नेभिगेशन
सबै कुरा

सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ? : गणेश पराजुली

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सहकारीको रकम हिनामिना प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ? भन्दै प्रश्न गरेका छन् । उनले सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १५ करोड रुपैँया धनराज गुरुङले हिनामिना गरेको भन्दै उनीविरुद्ध कांग्रेसले कस्तो नीति अपनाउँछ भन्दै प्रश्न गरेका छन् । 

उनले भने, 'सहकारी बचत अपचलन छानबिनका लागि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्दै यही संसदमा चर्को नाराबाजी गर्ने मध्येका एक माननीयज्यू विरुद्ध एक सहकारीमा ठगी गरेको भन्दै अनुसन्धान गर्नका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी परेको समाचारहरु आइरहेका छन् । उजुरी नै अन्तिम सत्य त होइन्, तर उजुरी नपर्दा र यथेष्ट प्रमाण नहुँदापनि राष्टि«य स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध यस सम्मानित सदनमा के के समेत गरियो, सारा संसारले देखेको छ । हामीले भोगेर आएका छौँ । तर मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले आफ्नो सहकारीको करिब १५ करोड रकम हिनामिना गरेकोमा माननीय धनराज गुरु र ज्योती गुरुङविरुद्ध ठगी गरेको आरोपसहित मुद्दा दर्ता गरेका छन् । अब म माननीय धनराज गुरुङविरुद्ध छानबिन हुन्छ कि हुँदैन भनेर यस सम्मानित सदनमार्फत नेपाली कांग्रेसका माननीयहरुलाई सोध्न चाहान्छु, सहकारीको ठगी लुकाउन उहाँले नक्कली सम्बन्ध विच्छेद गरेको समेत समाचारहरु आएका छन्, सहकारी ठगीको छानबिनका लागि माग गर्दै अब नेपाली कांग्रेसका माननीयहरुले रोष्टम र रो घेराउ गर्नुहुन्छ कि हुँदैन । कि दोहोरो मापदण्ड अपनाउने हो ?'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...