नेभिगेशन
सबै कुरा

लिग २ खेल्न क्यानडा जाने नेपाली टाेलीकाे बिदाई (तस्विर)

काठमाडाैँ । क्यानडामा आयोजना हुने विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल क्रिकेट संघ(क्यान) ले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरेको हो । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा सोमवार १६ सदस्यीय टोलीको घोषणा समेत गरिसकेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् ।

Extreme Energy

विदाई कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले सवै खेलाडीले आफ्नो भूमिकालाई बुझ्दै राम्रो क्रिकेट खेल्ने बताए । उनले नेपाली टीमका लागि भएको प्रशिक्षण पनि राम्रो भएकाले नजिता पनि राम्रो आउने दावी गरे ।


त्यस्तै नेपाली टोलीका लेगस्पीनर सन्दीप लामिछाने अहिलको सिरिज निकै महत्वपूर्ण भएकाले राम्रो खेल देखाउने बताए । नेपालको एकदिवसीय खेलमा करिव एकबर्षपछि फर्कने मौका पाएको भन्दै उनले यसको सदूपयोग गर्ने उनको भनाइ छ ।

त्यस्तै क्रिकेट संघका सचिव पारस खड्काले लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न जाने टोली दुईमहिना देश बाहिर रहने र क्यानडामा एकदिवसीय म्याच सकिएपछि टि ट्वान्टी सिरिज हुने जानकारी दिए । नेपाल बाहिरको एकदिवसीय क्रिकेटको रेकर्डलाई थप उत्कृष्ट बनाउने उनको विश्वास छ । खड्काले क्यानडामा लिग टूको सिरिज खेलेपछि नेपाली टोली अमेरिका जाने भन्दै आवश्यक सबै तयारी पूरा भएको जानकारी दिए । सन्दीप लामिछानेको अमेरिकाको भिसाका बिषयमा सकारात्मक सिग्नल आएको उनको भनाइ छ । 


त्रिकोणात्मक एकदिवसीय सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ । त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेकोछ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ । एकदिवसीय सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुने क्यानले जनाएको छ । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...
पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक ४० रन बनाए । उनी अविजित रहेका उनले २५ बलमा उक्त रन बनाएका हुन् । त्यस्तै महेदी हसनले ३२ रन बनाए भने कप्तान...
एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका छन् ।
श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

पोखरा एभेन्टर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समिराविक्रमालाई अनुबन्ध गरेको छ ।