तै आगामी दिनमा मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगरि आम नागरिक र सम्बन्धी व्यक्तिहरुको विश्वास जित्ने गरि आवश्यक सुधार गर्न पनि आयोगलाई निर्देशन दिएको उनले बताए । 

Ncell
Extreme Energy

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रालयले यस बिषयमा आवश्यक छानविन गर्ने बताए । उनले नजिता आएपछि आफु निरन्तर आयोगसंग छलफलमा रहेको भन्दै समस्या हल गर्ने उल्लेख गरे । नतिजाप्रति आएका गुनासाहरुको दायित्व आफ्नो निकायले लिने उनले बताए । उनले आयोगलाई स्वतन्त्र ढंगले काम गर्नका लागि कमि हुन नदिएको र कुनै हस्तक्षेप नगरेको जिकिर गरे ।

त्यस्तै आयोगका उपाध्यक्ष डा अञ्जनी कुमार झाले रोल नंवरको आधारमा नजिता प्रकाशन गर्दा गल्ती कमजोरी भएको स्वीकार गरे । समान नम्वर लिएर आएको समूहमात्रै नजिता फरक परेको भन्दै छानविनका लागि आयोग तयार रहेको उनले बताए । 

बैठकमा समिति सदस्यहरुले चिकित्सा शिक्षाको परिक्षामा ठूलो त्रुटी भएको भन्दै छानविनको माग गरेका थिए । रोल नम्बर एउटा विद्यार्थीको र प्राप्ताङ्क अर्को विद्यार्थीको भई झन्डै तीन हजारभन्दा बढी विद्यार्थीको नतिजा परिवर्तन आएको भन्दै विद्यार्थीहरु समेत आन्दोलित छन् । उनीहरूले ओएमआर सिट हेर्न पाउनुपर्ने, उत्तर पुस्तिका हेर्न पाउनुपर्ने र प्रश्नपत्रको सेट हेर्न पाउनुपर्ने माग गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

भर्खरै