नेभिगेशन
सबै कुरा

आज तीजः पशुपतिमा व्रतालुहरुको घुइँचो

काठमाडौं । आज भाद्र शुक्ल तृतीयाका दिन, हरितालिका तीज पर्व मनाइँदैछ । आजका दिन परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वासका साथ व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सत्य युगमा महादेव पती पाउन पार्वतीले आजकै दिन निराहर व्रत बसी तपस्या गरेको धार्मीक विश्वास रहँदै आएको छ । सोहि कारण हिन्दु महिलाहरु  निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास राख्छन् । आज शिवालयहरुमा व्रतालुहरु घुँइचो लागेको छ। विषेशगरी काठमाडौँमा पशुपतिनाथमा लगायतका शिवालयहरुमा विहानैदेखि व्रतालुहरुको घुइँचो लागेको छ। 

Ncell
Extreme Energy

तीजको दिन अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने चलन रहेको छ । आजको दिनको अघिल्लो दिन अर्थात एक दिन अघि भने आज व्रत बस्नेहरुले दर खाने चलन रहेको छ । आजको व्रत बस्नका लागि दरकारुपमा हिजो मीठ मीठा परिकार खाने गरिन्छ । 

साथै तीजमा विवाह गरेर श्रीमानको घरमा गएकाहरु माइती आउने, तीज गित मार्फत आफ्ना वेदना साटासाट गर्ने चलन रहेको छ । अझ तीजमा चेलीबेटीलाई माइतीमा लिन जाने प्रचलनको छुट्टै महत्व रहेको छ । 

बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

सिधाकुराका सामाग्री युट्युुब च्यानलमा पनि हेर्न सक्नुहुने छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...
फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानमा संघीय सरकारले नेतृत्व लिनुपर्छ : महर्जन

फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानमा संघीय सरकारले नेतृत्व लिनुपर्छ : महर्जन

ललितपुर महानगरपालिकाका मेयर तथा काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि संघीय सरकारले नै नेतृत्व लिनुपर्ने बताएका छन्।
जोखिममा मालढुङ्गा पुल (तस्बिरकथा)

जोखिममा मालढुङ्गा पुल (तस्बिरकथा)

कालीगण्डकी नदीको कटानले पर्वत र बागलुङ जोड्ने मालढुङ्गास्थित कालीपुल जोखिममा परेको छ।
सुरु भयो जनैपूर्णिमा मेलाको तयारी

सुरु भयो जनैपूर्णिमा मेलाको तयारी

आउँदो भदौ १२ गते साउन शुक्ल पूर्णिमाका अवसरमा ललितपुरको कुम्भेश्वर–बंगलामुखीमा लाग्ने जनैपूर्णिमा मेलाको व्यवस्थापन तयारी सुरु भएको छ।