नेभिगेशन
सबै कुरा

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् । 

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले कृषिप्रधान नेपालमा जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत कृषिको निर्भरता हटाएर आधुुनिक र उत्पादानमूलक कृषिमा लाग्न आग्रह गरे। उनले कुन ठाउँमा के बाली लगाउँदा हुन्छ र त्यसको बजार विस्तार कसरी गर्न सकिन्छ भन्ने अध्ययनसहित सहकारी, सहकार्य र निजी क्षेत्रको सहभागितामा उत्पादकत्व वृद्धि गर्न सकिने बताए । त्यसका लागि मुलुकको आवश्यकतालाई ध्यान दिएर कृषि वैज्ञानिक, इञ्जिनियरलगायत दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालाई प्रधानमन्त्री ओलीले आग्रह गरे।

“आधुनिक प्रणाली र ठूलो मात्राको उत्पादनले बजार पाउँछ । हाम्रो उत्पादन नबढेसम्म व्यापार घाटा भइरहन्छ । व्यापार घाटा कम गर्न तथा निर्यात र विप्रेषणका भरमा अर्थतन्त्र चलाउन खोज्ने प्रवृत्तिलाई उल्ट्याउनुुपर्छ’’, उनले भने, “वन क्षेत्र भनिएका तर वन नभएका खाली ठाउँमा कृषि र फलफूूल खेती गर्न मिल्ने हामी निर्णय गर्दैछौँ । यसरी जाँदा राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान बढेर जानेछ र आत्मर्भिरता बढ्नेछ ।’’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...