नेभिगेशन
सबै कुरा

यसपाली इन्द्रजात्रामा कुमारी, गणेश, भैरव रथमा जिपिएस जडान गरिने, शिव पार्वती डवलीमा सांस्कृतिक कार्यक्रम हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रालाई थप उल्लासका साथ मनाउने जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले जात्राको उल्लासलाई थप गर्न यस बर्ष केहि नयाँ कार्यक्रमहरु थप गर्ने जनाएको छ । भाद्र ३० गते बसन्तपुरमा इन्द्रजात्राको लिङ्गो उठाइसकेपछि शिव पार्वती डवलीमा मौलिक गायन, वादन तथा नृत्यसहितको सांस्कृतिक कार्यक्रमको आयोजना हुने महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले डबली पुनःस्थापना रिभाईभ दबु प्रवद्र्धनका लागि आयोजना हुने कार्यक्रममा स्थानीय करिव १ सय जना कलाकारहरुको उपस्थीति रहने बताउनुभयो । यस बर्ष रथसम्बन्धी जानकारी गराउन कुमारी, गणेश, भैरव रथमा जिपिएस जडान गर्ने महानगरले जनाएको छ । जीपीएस जडान गरिएपछि रथ कुन ठाउँमा पुग्यो, लाखे, पुलुकिसी र सवभकुको नाच कुन ठाउँमा भइरहेको भन्ने सूचना प्राप्त हुने प्रवक्ता मानन्धरले उल्लेख गरे । 

Ncell
Extreme Energy

पत्रकार सम्मेलनमा महानगरकी उपप्रमुख सुनिता डंगालेलले रिभाईभ दबु प्रवद्र्धन निकै महत्वपूर्ण पक्ष भएको बताइन् । उनले जात्राको उत्साहलाई कमि हुन नदिन महानगरले सवै पक्षमा ध्यान दिएको जानकारी दिइन् । जात्रा अवलोकनका लागि सबै पालीकाहरुलाई आमन्त्रण गरिएको उनको भनाइ छ । 

यो वर्ष असोज १ गते इन्द्रजात्रा मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै