नेभिगेशन
सबै कुरा

बागलुङमा बाढीले बगाउँदा दुई युवाको मृत्यु, एक जना बेपत्ता

बागलुङ ।   बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ –४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए।

Ncell
Extreme Energy

बाढीमा परी सोही गाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएको प्रहरी निरीक्षक पौडेलको भनाइ छ । सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेलापरेको थियो ।  ती शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

बेपत्ता कमलको खोजी भइरहेको छ । अहिले पनि वर्षा भइरहेको हुँदा खोजीमा समस्या भएको जनाइएको छ ।

सिधाकुराका सामाग्री युट्युुब च्यानलमा पनि हेर्न सक्नुहुने छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...
फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानमा संघीय सरकारले नेतृत्व लिनुपर्छ : महर्जन

फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानमा संघीय सरकारले नेतृत्व लिनुपर्छ : महर्जन

ललितपुर महानगरपालिकाका मेयर तथा काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि संघीय सरकारले नै नेतृत्व लिनुपर्ने बताएका छन्।
जोखिममा मालढुङ्गा पुल (तस्बिरकथा)

जोखिममा मालढुङ्गा पुल (तस्बिरकथा)

कालीगण्डकी नदीको कटानले पर्वत र बागलुङ जोड्ने मालढुङ्गास्थित कालीपुल जोखिममा परेको छ।
सुरु भयो जनैपूर्णिमा मेलाको तयारी

सुरु भयो जनैपूर्णिमा मेलाको तयारी

आउँदो भदौ १२ गते साउन शुक्ल पूर्णिमाका अवसरमा ललितपुरको कुम्भेश्वर–बंगलामुखीमा लाग्ने जनैपूर्णिमा मेलाको व्यवस्थापन तयारी सुरु भएको छ।