नेभिगेशन
सबै कुरा

वैदेशिक रोजगारीमा गएका वडाध्यक्ष फर्काउन माग

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका–३ का स्थानीयले वैदेशिक रोजगारीमा गएका वडाअध्यक्ष फर्काउन माग गरेका छन् । एकवर्षदेखि वडाअध्यक्षविहीन बनेका वडाबासीले वडाध्यक्ष नहुँदा वडाबाट प्रवाह हुने सेवा तथा विकासका गतिविधि प्रभावित भएको गुनासो गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वडाध्यक्ष दिलप्रसाद बोखिम विसं २०८० कात्तिक २४ गते वैदेशिक रोजगारीका लागि हङकङ गएका थिए । त्यसपछि कार्यवाहक अध्यक्षमार्फत् वडाका काम गरिए पनि स्थानीयवासीले विकासको गति सुस्त भएको गुनासो गरेका हुन् । वडा अध्यक्षको खोजी गरेर वडा कार्यालयमा कार्य सम्पादन गर्न माग राख्दै गत असोज ५ गते स्थानीयवासीले गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका थिए । 

Ncell
Extreme Energy

वडाध्यक्षको अनुपस्थितिमा वडाका अन्य जनप्रतिनिधिले समन्वय गरी योजना कार्यान्वयन गर्न कठिनाई भएको उनीहरुको भनाइ छ । गत साता स्थानीयले गाउँपालिका अध्यक्षलाई तत्काल वडाध्यक्षलाई फर्काउन वा काम गर्न नसक्ने अवस्थामा राजीनामा दिन माग राख्दै पुनः ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा भनिएको छ, “जनताको प्रतिनिधित्व गर्ने आधारमा संविधान कार्यान्वयन गर्ने व्यक्ति गैरजिम्मेवार हुँदा कसरी विकास हुन्छ ? वडामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधीविहीन अवस्था कस्तो हुन्छ ?” उनीहरुले वडाका समस्या तत्काल समाधान नगरे आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै