नेभिगेशन
सबै कुरा

मनराजको परिवारमा परेको एकपछि अर्को बज्रपात

भदौ १९ गते शुक्रबारको साँझ जितपुरस्थित घरको आँगनीमा तीज गीत बज्यो । विपिन पँगेनी घरका चेलीहरुसँगै तीजको गीतमा नाचे । श्रीमती कविता भट्टराईले फेसबुकमा श्रीमानको रमाइलो  नृत्य लाइभ गर्दै खुसीको क्षण सबैलाई देखाइन् । भोलिपल्ट दर खाने दिन, पर्सिपल्ट (२१ गते ) हरितालिका तीज । दिनभरको तीजको रमाइलो क्षणका तस्बिरहरू शेयर गर्दै साँझ ७ बजे कविताले फेसबुकका साथीहरूलाई तीजको शुभकामना भनिन् । तर, दैवको लिला, कविताको जीवनका तिनै खुसीको भिडियो विपिनसँगको अन्तिम सम्झना बन्यो । तीजको रमाइलोमा परिवारका सदस्यहरूसँग नाचिरहेका विपिनको भिडियोमा वाह कति रमाइलो लेखिरहेका आफन्त र साथीहरू यतिबेला श्रद्धासुमनका अक्षरहरू लेखिरहेका छन् । दैवले अन्याय गरेको बिलौना गरिरहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

बर्दियाको बढैयाताल गाउँपालिका ५ का विपिन पँगेनी सधैँ जस्तै गरी शुक्रबार नेपालगञ्जस्थित जागिरमा निस्किएका थिए । नेपालगञ्जमा उनी एक गाडी कम्पनीको स्वरूपमा काम गर्थे । तीजको दिन दिनभरको कार्यालयको काम पछि उनी साँझ ८ बजेतिर मोटरसाइकलमा घर फर्किदै थिए । तर, खजुरा बजार धनौली चौकी चाइना इँटाभट्टा नजिकै एक्कासि उनी मोटरसाइकलसहित सडकमा ढले । तत्काल प्रहरी र स्थानीय जम्मा भए । विपिनलाई कसैले ठक्कर दिएको होकी हेरे । तर, त्यस्तो नभएको देखिएपछि होसमै रहेका विपिनलाई मोबाइलको लक खोल्न लगाएर तुरुन्तै परिवारका सदस्यलाई स्थानीयले खबर गरे । 

परिवार र छिमेकी पुगेर विपिनलाई नेपालगञ्जमा थप उपचारका लागि लिएर गए  । तर, अस्पताल नपुग्दै उनको प्राण पखेरो उड्यो । ‘दैवले पँगेनी परिवारमाथि अन्याय गर्यो,’ सिधाकुराको सम्पर्कमा आएका वडा अध्यक्ष तुलाराम चौधरीले घटना विवरण सुनाउँदै भने, ‘डेढ वर्ष अघि आमा बित्नु भयो, आमाको काजकिरिया सकिएको एक सातामा जेठो छोरा विवेक गम्भिर बिरामी भए । घर धानेर बसेका कान्छो छोरा विपिनको असामयिक निधन भयो ।’ कविता र विपिन तीन वर्ष अघि विवाह बन्धनमा बाँधिएका थिए । उनीहरूले जन्म दिएको एक मात्रै छोराको पहिलो जन्मदिन विपिन र कविताले १९ भदौमा मनाएका थिए । 

बर्दिया बढैयाताल गाउँपालिका ५ जितपुरका सामान्य कृषक हुन मनराज पँगेनी । उनको उमेर ५६ वर्षको मात्रै भयो । दुई छोरालाई आफ्नै एक विगाह जमिनमा रहेको माछा पोखरीको माछा व्यापारबाट शिक्षादीक्षा दिएर हुर्काएका मनराज अब छोराहरुबाट सुखको श्वास फेर्ने उमेरमा पुगे । तर, नियतिले उनीमाथि एक पछि अर्को बज्र प्रहार गरिरहेको छ । चाउरी पर्दै गएका गाला, शक्ति कमजोर हुँदै गएको शरिरलाई ढाडस र माया चाहिने बेला मनराज झनझन एक्लो बन्दैछन् । ‘श्रीमति गुमाउनु भयो, जोठो छोरा अमेरिकामा गम्भिर बिरामीका कारण जीवनमरणको संघर्ष गर्दैछन्,’ वडा अध्यक्ष चौधरी भन्छन्,‘याता विपिन पनि कहिल्यौ नर्फकनेगरी गयो ।’ 

उनकाअनुसार अब मनराजसँग कान्छि बुहारी कविता र एक वर्षको नाती मात्रै घरमा छन् । गम्भिर बिरामी परेका जेठा छोरा विवेकको उपचारमा जेठी बुहारी सृजना अमेरिकामा छिन् । 
प्रेमले संसार जितेकी सृजनामाथि थपिएको चोट ६ वर्ष लामो प्रेम सम्बन्ध पछि सृजना सुवेदी र विवेक पँगेनीले विवाह गरे । विवाह पछि विवकको उच्च शिक्ष अध्ययनका लागि उनीहरु अमेरिका उँडे । अमेरिका पुगेको केही समयमै घरमा आमाको निधन भएपछि अन्तिम कामका लागि उनीहरु नेपाल आए ।  

आमाको काम सकिएको एक साता पछि विवेक गम्भिर बिरामी भए । उनको स्वास्थ्य परिक्षण गर्दा ब्रेन क्यान्सरको चौथो स्टेज रहेको पत्ता लाग्यो । गम्भिर विरामी विवेकलाई लिएर सृजना अमेरिका नै उँडिन । गम्भिर विरामी परेका श्रीमानको जीवन बचाउन उनले गरेको हेमनत, माया र त्यागले सांसर नै चकित बन्यो ।

कलियुगमा मायाको अर्को उपमा बनेकी सृजनाले विपिन बचाउन मागेको साथमा संसारभरबट दिल खोलेर सहयोग भयो । कठिन अवस्थाका बाबजुत सृजनाले विवेकको सघन स्वास्थ्य उपचार गराईरहेकी छिन् । तर, उनैको परिवार माथि चोटमाथि चोट थपिएको छ । नेपालको घर धानेर बसेका देवर सबैलाई छोडर परलोक भएका छन् । जितपुर रोएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

त्यसभन्दा अघि पनि राज्यका निकायमा बसेकाहरूले पासपोर्ट दुरूपयोग गरेको घटना सार्वजनिक नभएको होइन । कतिले सफाइ पाए, कतिले अझै मुद्दा खेपिरहेका छन् । सरकारले दुरुपयोगमा कठोर बन्ने गरी...
खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

उद्योग मन्त्रालयले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गर्‍यो । कार्यदल गठन गर्‍यो । कार्यदलले पनि उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन बुझायो । एकातिर उद्योग मन्त्रालयले...
सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

हामी निजी जीवनको अनावश्यक उत्खननलाई पत्रकारिता ठान्दैनौँ। सनसनीलाई सत्यको विकल्प बनाउन चाहँदैनौँ। कसैलाई अपमानित गरेर प्राप्त हुने दर्शक संख्या हाम्रो सफलताको मापदण्ड होइन। हाम्रो बाटो- प्रश्नको हो, तथ्यको...