नेभिगेशन
सबै कुरा

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी मुलुकको सहयोग आवश्यक छ : पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन गर्न छिमेकी मुलुकको बलियो सहयोग आवश्यक रहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतको नयाँ दिल्लीमा आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय दोस्रो सम्मेलनमा उनले दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी देशको सहयोगको अपेक्षा गरिएको बताएका हुन् ।

Ncell
Extreme Energy

पर्यटनमन्त्री पाण्डेले आइकाओ तथा अन्य सदस्य मुलुकलाई नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान तथा तालिम केन्द्र स्थापना गर्न आग्रह गरे । उनले उक्त प्रयोजनका निम्ति आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको उल्लेख गरे ।

“हाम्रा अन्तर्राष्ट्रिय विमानस्थल अहिलेसम्म सर्टिफाइ भइसकेका छन्, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न क्षेत्रीय सहयोगको अपेक्षा गरेका छौँ”, उनले भने, “यसबाट हाम्रो नागरिक उड्डयन क्षेत्रको निरन्तर सुधारप्रतिको हाम्रो प्रतिबद्धता स्पष्ट हुनेछ ।”

नेपाल हवाई सुरक्षाका लागि क्षमता अभिवृद्धिप्रति प्रतिबद्ध रहेको र आइकाओको युनिभर्सल सेफ्टी ओभरसाइइट अडिट प्रोग्राम (युएसओएपी) कार्यान्वयनका विषयमा नेपालले सन् २०२२ मै विश्वका अरु मुलुकको हाराहारीमा उपलब्धि हासिल गरेको स्मरण गराए ।

उनले भने, “सन् २०२२ को लेखापरिक्षणमा नेपालले सरदर ७० प्रतिशतको हाराहारीमा अङ्क हासिल गरेको कुरा यहाँ जानकारी गराउन पाउँदा म हर्षित छु । नेपालले ‘ग्लोबल एभियसन सेफ्टी प्लान’का मुख्य सिद्धान्तलाई ‘नेशनल सेफ्टी प्लान’मा सफलतापूर्वक एकीकृत गराइसकेको छ ।”

मन्त्री पाण्डेले सिकागो सम्मेलनको एउटा हस्ताक्षरकर्ता मुलुक भएका नाताले नेपालले सम्मेलनका सिद्धान्तलाई स्वीकार गरेको बताउनुभयो । उहाँले दुर्घटना अनुसन्धानको स्वतन्त्र जाँचबुझ गर्न स्थायी निकायको स्थापनाका लागि नयाँ कानुन निर्माणको काम अगाडि बढाइएको जानकारी दिए ।

उनले नेपालमा क्षेत्रीय अनुसन्धान तथा तालिम केन्द्रको स्थापना गर्नुका साथै एयर नेभिगेशन सर्भिस (एएनएस)सँग सम्बन्धित खोजी तथा उद्धार, मौसमसम्बन्धी सेवा र एयर ट्राफिक फ्लो म्यानेजमेन्टजस्ता विषयमा भएका राम्रा प्रयासको प्रवद्र्धनका लागि संयुक्त रुपमा काम गर्न सकिने धारणा राखे ।

नयाँ दिल्लीमा जारी दुईदिने एशिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय सम्मेलन भारत सरकार र आइकाओले संयुक्त रुपमा आयोजना गरेको हो । एशिया प्रशान्त क्षेत्रमा नागरिक उड्डयनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले आयोजित सो सम्मेलन बिहीबार समापन हुने छ । समापन समारोहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त सम्मेलनमा ।करिब ४१ देशका दुई सय ५० भन्दाबढी प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
संसद् दशैंसम्म चल्ने, कम्तीमा १५ विधेयक आउने

संसद् दशैंसम्म चल्ने, कम्तीमा १५ विधेयक आउने

संघीय संसदको बजेट अधिवेशन दशैँसम्म चल्ने भएको छ ।
कार्यव्यवस्था परामर्श समितिका सांसदहरुले खोजे बैठक भत्ता

कार्यव्यवस्था परामर्श समितिका सांसदहरुले खोजे बैठक भत्ता

कार्यव्यवस्था परामर्श समितिका सदस्यहरुले भत्ता खोजेका छन् ।