नेभिगेशन
सबै कुरा

सहकारीको १५ कराेड ठगी अरोपबारे धनराजले संसदमा भने, ‘छानबिनका लागि तयार छु’

काठमाडौँ । कांग्रेस उपसभापति तथा प्रतिनिधिसभा सदस्य धनराज गुरुङले सहकारी ठगी प्रकरणमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका छन् । उनले सहकारी ठगी प्रकरणमा जोडिएकी ज्योति गुरुङसँग आफ्नो २०७६ साल फागुनमै सम्बन्धबिच्छेद भएको समेत बताएका छन् । सम्बन्धविच्छेद भईसकेकोले ज्योति गुरुङले गरेको कारोबारमा आफूलाई जोड्न नमिल्ने उनको उनको भनाई छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गुरुङले आफूमाथि छानबिन गर्न माग पनि माग गरे ।  ‘कुनै पनि व्यक्तिलाई आरोपबाट उन्मुक्ति दिनुहुन्न भन्ने मान्यतामा म अडिग छु,’ उनले भने  ‘संसदीय छानबिनका लागि पनि म तयार छु ।’

पूर्व कानुनमन्त्रीसमेत रहेका गुरुङ र उनकी पत्नी ज्योती गुरुङले ललितपुर महानगरपालिका १४ मा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन गरेको भन्दै प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईब) मा जाहेरी परेको छ। सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सो जाहेरी दर्ता गराएका हुन् । 

जाहेरीमा स्याङ्जा जिल्लाको साविक अर्जुन चौपारी ७ हाल अर्जुन चौपारी २ लामिडाँडा घर भई ललितपुर महानगर १ थसिखेल बस्ने ज्योति गुरुङ र सोही ठेगानाका धनराज गुरुङले आर्थिक अपराधको ठगी गरेको आरोप लगाइएको छ।

सीआईबीमा जाहेरी दिएका सहकारीका अध्यक्ष कुम्भराज गुरुङले गत भदौ ६ गते सहकारी ठगी सम्बन्धमा अनुसन्धान गर्न गठित सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिमा पनि गएर बयान दिएका छन् । 

८१ वर्षीय कुम्भराजले समिति समक्ष दिएको बयानमा धनराज र उनकी पत्नीले १४ करोड ८१ लाख रुपैयाँ रकम ठगी गरेको बयान दिएका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
संसद् दशैंसम्म चल्ने, कम्तीमा १५ विधेयक आउने

संसद् दशैंसम्म चल्ने, कम्तीमा १५ विधेयक आउने

संघीय संसदको बजेट अधिवेशन दशैँसम्म चल्ने भएको छ ।
कार्यव्यवस्था परामर्श समितिका सांसदहरुले खोजे बैठक भत्ता

कार्यव्यवस्था परामर्श समितिका सांसदहरुले खोजे बैठक भत्ता

कार्यव्यवस्था परामर्श समितिका सदस्यहरुले भत्ता खोजेका छन् ।