नेभिगेशन
सबै कुरा

चिकित्सा शिक्षा आयोगकाे नतिजा विवाद : १० दिनभित्र छानविन गर्न सरकारलाई निर्देशन

काठमाडाैँ । चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटीका बिषयमा १० दिनभित्र छानविन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षामन्त्री र आयोगका पदाधिकारीसंग छलफल गर्दै नतिजा प्रकाशनमा भएको त्रुटीका बिषयमा छानविन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो । समिति सभापति अम्वर बहादुर थापाले विद्यार्थीको भविष्यसँग जोडिएको चिकित्सा शिक्षाको एकीकृत प्रवेश परिक्षाको नजिता प्रकाशनका देखिएको कमजोरीको १० दिनभित्र छानविन गरि तथ्य कुरा बाहिर ल्याउन निर्देशन दिएको जानकारी दिए । त्यस्तै आगामी दिनमा मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगरि आम नागरिक र सम्बन्धी व्यक्तिहरुको विश्वास जित्ने गरि आवश्यक सुधार गर्न पनि आयोगलाई निर्देशन दिएको उनले बताए । 

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रालयले यस बिषयमा आवश्यक छानविन गर्ने बताए । उनले नजिता आएपछि आफु निरन्तर आयोगसंग छलफलमा रहेको भन्दै समस्या हल गर्ने उल्लेख गरे । नतिजाप्रति आएका गुनासाहरुको दायित्व आफ्नो निकायले लिने उनले बताए । उनले आयोगलाई स्वतन्त्र ढंगले काम गर्नका लागि कमि हुन नदिएको र कुनै हस्तक्षेप नगरेको जिकिर गरे ।

त्यस्तै आयोगका उपाध्यक्ष डा अञ्जनी कुमार झाले रोल नंवरको आधारमा नजिता प्रकाशन गर्दा गल्ती कमजोरी भएको स्वीकार गरे । समान नम्वर लिएर आएको समूहमात्रै नजिता फरक परेको भन्दै छानविनका लागि आयोग तयार रहेको उनले बताए । 

बैठकमा समिति सदस्यहरुले चिकित्सा शिक्षाको परिक्षामा ठूलो त्रुटी भएको भन्दै छानविनको माग गरेका थिए । रोल नम्बर एउटा विद्यार्थीको र प्राप्ताङ्क अर्को विद्यार्थीको भई झन्डै तीन हजारभन्दा बढी विद्यार्थीको नतिजा परिवर्तन आएको भन्दै विद्यार्थीहरु समेत आन्दोलित छन् । उनीहरूले ओएमआर सिट हेर्न पाउनुपर्ने, उत्तर पुस्तिका हेर्न पाउनुपर्ने र प्रश्नपत्रको सेट हेर्न पाउनुपर्ने माग गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...