नेभिगेशन
सबै कुरा

२० मिटर मापदण्डको फैसलाविरुद्ध पुनरावलोकनमा जान सत्तारुढ दलका सांसदहरुले दिए सरकारलाई सुझाव

काठमाडाैँ । सत्तारुढ दलका सांसदहरुले नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलाविरुद्ध पुनरावलोकन जान सरकारलाई सुझाव दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार प्रतिनिधिसभाको बैठकमा उनीहरुले काठमाडौँका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाले लाखौं जनतालाई असर पर्ने भएकाले पुनरावलोकन जान सरकारलाई सुझाव दिएका हुन् ।

Ncell
Extreme Energy

बैठकको बिशेष समयमा बोल्दै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले अदालतको फैसलाले लाखौँ जनतालाई असर पर्ने र उक्त आदेश न्यायोचित, वस्तुपरक नरहेकाले पुनरावलोकन जान सरकारलाई सुझाव दिए । सर्वोच्चको फैसलाले २०६५ सालमा मा सरकारले तोकेको मापदण्डअनुसार स–साना घर–घडेरी किनेर बसेका जनतामाथि अन्याय भएको उनले बताए । केसीले अधिग्रहण गर्दा मुआब्जा देऊ भन्ने विषय भन्ने आदेशप्रति सम्मान भएपनि मुआब्जाका नाममा जनताले निकै अघिदेखिनै समस्या भोगिरहेको स्मरण गरे ।

त्यस्तै नेकपा एमालेका सांसद रघुजी पन्तले सर्वोच्चको फैसलाप्रति टिप्पणी गर्न मन नहुदा नहुदैपनि उत्तः फैसलाले जनता मारमा परेको पुनरावलोकनमा जानुपर्ने बताए । जनताले पुनरावलोकनमार्फत न्यायपूर्ण फैसला हुने अपेक्षा गरेको उनले बताए । उनले सरकार पुनरावलोकनमा नजाने हो भने जनताको सम्पत्तिमाथिको हक हनन हुने जिकिर गरे ।

त्यस्तै पन्तले जनताको हितमा कदम चाल्न काठमाडौं महानगर प्रमुख बालेन शाहलाई सुझाव दिए । उनले महानगरको आदेशका नाममा जनतालाई त्रसित बनाउन नहुने उल्लेख गरे । महानगरले गर्ने राम्रा काममा सदैव आफुहरुको साथ रहने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै