नेभिगेशन
सबै कुरा

उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ : रवि लामिछाने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय सरकारले उपसभामुखलाई गर्न लागिएको भनिएको कारबाही गल्ती हुने बताएका छन् । बुधबार पार्टीको सचिवालय बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले आफूले यसबारे सरकारमा जिम्मेवार पदमा रहेकाहरुसँग पनि कुराकानी गरेको र त्यो कदम चालिए घातक हुने बताएको जानकारी गराए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘२ तिहाई सरकारका प्राथमिकताहरु धेरै छन् । २ तिहाई भनेको शक्ति हो, त्यो शक्ति कहाँ प्रयोग गर्नुपर्छ भन्ने कुरा तपाईँहरुले पक्कै बुझ्नुहुन्छ होला भनेर मैले उहाँहरुलाई सौहार्दपूर्ण रुपमा भनेको छु । उहाँहरुलाई मैले यो सोचिरहनु भएको हो भने त्यो अत्यन्तै गलत हुन्छ र यो सायद घातक हुन्छ भनेको छु ।’, सभापति लामिछानेले भने ।

Ncell
Extreme Energy

त्यस्तै उनले मंगलबार आफूलाई पोखरामा देखाएको कालो झण्डालाई सामान्य रुपमा लिनुपर्ने बताए । करोडौँ बचत गरेका बचतकर्ताहरुमा आक्रोश हुन्छ, त्यो आक्रोश सांकेतिक रुपमा देखिएको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै