नेभिगेशन
सबै कुरा

भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु सरकारमा रहँदा अनुसन्धान गरेका विभिन्न भ्रष्टाचारका फाइलहरु कहाँ पुगे आफूलाई थाहा नभएको बताएका छन् । सोमबार रास्वपा सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकका लागि धनगढी पुगेका लामिछानेले विमानस्थलमा सञ्चारकमीहरुसँग कुराकानी गर्दै आफूहरुले अनुसन्धान गरेका फाइलहरु कहाँ पुगे, अहिले त्यसबारे केही प्रगति नदेखिएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

अहिलेको सरकारले भ्रष्टाचारका फाइलमा अनुसन्धान गर्ने कुने छनक नदेखिएपनि एक सय दिनसम्म आशा गर्नुपर्ने बताएका छन् । ‘भ्रष्टाचारका फाइलहरुको अनुसन्धानमा सरकारले त्यस्तो छनक त देखिएको छैन, यद्यपी कुर्न अझै सकिन्छ । सय दिन चाहीँ पुग्न दिउँ भन्ने लागेको छ ।’, लामिछानेले भने, ‘अनुसन्धान गरिरहेको अधिकृतहरुलाई अन्यत्र सरुवा गरियो भन्ने सुन्नमा आएको छ । त्यो कुनै निरन्तर प्रक्रियाबाट हो कि अन्य कारण हो, त्यो खुल्दै जाला । यो बीचमा हामीले अनुसन्धान गर्दै गरेको फाइलहरुलाई निश्कर्षमा पुर्याउने कुनै जोडबल भएका समाचारहरु आएका छैनन्, त्यही भएर ती फाइलहरु कहाँ गए, के भए मलाई थाहा छैन ।’

त्यस्तै सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा छानबिन समितिले निचोड निकाल्ने अपेक्षा लिएको बताए । विभिन्न पदाधिकारीहरुसँग बयान लिइरहेको समितिमा आफूले समेत बयान दिएका कारण सत्य तथ्य बाहिर आउने र पीडितहरुले न्याय पाउनेमा उनले विश्वास व्यक्त गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै