नेभिगेशन
सबै कुरा

आज तीजः पशुपतिमा व्रतालुहरुको घुइँचो

काठमाडौं । आज भाद्र शुक्ल तृतीयाका दिन, हरितालिका तीज पर्व मनाइँदैछ । आजका दिन परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वासका साथ व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । 

सत्य युगमा महादेव पती पाउन पार्वतीले आजकै दिन निराहर व्रत बसी तपस्या गरेको धार्मीक विश्वास रहँदै आएको छ । सोहि कारण हिन्दु महिलाहरु  निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास राख्छन् । आज शिवालयहरुमा व्रतालुहरु घुँइचो लागेको छ। विषेशगरी काठमाडौँमा पशुपतिनाथमा लगायतका शिवालयहरुमा विहानैदेखि व्रतालुहरुको घुइँचो लागेको छ। 

Global Ime Bank

तीजको दिन अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने चलन रहेको छ । आजको दिनको अघिल्लो दिन अर्थात एक दिन अघि भने आज व्रत बस्नेहरुले दर खाने चलन रहेको छ । आजको व्रत बस्नका लागि दरकारुपमा हिजो मीठ मीठा परिकार खाने गरिन्छ । 

साथै तीजमा विवाह गरेर श्रीमानको घरमा गएकाहरु माइती आउने, तीज गित मार्फत आफ्ना वेदना साटासाट गर्ने चलन रहेको छ । अझ तीजमा चेलीबेटीलाई माइतीमा लिन जाने प्रचलनको छुट्टै महत्व रहेको छ । 

बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

सिधाकुराका सामाग्री युट्युुब च्यानलमा पनि हेर्न सक्नुहुने छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘कुलिङ पिरियड’ विवादमा कर्मचारीलाई दोष दिएर सांसद उम्कन मिल्दैन: सांसद सुमना श्रेष्ठ

‘कुलिङ पिरियड’ विवादमा कर्मचारीलाई दोष दिएर सांसद उम्कन मिल्दैन: सांसद सुमना श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको विवादमा कर्मचारीलाई दोष दिएर सांसदहरू उम्कन नमिल्ने बताएकी छिन् ।
रौनकको शतक र विपिनको घातक बलिङमा नेपालको शानदार जित, सेमिफाइनल मलेसियासँग खेल्ने

रौनकको शतक र विपिनको घातक बलिङमा नेपालको शानदार जित, सेमिफाइनल मलेसियासँग खेल्ने

नेपाली यू–१६ क्रिकेट टोलीले एसीसी पुरुष यू–१६ इष्ट जोन कपमा शानदार प्रदर्शन गर्दै समूह ए को विजेता बनेको छ। सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८...
भन्ने एक थोक, लेख्ने अर्को थोक ?, माओवादीलाई स्विकार्य छैनः हितराज पाण्डे

भन्ने एक थोक, लेख्ने अर्को थोक ?, माओवादीलाई स्विकार्य छैनः हितराज पाण्डे

नेकपा माओवादी केन्द्रले कुलिङ पिरियडमाथि भएको छेडखानी आफूहरुलाई स्विकार्य नभएको बताएको छ । पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले भन्ने एक थोक, लेख्ने अर्को थोक माओवादीलाई स्विकार्य नहुने बताएका...
धोबीखोलाको बाढीको जोखिमः डिभिजन वन कार्यालयद्वारा सरसफाई अभियान सञ्चालन (तस्बिरहरु)

धोबीखोलाको बाढीको जोखिमः डिभिजन वन कार्यालयद्वारा सरसफाई अभियान सञ्चालन (तस्बिरहरु)

वर्षा सुरु हुनासाथ धोबीखोलाको पानीको बहाव तीव्र बन्ने र सडकसम्म बगेर आउने जोखिम बढेपछि डिभिजन वन कार्यालय काठमाडौँले सरसफाई अभियान सञ्चालन गरेको छ।

भर्खरै