नेभिगेशन
सबै कुरा

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खोटाङ कारागारमा समस्या

खोटाङ । जिल्ला कारागार खोटाङमा क्षमताभन्दा ६३ जना बढी कैदीबन्दी भएका छन् । महिला ३३ र पुरुष ६६ जना गरी ९९ कैदीबन्दी अटाउने क्षमताको कारागारमा एक सय ५९ पुरुष र तीन महिला गरी एक सय ६२ कैदीबन्दी भएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कारागारमा रहेका कैदीबन्दीमध्ये सबैभन्दा बढी जबर्जस्ती करणी मुद्दाका रहेको जेलर सोमप्रसाद आचार्यले जानकारी दिए । जेलर आचार्यका अनुसार जबर्जस्ती करणी मुद्दामा ५३ पुरुषले कैद भुक्तान गरिरहेका छन् ।

Marvel
Extreme Energy

जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दामा सातजनाले कैद भुक्तान गरिरहेका छन् भने, हाडनाता करणी मुद्दामा १५ जनाले कैद भुक्तान गरिरहेको जनाइएको छ । यस्तै, कर्तव्य ज्यान मुद्दामा ३६ पुरुष, नागरिकता कीर्ते मुद्दामा आठ पुरुष, बैंकिङ कसुरसम्बन्धी मुद्दामा एक महिला र तीन पुरुष तथा सवारी ज्यान मुद्दामा एक महिला र पाँच पुरुष छन् । 

लागुऔषध हिरोइन र गाँजा मुद्दामा तीन, खुनडाँका मुद्दामा तीन, सार्वजनिकस्थलमा अभद्र व्यवहार मुद्दामा पाँचजना पुरुषले कैद भुक्तान गरिरहेका छन् । कारागारमा मानव बेचबिखन, ठगी, हातहतियार तथा खरखजना, आगजनी, नकवजनी चोरीलगायत मुद्दामा २१ जना कैदीबन्दी रहेको जनाइएको छ ।

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि खान, बस्न र सुत्नसमेत समस्या भएको कैदीबन्दीले बताएका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि अहिले सञ्चालनमा रहेको तान ग्यारेज (कैदीबन्दीले टोपीलगायत सामग्री बुन्ने ठाउँ)लाई अर्को ठाउँमा सारेर पुरुष कैदीबन्दी राख्ने तयारी गरिएको जेलर आचार्यले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेपछि कारागारमा कैदीबन्दीको सङ्ख्या वृद्धि भएको जनाइएको छ । प्रहरीले आर्थिक वर्ष २०८०र८१ मा विभिन्न मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका एक सय २४ जना फरार प्रतिवादीलाई पक्राउ गरेर कानुनी दायरमा ल्याएको थियो । 

अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने उद्देश्यले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए । फरार प्रतिवादी पक्राउ अभियानका लागि जिल्ला प्रहरी कार्यालय मातहतका सबै प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख खड्काले जानकारी दिए । पछिल्लो समय जिल्लामा शान्तिरसुरक्षा कायम राख्न प्रहरीले बढाएको सक्रियताप्रति जिल्लावासी सन्तुष्ट बनेका छन् । प्रहरीको सक्रियतापछि जिल्लामा आपराधिक क्रियाकलाप कम भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

निलम्बित सांसदलाई कार्यक्रममा बोलाएको भन्दै राप्रपाले माग्यो मकवानपुर अध्यक्षसँग स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बित बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापासहितका सांसदलाई कार्यक्रममा सहभागी गराएको विषयमा मकवानपुर जिल्ला अध्यक्ष...
बंगालको खाडीमा ‘मुरासु’ चक्रवात, नेपालमा के प्रभाव पर्ला?

बंगालको खाडीमा ‘मुरासु’ चक्रवात, नेपालमा के प्रभाव पर्ला?

दक्षिणपश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘मुरासु’ले शक्तिशाली चक्रवाती आँधीको रूप लिने र भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको छ ।
तीन महिनाभित्र गाँजाखेती नियमन गर्न सर्वोच्चको परमादेश

तीन महिनाभित्र गाँजाखेती नियमन गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले औषधीय, वैज्ञानिक, कृषि तथा औद्योगिक प्रयोजनका लागि गाँजाको नियन्त्रित व्यावसायिक खेती र उत्पादनको व्यवस्था मिलाउन सरकारका नाममा परमादेश जारी गरेको छ ।
गगन थापाले सम्बोधनमा भनेका चार कुरा

गगन थापाले सम्बोधनमा भनेका चार कुरा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताएका छन् ।