नेभिगेशन
सबै कुरा

काठमाडौँमा १०० बढी पन्च इभीको डेलिभरी, पूर्वबाट रिजनल लन्च पनि सुरु

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च इभीको १ हप्तामा एक सय बढी युनिट काठमाडौँमा डेलिभरी गरिसकेको छ । पन्च इभीको नाडाको पहिलो दिनमै १०० बुकिङ्ग लिएर बिक्रि सुरु भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पन्च इभीको बुकिङ्ग उत्साहजनक रहेको र अब कम्पनिको जिम्मेवारी जति सक्दो छिटो बुकिङ्ग गरेका ग्राहकलाई गाडी डेलिभरी गर्ने रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताए। साथै पन्च इभीको रिजनल लन्च बिर्तामोडबाट पनि भएको कम्पनीले जनाएको छ । 

Ncell
Extreme Energy

टाटा पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार तोकिएको छ । पन्च इभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुइ सेग्मेन्ट माथिको विशेषताहरु –भ्वाइस एसिस्टेड सनरुफका साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो÷एप्पल कार प्ले आदी रहेका छन् । पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९०मिमि रहेको छ भने यो गाडी GNCAP मा ५ स्टार सेफ्टी रेटिंग पाएको गाडी हो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

यससँगै प्रभावित क्षेत्रमा थप एक हप्तासम्म एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन्। यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गते प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...