नेभिगेशन
सबै कुरा

यसपाली इन्द्रजात्रामा कुमारी, गणेश, भैरव रथमा जिपिएस जडान गरिने, शिव पार्वती डवलीमा सांस्कृतिक कार्यक्रम हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रालाई थप उल्लासका साथ मनाउने जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले जात्राको उल्लासलाई थप गर्न यस बर्ष केहि नयाँ कार्यक्रमहरु थप गर्ने जनाएको छ । भाद्र ३० गते बसन्तपुरमा इन्द्रजात्राको लिङ्गो उठाइसकेपछि शिव पार्वती डवलीमा मौलिक गायन, वादन तथा नृत्यसहितको सांस्कृतिक कार्यक्रमको आयोजना हुने महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए । 

उनले डबली पुनःस्थापना रिभाईभ दबु प्रवद्र्धनका लागि आयोजना हुने कार्यक्रममा स्थानीय करिव १ सय जना कलाकारहरुको उपस्थीति रहने बताउनुभयो । यस बर्ष रथसम्बन्धी जानकारी गराउन कुमारी, गणेश, भैरव रथमा जिपिएस जडान गर्ने महानगरले जनाएको छ । जीपीएस जडान गरिएपछि रथ कुन ठाउँमा पुग्यो, लाखे, पुलुकिसी र सवभकुको नाच कुन ठाउँमा भइरहेको भन्ने सूचना प्राप्त हुने प्रवक्ता मानन्धरले उल्लेख गरे । 

पत्रकार सम्मेलनमा महानगरकी उपप्रमुख सुनिता डंगालेलले रिभाईभ दबु प्रवद्र्धन निकै महत्वपूर्ण पक्ष भएको बताइन् । उनले जात्राको उत्साहलाई कमि हुन नदिन महानगरले सवै पक्षमा ध्यान दिएको जानकारी दिइन् । जात्रा अवलोकनका लागि सबै पालीकाहरुलाई आमन्त्रण गरिएको उनको भनाइ छ । 

यो वर्ष असोज १ गते इन्द्रजात्रा मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...