नेभिगेशन
सबै कुरा

चीन भ्रमण सोचेभन्दा बढी सफल भयो : प्रधानमन्त्री दाहाल

१० असोज, ल्हासा (चीन), । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण सोचेभन्दा पनि बढी सफल भएको आफूले महसुुस गरेको बताएका छन् । 

आज चीनको स्वशासित क्षेत्र ल्हासा पुगेका प्रधानमन्त्री दाहालले ल्हासामा अवस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘म अमेरिकादेखि नै आएँ र यस पटकको चीन भ्रमण कस्तो होला भन्ने पनि लागिरहेको थियो । तर अहिले मलाई महसुुस भएको छ कि भ्रमण मैले, हामीले सोचेभन्दा पनि फरक भएको छ, सफल भएको छ ।’

Global Ime Bank

यस पटकको आफ्नो चीन भ्रमण यसकारण पनि अन्तर्राष्ट्रियरुपमै चासो रहेको आफूले पाएको उहाँको भनाइ थियो । त्यसैले यो भ्रमणको सफलताका विषयमा सबैतिर चासो रहेको उनले बताए । प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको भेटवार्ता निकै महत्त्वपूर्ण रहेको  उल्लेख गर्दै त्यस भेटवार्ताका क्रममा नेपाललाई उनले निकै नै महत्त्व दिएको आफूले पाएको बताए । 

 प्रधानमन्त्री दाहालले एसियाली खेलकूद प्रतियोगिताको आयोजना गरेको सहर हाङ्चाउमा चिनियाँ राष्ट्रपति सिसँग भेटवार्ता गरेका थिए । त्यस क्रममा उनले एक्लै र नेपाली प्रतिनधिमण्डलले नै भेटेको र आफूहरुलाई एक घन्टा नै समय दिएको प्रसङ्ग उल्लेख गरे । 

प्रधानमन्त्री दाहालले भने, ‘कुनै पनि देशसँग चीनजस्तो देशका राष्ट्रपतिले एक÷एक घन्टा समय दिनु भनेको सामान्य होइन, हामीलाई पनि थाहा छ चीनले अरु देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरूलाई समय दिएको देखे सुनेका छौँ, त्यसैले मलाई लाग्छ यो एक दुर्लभ घटना पनि हुनसक्छ ।’

सो भेटका क्रममा सौहार्दपूर्ण कुराकानी भएको र यसबाट नेपाल–चीन सम्बन्धमा सो भेटवार्ता एक महत्त्वपूर्ण सिद्ध हुने बताए। राम्रो समझ्दारी बनेको र राम्रो परिस्थितिको सुरुआत भएकाले यसले आगामी दिनमा राम्रै परिणाम दिने उनको भनाइ थियो ।  

आफू एसियाली खेलकूदको उद्घाटनदेखि सहभागी भएको र त्यसपछि बेइजिङमा आएपछि यहाँका प्रधानन्त्री लि छ्याङसँग पनि त्यस्तै महत्त्वपूर्ण भेटवार्ता भएको उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले भने, ‘भूकम्पपछि तथा कोभिडमा बन्द भएका चीनसँगका नेपालका सबै नाकाहरु खुल्ने सहमति प्रधानमन्त्रीसँगको द्विपक्षीय वार्ताका क्रममा भएको र यसले नेपाललाई अहिले नाका बन्द भएका कारण व्यापार व्यवसाय एवं स्थानीय नागरिकमा उत्पन्न विभिन्न समस्याको समाधान हुनेछ ।’ 

त्यस क्रममा नेपाल–चीन सम्बन्धका विविध विषयमा चर्चा भएको, दुई देशबीच विभिन्न सहयोग तथा सम्झौता एवं समझदारीपत्रहरुमा हस्ताक्षर भएका र आगामी दिनमा त्यसले नेपालको हितमा योगदान गर्ने उनले बताए । 

यस भ्रमणबाट नेपाल–चीनबीचमा नयाँ भरोसा उत्पन्न हुनुका साथै नयाँ सहमति र समझदारी बनेको बताउँदै यसले नेपालका लागि ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री दाहालले तिब्बत नेपाल र चीनबीचको सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण स्थान रहेको, नेपालसँगका नाकाहरु पनि तिब्बतमै पर्ने भएकाले आगामी दिनमा थप जिम्मेवार भएर काम गर्न महावाणिज्यदूतावासलाई निर्देशन पनि दिए । 

सबै नाका खुल्ने सहमति भएको जानकारी दिँदै उनले त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि महावाणिज्य दूतावासले सक्रिय रुपमा काम गर्नुपर्ने बताए । 

कार्यक्रममा ल्हासास्थित महावाणिज्यदूत नवराज ढकालले यस महावाणिज्यदूतावासले गर्दै आएका काम कारबाहीका साथै यहाँको अवस्थाको बारेमा जानकारी गराएका थिए । त्यसैगरी तिब्बतमा बसोबास गर्ने नेपालीले प्रधानमन्त्रीसँग आफ्नो बसाइ र यहाँको व्यापार लगायतका विषयमा जानकारी गराएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने कांग्रेस नेताहरुको माग

पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने कांग्रेस नेताहरुको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
रविको पक्षमा हस्ताक्षर गर्न पुगेका 'गोक्तेकाजी'ले भक्कानिँदै भने, ‘देश र जनताको माया गर्ने नेता तुरुन्तै छुटुन् नाट्यश्वरी’

रविको पक्षमा हस्ताक्षर गर्न पुगेका 'गोक्तेकाजी'ले भक्कानिँदै भने, ‘देश र जनताको माया गर्ने नेता तुरुन्तै छुटुन् नाट्यश्वरी’

हस्ताक्षर अभियानमा सहभागी हुन पुगेका रामचन्द अधिकारीले भगवान पुकार्दै सत्य कुराको छानबिन गरेर रवि लामिछाने छिट्टै छुटुन् भन्ने प्रार्थना गरेका छन् । उनले भने, ‘आदरणीय सहकर्मी रवि लामिछानेज्यू,...
उड्डयन सम्बद्ध २ विधेयकलाई यथाशीघ्र अगाडि बढाउन पर्यटन समितिमा पर्यटन मन्त्रीको आग्रह

उड्डयन सम्बद्ध २ विधेयकलाई यथाशीघ्र अगाडि बढाउन पर्यटन समितिमा पर्यटन मन्त्रीको आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१ लाई ढिलाइ नगरी यथाशीघ्र अगाडि बढाउन आग्रह...
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय र कुलिङ अफ पिरियडमा संसदीय छानबिन समिति बनाउन माग गर्ने रास्वपाको निर्णय

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय र कुलिङ अफ पिरियडमा संसदीय छानबिन समिति बनाउन माग गर्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्ने निर्णय गरेको छ ।