नेभिगेशन
सबै कुरा

अरु कुनै पनि पार्टीलाई सिध्याउने कांग्रेसको नीति छैनः देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पार्टीलाई पनि सिद्धाउने नीति कांग्रेसको नरहेको स्पष्ट पारेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार कांग्रेस मुख्यालय सानेपामा कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाऊँ÷नगरपालिकालाई सम्मान गर्दै सभापति देउवाले मुलुकको आवश्यता अनुसार एमाले–कांग्रेस मिलेर सरकार बनाएको भन्दै अरु पार्टीलाई सिध्याउने नीति कांग्रेसको नभएको बताएका हुन् । 

Ncell
Extreme Energy

देशभरका आम पार्टीका नेताहरुको भावनाअनुसार नै एमालेसंग मिलेर सरकारमा गएको उनले बताए । उनले दुईदलबीच भएको सहमतिअनुसार अहिले केपी ओली प्रधानमन्त्री भएको र दुई बर्षपछि ओलीले आफुलाई प्रधानमन्त्री पद दिने विश्वास व्यक्त गरे । 

देउवाले मुलुकलाई अघि बढाउन सबैलाई मिलाएर लैजान चाहेको बताए । उनले कांग्रेसलाई कमजोर बनाउने काम समेत भएकाले सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले आफ्नो उमेरका कारण रिटायर्मेन्ट लिने बेला भएको भन्दै पार्टीर्लाइ अघि बढाउन युवा शक्तिहरु एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । 

सभापति देउवाले नयाँ पुस्ताहरुले पार्टीलाई अघि बढाउन चिन्ता गर्नुपर्ने बताए । कांग्रेसले नेतृत्व गरेका गाऊँ÷नगरपालिकालाई बिभिन्न विधामा उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्यालको स्वास्थ्य सामान्य, अस्पताल भर्ना भएका छैनन्ः सचिवालय

सभामुख अर्याल सोमबारको प्रतिनिधिसभा बैठक सकिएपछि स्वास्थ्य परीक्षणको लागि महाराजगञ्जगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।
पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पालिका अध्यक्ष यादवलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

यादवविरुद्ध भारत, बिहारको पश्चिम चम्पारण जिल्लास्थित बाल्मिकीनगरमा रहेको सम्पर्क तथा भूआर्जन कार्यालय, गण्डक योजनाका नेपालतर्फका भूआर्जन अधिकृत शोभित हलुवाईले २०८३ जेठ ६ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी...
राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले बागमतीका तीन सांसदलाई पदमुक्त गर्‍यो

राप्रपाले पार्टी निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै यसअघि तीनै सांसदलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणपछि केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ।