नेभिगेशन
सबै कुरा

सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ? : गणेश पराजुली

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सहकारीको रकम हिनामिना प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ? भन्दै प्रश्न गरेका छन् । उनले सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १५ करोड रुपैँया धनराज गुरुङले हिनामिना गरेको भन्दै उनीविरुद्ध कांग्रेसले कस्तो नीति अपनाउँछ भन्दै प्रश्न गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, 'सहकारी बचत अपचलन छानबिनका लागि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्दै यही संसदमा चर्को नाराबाजी गर्ने मध्येका एक माननीयज्यू विरुद्ध एक सहकारीमा ठगी गरेको भन्दै अनुसन्धान गर्नका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी परेको समाचारहरु आइरहेका छन् । उजुरी नै अन्तिम सत्य त होइन्, तर उजुरी नपर्दा र यथेष्ट प्रमाण नहुँदापनि राष्टि«य स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध यस सम्मानित सदनमा के के समेत गरियो, सारा संसारले देखेको छ । हामीले भोगेर आएका छौँ । तर मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले आफ्नो सहकारीको करिब १५ करोड रकम हिनामिना गरेकोमा माननीय धनराज गुरु र ज्योती गुरुङविरुद्ध ठगी गरेको आरोपसहित मुद्दा दर्ता गरेका छन् । अब म माननीय धनराज गुरुङविरुद्ध छानबिन हुन्छ कि हुँदैन भनेर यस सम्मानित सदनमार्फत नेपाली कांग्रेसका माननीयहरुलाई सोध्न चाहान्छु, सहकारीको ठगी लुकाउन उहाँले नक्कली सम्बन्ध विच्छेद गरेको समेत समाचारहरु आएका छन्, सहकारी ठगीको छानबिनका लागि माग गर्दै अब नेपाली कांग्रेसका माननीयहरुले रोष्टम र रो घेराउ गर्नुहुन्छ कि हुँदैन । कि दोहोरो मापदण्ड अपनाउने हो ?'

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै