नेभिगेशन
सबै कुरा

संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छः अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको  खबरदारी आवश्यक भएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा माओवादी केन्द्र मिर्चैया नगर समितिले आज बिहान सिरहामा आयोजना गरेको कार्यकर्ता भेटमा उनले जनताको सङ्घर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको दायित्व भएको बताए ।

Extreme Energy
citizen life

विसं २०७० को निर्वाचनमा आफूलाई निर्वाचित गराएर सिरहाको जनप्रतिनिधिको रुपमा संविधान निर्माण र कार्यान्वयनमा योगदान गर्ने अवसर दिएकोमा सिरहाका जनतालाई धन्यवाद दिँदै उनले अब संविधानको रक्षा र कार्यान्वयनमा पनि जनताको निरन्तर साथ सहयोग आवश्यक हुने बताए। संविधान जारी भएपछि मधेसका जनतालाई पनि विश्वासमा लिएर आफूले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गरेको स्मरण गर्दै उनले संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न अत्याधिक प्रयत्न गरेको पनि बताए ।

“जनताको बलिदानको जगमा निर्मित संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने अत्यधिक प्रयत्न गरेको छ”, उनले भने, “सङ्घीयतासहित समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तले सयौँ वर्षदेखि उत्पीडनमा परेका जनतालाई अधिकार सम्पन्न बनाएको छ, अब यसको पूर्ण कार्यान्वयनमार्फत जनताको अवस्था बदल्ने बेला आएको छ, यसमा जनताको साथ सहयोग अपरिहार्य छ ।”

अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार पछिल्लो समय संविधानले स्थापित गरेका जनताका अधिकार कुण्ठित गर्ने चेष्टा भइरहेको उल्लेख गर्दै त्यसका विरुद्ध सबै जनताले र अझ बढी उत्पीडित समुदायले खबरदारी गर्नुपर्ने बताए । आफूले सरकारको नेतृत्व गर्दा वर्षौ पुराना तराई मधेशका समस्यालाई ध्यान दिएर काम गरेको उल्लेख गर्दै उनले भने, “हामीले सशासन, सामाजिक न्याय र समृद्धिको ‘एजेण्डा’लाई प्राथमिकताका साथ अघि बढाइरहेका छौँ, मैले सरकारको नेतृत्व गरेको बेलामा यी एजेण्डामा पनि अझ बढी मधेसका समस्या समाधानमा ध्यान दिने प्रयास गरेँ ।”

पार्टी प्रतिपक्षमा रहँदा पनि जनताका एजेण्डालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताका समस्यादेखि संविधानको रक्षा र कार्यान्वयनसम्मका एजेण्डामा पार्टी जनतासँगै एकाकार भएर अघि बढ्ने बताए। उनले त्यसका लागि स्थानीय पार्टी कमिटीहरुलाई आवश्यक योजना बनाएर अघि बढ्न निर्देशन दिए ।

त्यसअघि अध्यक्ष दाहालले सिराहकै गोलबजारमा स्थानीयसँग छलफल गर्दै आफूले सुरू गरेका पूर्वाधार निर्माणको अवस्थाबारे जानकारी लिएका थिए । उनले गोलबजारवासीले विकास र सुशासनका विषयमा राखेको चासोलाई गम्भीरतापूर्वक लिएको बताउँदै समग्र मधेसी जनताका अधिकारको सङ्घर्षमा सधैं साथमा रहने दृढता व्यक्त गरेको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वडा कार्यालमा देखिएको फरक दृश्यः वडा सदस्यले लेखिदिन्छन् निवेदन, गरिदिन्छन् प्रक्रियामा सहजीकरण

वडा कार्यालमा देखिएको फरक दृश्यः वडा सदस्यले लेखिदिन्छन् निवेदन, गरिदिन्छन् प्रक्रियामा सहजीकरण

वडाले वडापरिसरमा बस्ने लेखन्दासहरुलाई हटाएको छ । वडाले अहिले वडा सदस्य प्रयोग गरेर चार जना वडा सदस्यलाई हरेक हप्ता १ जनाले अनिवार्य जनतालाई सहजीकरण गर्ने निर्णय गरि कार्यान्वयन...
काठमाडौँ महानगरले असनको मौलिकता जीवन्त राख्न हरेक शनिबार विशेष कार्यक्रम आयोजना गर्ने

काठमाडौँ महानगरले असनको मौलिकता जीवन्त राख्न हरेक शनिबार विशेष कार्यक्रम आयोजना गर्ने

काठमाडौँको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार, संस्कृतिको पुरस्तान्तरण र पूर्खाको ज्ञान र सिपलाई निरन्तरता दिने उदेश्यले प्रवर्धन कार्यक्रम आयोजना गर्न लागिएको काठमाडौँ महानगरका प्रवक्ता नविन...
विषय विज्ञ सांसदलाई समितिका सभापति बनाउने रास्वपाकाे तयारी

विषय विज्ञ सांसदलाई समितिका सभापति बनाउने रास्वपाकाे तयारी

सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एक जना सदस्य प्रस्तावक रही सोही समितिका कुनै अर्को एक जना सदस्यको समर्थनसहित सभापतिमा दाबी प्रस्तुत गर्न सक्दछन्...
दार्चुलाबाट हर्क भन्छन्ः  आमाको  बिलौनाले भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कँदैछु

दार्चुलाबाट हर्क भन्छन्ः आमाको बिलौनाले भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कँदैछु

कहिल्यै फर्केन भन्दै एउटी आमाले बिलौना गर्दा भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमाडौँ फर्कंदैछु आज’, सांसद साम्पाङले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘कहिल्यै घाम नलागेको तुसारोले छोपिएको...