नेभिगेशन
सबै कुरा

सहकारीको १५ कराेड ठगी अरोपबारे धनराजले संसदमा भने, ‘छानबिनका लागि तयार छु’

काठमाडौँ । कांग्रेस उपसभापति तथा प्रतिनिधिसभा सदस्य धनराज गुरुङले सहकारी ठगी प्रकरणमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका छन् । उनले सहकारी ठगी प्रकरणमा जोडिएकी ज्योति गुरुङसँग आफ्नो २०७६ साल फागुनमै सम्बन्धबिच्छेद भएको समेत बताएका छन् । सम्बन्धविच्छेद भईसकेकोले ज्योति गुरुङले गरेको कारोबारमा आफूलाई जोड्न नमिल्ने उनको उनको भनाई छ । 


प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गुरुङले आफूमाथि छानबिन गर्न माग पनि माग गरे ।  ‘कुनै पनि व्यक्तिलाई आरोपबाट उन्मुक्ति दिनुहुन्न भन्ने मान्यतामा म अडिग छु,’ उनले भने  ‘संसदीय छानबिनका लागि पनि म तयार छु ।’

पूर्व कानुनमन्त्रीसमेत रहेका गुरुङ र उनकी पत्नी ज्योती गुरुङले ललितपुर महानगरपालिका १४ मा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन गरेको भन्दै प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईब) मा जाहेरी परेको छ। सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सो जाहेरी दर्ता गराएका हुन् । 

जाहेरीमा स्याङ्जा जिल्लाको साविक अर्जुन चौपारी ७ हाल अर्जुन चौपारी २ लामिडाँडा घर भई ललितपुर महानगर १ थसिखेल बस्ने ज्योति गुरुङ र सोही ठेगानाका धनराज गुरुङले आर्थिक अपराधको ठगी गरेको आरोप लगाइएको छ।

सीआईबीमा जाहेरी दिएका सहकारीका अध्यक्ष कुम्भराज गुरुङले गत भदौ ६ गते सहकारी ठगी सम्बन्धमा अनुसन्धान गर्न गठित सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिमा पनि गएर बयान दिएका छन् । 

८१ वर्षीय कुम्भराजले समिति समक्ष दिएको बयानमा धनराज र उनकी पत्नीले १४ करोड ८१ लाख रुपैयाँ रकम ठगी गरेको बयान दिएका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...