नेभिगेशन
सबै कुरा

भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु सरकारमा रहँदा अनुसन्धान गरेका विभिन्न भ्रष्टाचारका फाइलहरु कहाँ पुगे आफूलाई थाहा नभएको बताएका छन् । सोमबार रास्वपा सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकका लागि धनगढी पुगेका लामिछानेले विमानस्थलमा सञ्चारकमीहरुसँग कुराकानी गर्दै आफूहरुले अनुसन्धान गरेका फाइलहरु कहाँ पुगे, अहिले त्यसबारे केही प्रगति नदेखिएको बताएका हुन् । 


अहिलेको सरकारले भ्रष्टाचारका फाइलमा अनुसन्धान गर्ने कुने छनक नदेखिएपनि एक सय दिनसम्म आशा गर्नुपर्ने बताएका छन् । ‘भ्रष्टाचारका फाइलहरुको अनुसन्धानमा सरकारले त्यस्तो छनक त देखिएको छैन, यद्यपी कुर्न अझै सकिन्छ । सय दिन चाहीँ पुग्न दिउँ भन्ने लागेको छ ।’, लामिछानेले भने, ‘अनुसन्धान गरिरहेको अधिकृतहरुलाई अन्यत्र सरुवा गरियो भन्ने सुन्नमा आएको छ । त्यो कुनै निरन्तर प्रक्रियाबाट हो कि अन्य कारण हो, त्यो खुल्दै जाला । यो बीचमा हामीले अनुसन्धान गर्दै गरेको फाइलहरुलाई निश्कर्षमा पुर्याउने कुनै जोडबल भएका समाचारहरु आएका छैनन्, त्यही भएर ती फाइलहरु कहाँ गए, के भए मलाई थाहा छैन ।’

त्यस्तै सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा छानबिन समितिले निचोड निकाल्ने अपेक्षा लिएको बताए । विभिन्न पदाधिकारीहरुसँग बयान लिइरहेको समितिमा आफूले समेत बयान दिएका कारण सत्य तथ्य बाहिर आउने र पीडितहरुले न्याय पाउनेमा उनले विश्वास व्यक्त गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...