नेभिगेशन
सबै कुरा

ठेकेदार तथा नेपाल सरकारले नसुनेको भन्दै गाउँपालिका अध्यक्ष रिले अनसनमा

नवलपरासी । हुलाकी राजमार्गको निर्माणमा ढिलाई भएको भन्दै पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकका अध्यक्ष नै रिले अनसनमा बसेका छन् । पश्चिम नवलपरासीको प्रतापपुर २, सेमरीमा अवस्थित ईलाका प्रसाशन कार्यालयको गेटमा अनशन सुरु गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हुलाकी राजमार्ग निर्माणमा भएको ढिलाईका विरुद्ध रिले अनसन शुरु गरिएको हो । मंगलबार दिउँसो १२ बजेदेखि रिले अनसन शुरु गरिएको छ । प्रतापपुर गाँऊपालिका उपप्रमुख मानकुमारी चौधरीले अध्यक्ष उमेश चन्द्र यादवलाई टिका तथा माला लगाएर रिले अनसन शुरु गरिएको थियो । हरेक ६ घण्टामा व्यक्ति परिवर्तन हुने रिले अनसनको शुरुवात आज वडा नं. ७ को नेतृत्वमा भएको छ । सुरुवाती चरणमा गाँऊपालिका अध्यक्ष उमेश चन्द्र यादव, सुरेन्द्र चौधरी, विश्वबन्धु यादव, धु्रव नारायण चौधरी, रविन्द्र गुरौ, सुरेन्द्र यादव, होम नारायण चौधरी, झिनक कोईरी रहेका छन । 

Ncell
Extreme Energy

विगत ६ बर्षदेखि निर्माणाधिन अवस्थामा रहेको हुलाकी राजमार्गको नारायणचोक देखि त्रिवेणी सडक खण्ड अन्र्तगत १५ किलोमिटर निर्माण गर्न २ पटक म्याद थप भए पनि काम भने ३४ प्रतिशत मात्र भएको छ । घाम लाग्दा धुलाम्य हुने सडक पानि परेपछि हिलाम्य हुने गरेको छ । दोस्रो पटक म्याद थप गर्दा थप १५ करोड सरकारलाई व्ययभार थपिएको सडक निर्माण तथा सरकारी पक्षले कुनै चासो नदिएका कारण आफुहरुको यो अवस्था आएको प्रतापपुर गाँउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले बताए ।

उनले यति समय भित्र काम सक्छु भन्ने प्रतिवद्धता नआएसम्म आफुहरुले अनसन जारी राख्ने बताए । २०७६ मंसिरमा भ्याट बाहेक ४९ करोड ६० लाख ६२ हजार ५ सय ४६ रुपैयामा ठेक्का संझौता भएको सडकको काम २०७८ मंसिरमा सकिनुपर्ने थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै